काठमाडौं । नेपाली फिल्ममा एक्सन र मनोरञ्जनलाई केन्द्रमा राखिएको बहुप्रतीक्षित फिल्म आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। फिल्मका निर्माता, निर्देशक तथा मुख्य अभिनेता निखिल उप्रेतीले शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेका हुन्।ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको ट्रेलर तीव्र द्वन्द्व, आकर्षक भिजुअल र एक्सनले भरिपूर्ण छ। ट्रेलरमा समावेश संवाद तथा दृश्यहरूले फिल्म बदला, द्वन्द्व र एक्सनको कथावस्तुमा आधारित रहेको संकेत गर्छ।ट्रेलरमा ‘तू तबाही है, मैं विनाशक हूँ’ र ‘नो रिभाइभ, नो अन, सिर्फ एक्सन’ जस्ता संवाद समावेश छन्। निखिल उप्
इटहरी। सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।चम्राही टोलमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक हजार चार सय ५४।८७ केजी ९साढे १४ क्विन्टल बढी० गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार भोक्राहा नरसिंह गाँउपालिका वडा नं। ५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई को १ च ८२७९ नम्बरको टाटा पिकअप गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । बरामद गरिएको गाँजा, पिकअप गाडी र नियन्त्रणमा लिइएका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्
इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ११औं वर्ष प्रवेश गरेको ऐतिहासिक दिनको स्मरण गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ ।२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको संविधान जारी भएको अवसरमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरेको हो । शनिबार बिहान विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कवाज प्रदर्शन गरेका थिए भने विभिन्न १६ जातजा
इटहरी स् जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले संविधानका व्यवस्था र यसको मर्मबारे विद्यार्थी तथा युवाले बुझ्न जरुरी रहेको बताएका छन्।संविधान दिवस २०८३ को अवसरमा शनिबार सुनसरीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मेहताले संविधानबारे सही जानकारी नहुँदा विभिन्न समयमा अनावश्यक द्वन्द्व सिर्जना हुने गरेको बताए। उनले नेपाली जनताले बनाएको वर्तमान संविधानका सकारात्मक पक्षबारे विद्यार्थी र युवालाई जानकारी गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नेपालको संविधान देशको मूल कानुन भएकाले यसको मर्म र
सुन्दरहरैचा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन प्रक्रिया सुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ मा भने अधिवेशन अघि बढ्न सकेन। अधिवेशन रोकिएसँगै यसको कारणलाई लिएर कांग्रेसभित्रै विवाद चर्किएको छ।मोरङ–६ मा वडा अधिवेशन रोकिएको विषयमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले क्रियाशील सदस्यता व्यवस्थापन तथा अधिवेशन तयारीमा देखिएको विवादकै कारण वडा अधिवेशन प्रभावित भएको दाबी गरेका छन्।कार्यकर्ता तहमा क्रियाशील सदस्यता वितरणमा संग्रौलाको प्रभाव र हस्तक्षेप रहेको आरोपसमेत उठेको छ। नेताहरूका अन
इटहरी । मोरङको सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीको सृजनशील बाल क्लबको आयोजनामा ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ। सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी प्रतियोगितामा १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा १०५ अङ्क सहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय द्वितीय, ९५ अङ्क सहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तृतीय र ८० अङ्कसहित शिशिर एकेडेमी सान्त्वना भएका छन्। विजयी विद्यालयहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना हुने टोलीलाई ट्रफी, मेडल
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उप– प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा
इटहरी । बराहक्षेत्र नगर अस्पतालले मासिक रूपमा मोतियाबिन्दुको अप्रेसन कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। चक्रघट्टीस्थित नगर अस्पतालअन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमार्फत बिरामीहरूको निःशुल्क आँखा परीक्षण गर्नुका साथै मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउँदै आइएको हो। वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठान र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो। नगर क्षेत्रका आर्थिक रूपमा विपन्न तथा दूरदराजका नागरिकहरूलाई आफ्नै क्षेत्रमा सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले निःशु
इटहरी स् रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुन्दरहरैँचा र शिवसताक्षीका दुई दाजुभाइको कुशको शवको आकृति बनाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ।सुतार कार्की कुलपूजा समाजका सदस्यसमेत रहेका शिवसताक्षी–१०, टेक्राका कुलबहादुर कार्की र सुन्दरहरैँचा–१२, काफ्ले टोलका सूर्यबहादुर कार्की भदौ १० गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ। बेपत्ता दुवै जनाको खोजी गर्दा समेत अवस्था पत्ता लाग्न नसकेपछि सुतार कार्की कुलपूजा समाजमा आबद्ध बन्धुबान्धवबीच छलफल र सरसल्लाह गरी कुशको शवको आकृति बनाएर धार्मिक विधिअनुसार
इटहरी स् नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट–३।०’ झापाको बिर्तामोडमा सुरु भएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्।कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श व्यवसायीलाई विद्यार्थी विदेश पठाउने भूमिकामा मात्र सीमित नरही कोशी प्रदेशको शैक्षिक विकासमा समेत योगदान गर्न आग्रह गरे। उनले विदेश अध्ययनका लागि विद्यार्थी पठाउनेसँगै नेपालमै, विशेषगरी कोशी प्रदेशमा विभिन्न विषय अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना बनाउनुपर्ने बताए। प्रदेश सरकारले त्यस्ता योजनाम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.