समाचार

    Showing ६०१-६१० of १३,२८२ items.
  • धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा सुरु

    इटहरी । धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवा अर्थात् ब्लड बैंकको शुभारम्भ गरिएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटाले विभिन्न दाताहरूको सहयोगमा ६४ औँ रेडक्रस स्थापना दिवसको अवसर पारेर रक्तसञ्चार सेवा सुरु गरेको हो। स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवाको औपचारिक उद्घाटन गरिएको हो। अहिले सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रमा करिब १ सय युनिट सम्म रगत भण्डारण गर्न सकिने क्षमता रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले जनाएको छ।  धनकुटामा आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन यो सेवा सञ्चालनम

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ४०५ पटक पढिएको
  • सुनसरीको इनरुवामा रक्तदानबाट १२४ पिन्ट रगत संकलन

    इटहरी । सुनसरीको इनरुवामा रक्तदानबाट १२४ पिन्ट रगत संकलन भएको छ ।  भोटेकोशी नदिमा आएको बाढीबाट बिरामी भएकाहरूका लागि इनरुवा नगरपालिका–४ बस चोकमा आयोजित रक्तदान कार्यक्रममा १२४ पिन्ट रगत संकलन भएको आयोजक समितिका सुनोज निरौलाले जानकारी दिनुभयो । रेडक्रस सोसाईटी सुनसरीकाअनुसार सामाजिक क्षेत्रमा काम गर्दे आएका विभिन्न संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकारलगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीस्थित धरान ब्लड बैंक घोपा क्याम्पका प्राविधिक सह–इन्चार्ज सुरेन्द्र प्रसाद साहका अनुसार भोटेकोशी बाढीपीडित बिरामीका लागि रगत संकलन गरिएको हो । 

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १३१ पटक पढिएको
  • सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिता हुँदै, २४ विद्यालयका विद्यार्थी एउटै मञ्चमा उत्रिने

    इटहरी । विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउने, तार्किक क्षमता अभिवृद्धि गर्ने र आत्मविश्वास बढाउने उद्देश्यले आगामी भदौ २७ गते सुन्दरहरैँचामा ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ आयोजना हुने भएको छ । सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीको सहकार्यमा सृजनशील बाल क्लबले यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा सुन्दरहरैँचा, इटहरी तथा आसपासका क्षेत्रका २४ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। प्रत्येक विद्यालयबाट चार जना (तीन मुख्य र एक रिजर्भ) विद्यार्थी टोलीमा रहनेछन्। प्रतियोगितामा सामान्य ज्ञान, इतिहास, भूगोल, विज्ञान, प्रविधि, खेलकुद र आईक्य

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९५ पटक पढिएको
  • लागुऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीलक्षित सचेतना

    इटहरी। जिल्ला प्रशासन कार्यालय धनकुटाले विद्यार्थीलाई लागुऔषध दुर्व्यसन, रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।शुक्रबार धनकुटा नगरपालिका–१०, उत्तरपानीस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा विद्यालय, क्याम्पस तथा युवा क्लब लक्षित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाका अधिकारीहरूले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने हानी, यसको सामाजिक तथा स्वास्थ्य असर र दुर्व्यसनबाट बच्ने उपायबारे जानकारी गराएका थिए । धनकुटामा पछिल्लो समय लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको भन्दै विद्यार्थी तथा युवालाई कुलतबाट जोगाउन सच

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १०१ पटक पढिएको
  • जन्माष्टमीको अवसरमा गछिया युवा समाजद्वारा विभिन्न धार्मिक स्थलमा खानेपानी तथा तेल सहयोग

    इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजले धार्मिक तथा सामाजिक सेवाको भावना सहित विभिन्न धार्मिक स्थलमा खानेपानी तथा तेल सहयोग गरेको छ । समाजले जन्माष्टमीका अवसरमा नयाँ वृन्दावन गौशालालाई २५ कार्टुन पिउने पानी र २ कार्टुन तेल, विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरलाई २५ कार्टुन पिउने पानी तथा सुन्दरहरैँचा–३ लोचनीमा रहेको राधाकृष्ण मन्दिरलाई २० कार्टुन पिउने पानी सहयोग गरेको हो। धार्मिक पर्वलाई केवल पूजा–आराधनामा सीमित नराखी सेवा, सहयोग र मानवीय सद्भाव सँग जोड्ने उद्देश्यले सहयोग गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । उहाँल

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १२५ पटक पढिएको
  • मोरङ कारागारमा कुटाकुट, चौकीदारसहित १८ कैदीबन्दी नियन्त्रणमा

    इटहरी। विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच शुक्रबार अपराह्न कुटाकुट भएको छ ।कुटाकुट हुन थालेपछि कारागार प्रशासनले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जना कैदीबन्दीलाई बाहिर निकालेको छ । उनीहरूलाई सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक राजन घिमिरेका अनुसार कुटाकुटपछि नियन्त्रणमा लिइएका कैदीबन्दीलाई तत्काल कारागारभित्रै राख्न सकिने अवस्था नरहेकाले अन्यत्रका कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरूलाई कुन–कुन कारागारमा पठाउने भन्ने टुंगो भने लागिसकेको छैन ।कारागार स्रोतक

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ८५ पटक पढिएको
  • संखुवासभामा गोली हानेर शिक्षकको हत्या

    इटहरी। संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो । बन्दुकको आवाजसँगै उ

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ११७ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि उदयपुरबाट ४१ लाख ९६ हजारभन्दा बढी सहयोग

    इटहरी। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उदयपुरबाट ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग जुट्ने भएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा निजी क्षेत्रबाट घोषणा तथा विनियोजन भएको रकम उक्त परिमाण पुगेको हो।भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उदयपुरका स्थानीय तह तथा निजी क्षेत्रले सहयोग घोषणा गरेका हुन्। उदयपुरको ताप्ली गाउँपालिकाले सबैभन्दा बढी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले वि

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९५ पटक पढिएको
  • बालअधिकारका समाचारमा संवेदनशीलता र आचारसंहिता पालना गर्न पत्रकारलाई जोड

    इटहरी स् बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १०० पटक पढिएको
  • बाढीपीडितका लागि बीपी प्रतिष्ठान धरानद्वारा ३७ लाख सहयोग

    इटहरी स् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ।प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्रतिष्ठानका अनुसार संकलित रकममध्ये पदाधिकारी तथा शिक्षकरचिकित्सकबाट १० लाख ३४ हजार, कर्मचारीबाट १८ लाख १२ हजार, सुपर स्पेसियालिटी, स्नातकोत्तर तथा इन्टर्न विद्यार्थीबाट सात लाख १५ हजार र पेन्सनर तथा अन्यबाट एक लाख ४१ हजार रुपैयाँ रहेको छ।उक्त रकम दुई हजार

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]