समाचार

    Showing ३,२४१-३,२५० of १३,३९० items.
  • ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

    इटहरी। ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा ८४ मतदानस्थल र १५८ मतदान केन्द्र कायम छन् । विगतका निर्वाचनमा देखिएका हिंसात्मक घटना, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार पहुँचको अवस्था तथा सम्भावित सुरक्षा जोखिमका सूचकका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । प्रजि

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ३५५ पटक पढिएको
  • सडक विस्तार नै विकासको आधार, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

    इटहरी ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ । आवत–जावतमा सहज पहुँचका लागि राम्रो सडकको अपरिहार्यता रहेको जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार बिहान झापाको दमकमा सिटी सफारी तथा अटो चालकहरूसँग छलफल गर्दै ओलीले दमकमा अधिकांश मुख्य सडकहरू कालोपत्रे भइसकेको उल्लेख गर्दै जसका कारण आज ५ हजारभन्दा बढी सिटी तथा अटोहरू कुदिरहेको जनाउनुभयो ।  श्रमिकहरूको पीडा तथा समस्या आफूले बुझेको ओलीले बताउनुभयो ।  ग्रामीण भेगसम्म सडक सञ्जाल पुर्‍याएर स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति एमालेले अघि

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २९१ पटक पढिएको
  • इनरुवामा जाली नोटसहित एक जना पक्राउ

    इटहरी ।  सुनसरीको इनरुवा नगरपालिकामा पाँच सय दरको आठ थान जाली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इनरुवा नगरपालिका–५, बलाहास्थित सब्जी बजारमा सब्जी खरिद गरी जाली नोट दिएको सूचनाको आधारमा इनरुवा–१०, जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी टोलीले मियाँलाई चेकजाँच तथा खानतलासी गर्दा जाली नोट ५०० दरका आठ थान गरी चार हजार रुपियाँ फेला पारेको छ । मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २५२ पटक पढिएको
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखा द्धारा विद्यार्थीलाई पोशाक र सोलार सेट प्रदान

    इटहरी । नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखाले पाँचथरको फिदिम नगरपालिका वडा ४ मा सञ्चालन भइरहेको जागृति आधारभुत विद्यालयका छात्र छात्रालाई पोशाक र सोलार सेट उपलब्ध गराएको छ ।बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहाँ अध्ययनरत १सय २३ छात्र छात्रालाई ट्राक सुट र टि सर्ट सहित ६ वटा बत्ती बाल्न सकिने १ सय ५० वाट क्षमताको सोलार सेट र ब्याट्री उपलव्ध गराएको हो ।विपन्न, दलित, सीमान्तकृत र अल्प सङ्ख्यक समुदायसँगै विभिन्न कारण अविभावकसँग टाढिएका विद्यार्थी अध्ययनरत जागृतिका विद्यार्थीलाई फिदिमका मेयर मित्रप्रसाद काफ्ले, वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती र शाखा प्रमुख छत्र निरौला लगायतल

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २१५ पटक पढिएको
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालका अनुसार झापामा मंगलबारसम्मको रेकर्डअनुसार २८ जना उम्मेदवारले

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १८७ पटक पढिएको
  • झापाको मेचीनगरमा नवजात शिशुको शव फेला

    इटहरी । झापाको मेचीनगरमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।बुधबार बिहान मेचीनगर(२, भृकुटी चोकस्थित दीपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाकोजस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान बढाएको खड्काले बताउनुभयो । शिशुको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २७३ पटक पढिएको
  • सुनसरीको भोक्राहमा एमालेको उपाध्यक्षको उम्मेद्वार मेहता , जनमतको वडाध्यक्षको उम्मेद्बार मण्डल सहित संयौको संङ्यामा कांग्रेसमा प्रवेश

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नरसिंहमा ठुलो संङख्यामा  महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भोक्राह नरसिंह गाउँ कार्यसमितिले पार्टी प्रवेश कार्यक्रमलाइ अभियानको रुपमा आयोजना गरि राखेको छ । सोही अभियान अन्तर्गत विभिन्न पार्टीमा आबद्ध तथा स्वतन्त्र नागरिकहरुको ठुलो संङ्याको समुहनै कांग्रेसमा प्रबेश गरि रहेको र यसले मदेशमा नेपाली कांग्रेस प्रति बिश्वास , भरोसा बढ्न थालेको संन्देश गएको नेपाली कांग्रेसका भोक्राह नरसिंह गाउँ कार्य समितिका सभापति युवराज दाह

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २७३ पटक पढिएको
  • सुनसरी–३ मा कडा प्रतिस्पर्धा: विकासको अधुरो सपना पूरा गर्ने अठोटसहित भगवती चौधरी चुनावी मैदानमा

    इटहरी। सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरी आफ्नो क्षेत्रलाई नमूना बनाउने संकल्पका साथ अगाडि बढिरहेकी छन् । नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्रीसमेत रहेकी चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा होमिएकी हुन् ।सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी चौधरीले यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई हराउँदै संघीय सांसद बनेकी थिइन् । गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवतीले बाजी मारेकी थिइन् ।गच्छदारको

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २८४ पटक पढिएको
  • मेची राजमार्गको कोल्बुङ खण्ड एकतर्फी खुल्यो, पहिरो पन्छाएपछि यातायात सञ्चालन

    इटहरी । पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।  मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । बुधबा बिहान स्काभेटर प्रयोग गरेर ढुुङ्गा र पहिरो हटाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुुभयो ।एकतर्फी रूपमा सडक सुुचारु गरिएपछि हिजोदेखि राजमार्गमा रोकिएर रहेका सयौं सङ्ख्याका यातायातका सवारी आफ्नो गन्तव्र्य तर्फ लागेका छन् । अझै पूर्ण रूपमा सवारी आवागमन गराउन

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २२७ पटक पढिएको
  • धनकुटामा महिलाहरूको अग्रसरता: नौमती पञ्चेबाजा संरक्षणमा स्थानीय समूह सक्रिय

    इटहरी। धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् । पछिल्लो समय बढ्दो युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जोगाई राख्न तालिम लिएर महिलाहरु पञ्चेबाजा संरक्षणमा लागी परेका हुन् ।कुनै पनि धार्मिक कार्य विवाह, व्रतबन्ध र समारोह होस या सांस्कतिकदेखी राजैनिक दलका कार्यक्रममा नौमती पञ्चेबाजा बजाउने प्रचलन रहेको पाइन्छ । त्यसमा पनि धनकुटामा भने महिलाहरुको नेतृत्वमा नौमति पञ्चेबजा बजाउने गरेको पाइन्छ । उहाँहरु शुल्क लिएर पार्टी तथा समारोहमा ग्रुपसहित जाने गर्दछन् । धनकुटा नगरपालिका–७, स्थित निशान नौमती पञ्चेबाजा संस्कृतिक समूहका महिल

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]