इटहरी। रेबिज संक्रमण फैलिएको पाँचथर जिल्लामा एन्टिरेबिज भ्याक्सिन आइपुगेको छ । फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमण पुष्टि हुनुका साथै पशुचौपाया धमाधम मर्न थालेपछि मानिस र पशुचौपायाका लागि आवश्यक खोप ल्याइएको हो । मानिसका लागि आवश्यक एन्टिरेबिज भ्याक्सिन संघीय सरकारअन्तर्गत औषधी व्यवस्था विभागमार्फत तथा पशुचौपायाका लागि पशु सेवा निर्देशनालयमार्फत जिल्लामा पठाइएको हो । मानिसका लागि एक हजार डोज एन्टिरेबिज भ्याक्सिन आइपुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । यस्तै, पशुचौपायाका लागि दुई हजार डोज खोप प्राप्त भएको केन्द्रका निमित्त प्रमुख
मोरङ। मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरूसँग बिहीबार दिउँसो करिब ४ बजे भलुवा खोलामा पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका छोरा जीव बेपत्ता हुनुभएको हो । जीव राति ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उहाँका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही बाँधबाट बालकलाई मृत अवस्थामा निकालिएको थियो । प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदा
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको छ । भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने लक्ष्यसहित गाउँपालिकाले ५४ फिट उचाइ र ५४ फिट चौडाइको प्रतिमा निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सिलाम साक्मा पछिल्लो समय लिम्बू समुदायमा मात्र सीमित नरही विभिन्न सार्वजनिक कार्यक्रम र औपचारिक समारोहमा समेत प्रयोग हुन थालेको छ । यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न प्रतिमा निर्माण गरिएको उहाँले बताउन
इटहरी । जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन् । दुई वर्षदेखि आकर्षक मूल्क पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ । क्षेत्र विस्तारसँगै जुट उत्पादन बढ्ने भएको छ । यस वर्ष जुटको उत्पादन गत वर्षको तुलनामा झन्डै दोब्बरले वृद्धि हुने जुट उद्योगीले अनुमान गरेका छन् । सरकारी निकायले भने दोब्बर वृद्धि नहुने तर गत वर्षभन्दा राम्रो वृद्धि हुने जानकारी दिएका छन् । जुटको उत्पादन वृद्धिको सूचना पाएपछि कच्चा पदार्थको अभाव झेलिरहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगमा उत्साह जगाएको छ । कुनै समय ‘सुनौलो रेसा’ का रूपमा चिनिने जुट खेती म
काठमाडौं । फ्रन्टलाइन अस्पतालले पहिलो पटक सफलतापूर्वक मिनिमली इनभेसिभ कार्डियाक सर्जरी (MICS) अन्तर्गत ओपन हार्ट सर्जरी सम्पन्न गरेको जनाएको छ। अस्पतालका अनुसार उक्त शल्यक्रियामार्फत २२ वर्षीय एक बिरामीको एट्रियल सेप्टल डिफेक्ट (ASD) अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।अस्पतालले आर्थिक रूपमा कमजोर रहेका बिरामीलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न शल्यक्रियामा
इटहरी । इटहरी उपमहानगरपालिका–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धि सागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बुधबार सरोजको शव
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा निर्माणाधीन ’प्रिफ्याब शोकसभा तथा सार्वजनिक क्रियापुत्री भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएको छ । नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय मार्फत रत्न काशी कन्स्ट्रक्सन, बुढीगंगा–३ ले निर्माण गरिरहेको उक्त आयोजनाको सम्झौता २०८२ साल चैत १२ गते भएको थियो । २०८३ साल असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत ३७ लाख ३६ हजार ५ सय ६० रुपैयाँ ५४ पैसा रहेको छ । निरन्तर वर्षापछि आएको पहिरोले भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएपछि संरचनामा क्षति पुगेको हो । यद्यपि, भवन हा
इटहरी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेकै अवस्थामा फरार व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई पक्राउ गरेको हो ।जिल्ला अदालत तेह्रथुमको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तानका क्रममा सुनसरीस्थित झुम्का कारागारमा रहेका थिए । उनी २०८२ साल भदौ २३ र २४ गते कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए । फरार प्रतिवादी आफ्नै घ
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ स्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बगेर बेपत्ता भएका छन्। बुधबार राति ११ बजे सहकर्मीहरूसँग आवासतर्फ फर्किँदा खोलाले बगाएपछि बेपत्ता भएका निरौलाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ खटिएको छ।२१ साउन, संखुवासभा । संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली
इटहरी । धनकुटाको भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटार चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३, घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमी गाउँपालिका–१, बस्ने ३६ वर्षीय तुलराम राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।प्रहरी प्रवक्त डिएसपी क्षेत्रीका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.