समाचार

    Showing ७११-७२० of १३,२८२ items.
  • मिक्लाजुङमा राति ४० मिटर तल खस्यो ट्याक्टर, चालकको ज्यान गयो

    इटहरी स्  मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय ट्याक्टर चालक शुक्र दमाई गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो।अस्पताल पुर्‍याएको केह

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६३ पटक पढिएको
  • तमोर नदीमा ५५ मिटर लामो बेल ब्रिज तयार

    इटहरी स्  फक्ताङलुङ गाउँपालिकाका दुई वडालाई जोड्ने तमोर नदीमाथि मोटर गुड्ने बेल ब्रिज निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै उत्तरी क्षेत्रका बस्तीमा यातायात आवागमन सहज हुने भएको छ।  फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा–६ लेलेप जोड्ने गरी तमोर नदीमा पुल निर्माण गरिएको हो। तमोर इनर्जी प्रालिको पहलमा निर्माण भएको पुलको लम्बाइ ५४।८ मिटर र चौडाइ ४।५ मिटर छ।माथिल्लो तमोर जलविद्युत आयोजनाका अनुसार पुल निर्माणमा ७ करोड ८५ लाख १९ हजार १ सय ७६ रुपैयाँ खर्च भएको छ। मोटर गुड्न मिल्ने गरी निर्माण गरिएको पुलले जलविद्युत आयोजना क्षेत्रसँगै स्थानीय बस्तीलाई समेत सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने अप

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४० पटक पढिएको
  • विराटनगरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा राजवंशीको मृत्यु

    इटहरी स् विराटनगरमा मुसाले काटेको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशी रहेका छन् ।राजवंशी विराटनगर महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरेर बस्दै आएका थिए । कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा उनलाई अचानक शनिबार राति करिब ११ः३० बजेतिर करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४३ पटक पढिएको
  • सप्तकोशीमा बहाव बढेपछि माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

    इटहरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४६ पटक पढिएको
  • सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

    इटहरी। सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जानकारी दिँदै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेत रहन तथा आवश्यक सुरक्षाका उप

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ५८ पटक पढिएको
  • ऋषिदेव समुदायबाट स्नातक पढ्ने एक्ली बुहारी

    इटहरी। मोरङको तराईमा बसोबास गर्ने अति विपन्न समुदायकी चन्द्रिका ऋषिदेव ९मुसहर० स्नातक तह पढ्ने समुदायकी एक्ली बुहारी हुनुहुन्छ । मोरङको कानेपोखरी–२, दलेलीको ऋषिदेव बस्तीकी २३ वर्षीय चन्द्रिका हाल रमाइलो बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहनुभएको छ । विद्यालय पढ्दापढ्दै पाँच वर्षअघि बिहे भएपछि चन्द्रिकाको पढ्ने इच्छा खोसिन लागेको थियो तर सासू श्रीदेवी र ससुरा धुनीरामले घरायसी काम सघाएर चन्द्रिकालाई क्याम्पस जान रोक्नुभएन । श्रीमान्को पनि भरपुर साथ पाउनुभयो । आफू नपढे पनि श्रीमान्ले पढ्न नरोकेको चन्द्रिका बताउनुहुन्छ । विद्यालयमा प्राथमिक तह पढ्दा चन्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४१ पटक पढिएको
  • बाढीपीडितलाई एसियन थाइ फुड्सको ६० लाखको राहत

    इटहरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढीपीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिनुभयो । पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा रहेको जाजु ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको सोनापुरस्थित  एसियन थाइ फुड्स लिले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस गरी करिब ६० लाख रुपियाँ बराबरको राहत सा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ३५ पटक पढिएको
  • रसुवा बाढी प्रभावितलाई धरानको मितेरी डेभलपमेन्ट बैंकद्वारा १० लाख सहयोग

     : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले १० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका किसन मास्केले जानकारी दिए।  बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालक समिति तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रदान गरिएको मास्केले बताए।&n

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १०० पटक पढिएको
  • विपत्तिमा सहयोग अग्रपङ्क्तिमा निजी क्षेत्र

    करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत हस्तान्तरण गर्नुहुँदै नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार शारडा ।विराटनगर, भदौ १४ गते । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको सङ्कटमा सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायी अग्रसर भएका छन् । व्यावसायिक संस्थाले राहतका लागि नगद र सामग्री सहयोग गर्न थालेका छन् भने आफ्ना सदस्यलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।   उद्योग सङ्गठन मोरङले बाढीपीडितको राहतका लागि १५ लाख रुपियाँ सरकारलाई उपलब्ध गराएको छ । नेपाल उद्योग परिसङ्घ कोशीले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री राष्ट

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ५३ पटक पढिएको
  • भोटेकोशी बाढीः ७३४ को मृत्यु, दुई हजार ४९८ सम्पर्कविहीन

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित पारेको क्षेत्र ।काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढीबाट ठुलो मानवीय क्षति भएको जनाएको छ।  प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी पूर्व, गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठुलो क्षति भएको छ।  चितवनमा २५९, रसुवामा १२, नुवाकोटमा ५२, धादिङमा ५०, ग

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]