समाचार

    Showing ३,२५१-३,२६० of १३,३९० items.
  • कोशीटप्पु वन्यजन्तु आरक्षमा जलपन्छी घट्दै: २०२६ मा प्रजाति ५६ मा झर्‍यो, सङ्ख्या आधाभन्दा कम

    इटहरी  । हिउँदमा बसाइँसराइ गरेर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने जलपन्छीको सङ्ख्या घटेको छ । जाडो छल्न हिमालपारिका जिल्लाबाट बसाइँसराइ गरेर आउने जलपन्छीको प्रजाति र सङ्ख्या घट्दै गएको गणनाले देखाएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् सङ्घको संयोजनमा गरिएको चरा गणनामा चराको प्रजाति र सङ्ख्यामै कमी आएको छ । नेपाल पन्छीविद् सङ्घको कार्यकारी निर्देशक तथा चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष चराको सङ्ख्यामा कमी आएको छ । उहाँका अनुसार आरक्ष र आसपासका क्षेत्रमा गरिएको गणना अनुसार सन् २०२५ मा ६७ प्रजातिको च

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ११७ पटक पढिएको
  • सङ्घीयता कार्यान्वयनपछि भोजपुरमा तेह्र पक्की पुल निर्माण

    इटहरी । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते खोलामा रु तीन करोड ५० लाख, कावाखोला रु सात करोड ५० लाख र श्यामखोला रु तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् । त्यसैगरी, बङ्खुवा खोलामा रु दुई करोड २५ लाख, गङ्खुवा खोलामा रु चार करोड ५० लाख, सिक्तेल खोलामा रु चार करोड, एखुवा खोलामा रु छ करोड ६० लाख, चिरखुवा

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १५० पटक पढिएको
  • झापाको मेचीनगर–धाइजनकी अस्मिता देवानको आत्महत्या प्रकरणमा प्रेमी भनिएका रविन प्रधान काठमाडौंबाट पक्राउ

    इटहरी ।  प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार मेचीनगर–१०, धाइजन निवासी प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया अस्मिता देवानबिच अध्ययन–अध्यापनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि देवानले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ।बिर्तामोडस्थित इन्द्रेणी क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत देवानले प्रेममा धोका पाएकै कारण गत मङ्सिर ७ गते विष सेवन गरेकी थिइन्। उपचारका क्रममा बिएन्डसी अस्पतालमा मङ्सिर ९ गते उनको मृत्यु भएको मृतककी सानीआमा

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २७१ पटक पढिएको
  • धनकुटाबाट दुई सय पाँच केजी गाँजासहित दुई जना पक्राउ

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७, गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । जङ्गलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइ राखिएको १० वटा बोरामा जम्मा दुई सय पाँच किलोग्राम गाँजा बरामद गरीएको धनकुटाका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अन

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १८१ पटक पढिएको
  • इटहरीमा दुई नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

    इटहरी | राष्ट्रिय प्रजातन्त्र पार्टी का युवराज घिमिरे (गोपाल) बुधबार  औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुभएको छ। इटहरी–२०, तामाङ टोल एलेम्बर चोकमा आयोजित कार्यक्रममार्फत उहाँलाई पार्टीमा स्वागत गरिएको हो।युवराज घिमिरेले नयाँ राजनीतिक यात्रामा इमान्दारिता, पारदर्शिता र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।यसैगरी, इटहरी–२ निवासी शान्तिराम खनाल (गोविन्द खत्री) ले पनि सोही अवसरमा पार्टी प्रवेश गर्नुभएको छ। उहाँ यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध रहनु भएको थियो र त्यहाँबाट अलग भई रास्वपामा आवद्ध हुनुभएको हो।नवप्रवेशी दुवै नेताहरूलाई

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ३,२७५ पटक पढिएको
  • निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने

    इटहरी। फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचनका लागि आवश्यक कर्मचारी परिचालन गर्ने भएको हो ।धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा रहेका छन् । जसका लागि आवश्यक पर्ने एक हजार ८ कर्मचारी परिचालन हुने भएका हुन् । एक सय ६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने जिल्ला निर्वाचन कार्यालय

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २७५ पटक पढिएको
  • धरानबाट नौ सय पचपन्न केजी गाँजासहित दुई जना पक्राउ

    इटहरी  । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम ९केजी० गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरा

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ९७ पटक पढिएको
  • झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ भएका छन् ।सम्भावित आपराधिक गतिविधि र विस्फोटक जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप यो व्यवस्था गरिएको हो । हालसम्म जिल्लाका छ स्थानमा बम डिस्पोजल टोली तैनाथ भइसकेको जिल्ला सुरक्षा समितिका संयोजक एवं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसका साथै निर्वाचन नजिकिँदै जाँदा थप स्थानमा यस प्रकारको टोली परिचालन गरिने विषयमा छलफल भइरहेको छ।जिल्लामा संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा सेनाले सुरक्षा दिन थालिसकेको छ । विमानस

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २५० पटक पढिएको
  • फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा ‘फुजिसन खेलकुद प्रतियोगिता’ सुरू

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड ९रन०, तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने  छ।यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २५१ पटक पढिएको
  • समिट सरस्वती क्याम्प भव्यतापूर्वक सम्पन्न

    इटहरी ।२०८२ फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको ‘समिट सरस्वती क्याम्प’ भव्यतापूर्वक सम्पन्न भएको छ । बालबालिकाहरूको नेतृत्व विकास तथा व्यावहारिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त क्याम्प तीन दिन दुई रात सञ्चालन गरिएको थियो। उद्घाटन समारोह नेपाल स्काउट अन्तर्गत सरस्वती दलका इकाइ प्रमुख लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल स्काउट बराहक्षेत्र नगरपालिकाका स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घि

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ६२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]