समाचार

    Showing ३,१७१-३,१८० of १३,३९० items.
  • धनकुटामा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी धनकुटा जिल्लास्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश, विराटनगरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा आचारसंहितासम्बन्धी व्यवस्था, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धता तथा आचारसंहिता पालना गर्नुपर्ने संस्था, निकाय र अधिकारीहरूका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो। तीन नगरपालिका र चार गाउँपाल

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २०६ पटक पढिएको
  • सुनसरी १ मा एमालेको प्रतिबद्धता ःशिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधारमा दूरदृष्टि

    इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं। १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गर्नुभयो। एमालेले विकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं। १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले ध

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • १९५ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ कोशी प्रदेश अध्यक्षमा दुर्गा शेर्पा नियुक्त

    विराटनगर । नेपाल विद्यार्थी संघले कोशी प्रदेश अध्यक्षको जिम्मेवारी दुर्गा शेर्पालाई प्रदान गरेको छ। संघको केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी पत्रमार्फत शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो।संघको विधान २०७७ (सातौं संशोधन २०७९) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार शेर्पालाई कोशी प्रदेश अध्यक्ष पदको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। संघलाई विधि, विधान र मर्यादाभित्र रही थप गतिशील र सशक्त बनाउने विश्वासका साथ नेतृत्वको जिम्मा सुम्पिएको जनाइएको छ।केन्द्रीय कार्यसमितिले शेर्पाको मनोबल र नेतृत्व क्षमताले संगठनलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरेको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • ३२६ पटक पढिएको
  • इलामको उत्तरी क्षेत्रमा असिनासहित वर्षा

    इटहरी। लामो समयपछि इलामको उत्तरी क्षेत्रमा वर्षा भएको छ । गएको कात्तिक पहिलो साता यता वर्षा नभएको इलाममा बाक्लो असिनासहित वर्षा भएको हो । इलामको उत्तरपूर्वी जमुना, जौबारी, माईपोखरी, देउराली, माईमझुवासहितका उत्तरी लेकाली क्षेत्रमा वर्षा भएको जमुनाका स्थानीय निम लम्बू शेर्पाले जानकारी दिनुभयो । वर्षा भएपछि अलैंची, चिया र जडीबुटी किसानलाई सिँचाइका लागि राहत मिलेको बताइएको छ ।  

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २७५ पटक पढिएको
  • धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता २०२६ु हुँदै

    इटहरी। नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० सुनसरी च्याप्टरको आयोजनामा ुएनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता( २०२६ु आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा फागुन १६ गते  ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता एक दिने प्रतियोगिता हुने भएको हो।  प्रतियोगिता आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थितिले प्रतियोगितालाई खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताउनु भयो। उहाँले प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबी

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २९५ पटक पढिएको
  • इलाममा आगामी फागुन २१ निर्वाचनका लागि पत्रकारलाई आचारसंहिता र चुनावी रिपोर्टिङ तालिम

    इटहरी । आगामी फागुन २१ को निर्वाचनका लागि इलाममा पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी तालिम दिइएको छ ।नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजना र महासङ्घ कोशी प्रदेशको सहकार्यमा दिइएको तालिममा कस्ता किसिमका समाचार सामग्री तयार गर्ने, निर्वाचन आचारसंहिताको पालना भए नभएको, उम्मेदवारहरूको प्रोफाइल लगायतका विषयमा छलफल गरिएको थियो ।तालिममा चुनावी खर्चमा हुने पारदर्शिता, भोजभतेर, चुनावी खर्चको प्राप्ति, सरकारी स्रोतको दुरुपयोग, दल र उम्मेदवारको घोषणापत्रको समीक्षा लगायतका विषयलाई समाचारमा उल्लेख गर्न सकिने विषयमा छलफल गरिएको छ ।इलामका अग्रज पत्रकार विजय शेखर भट्टराई र महासङ्घ कोशी प्रदेश समिति सदस

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३०८ पटक पढिएको
  • पाँचथर फिदिम–फालोट सडक खण्डमा फेमे खोलामा ‘पुस एन्ड पुल’ प्रविधिबाट बेलिब्रिज निर्माण सुरु, फागुन १२–१७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म सडक अवरुद्ध

    इटहरी। पाँचथर सदरमुकाम फिदिमदेखि भारतको वेस्ट बङ्गालसम्म सडक सञ्जाललाई जोड्ने फिदिम–फालोट सडक खण्डमा अवस्थित फेमे खोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ ।कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाईमा पुल जोड्न थालिएको हो ।यहाँ ‘पुस एन्ड पुल’ प्रविधिबाट पुल जोड्न थालिएको हो ।फेमे खोलामा पुल थालिएसँगै यो सडकमा सवारी र ढुवानी साधनको आवागमन बन्द गर्न भनिएको छ ।जडानका क्रममा थुप्रै सामग्री सडकमा राख्नुपर्ने भएकाले फागुन १२ गतेदेखि  १७ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्‍न ४ बजेसम्म यो बाटो अवरुद्ध हुने पूर्वाधार विकास कार्यालय पाँचथर

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २१५ पटक पढिएको
  • धरानको आमसभामा कुलमान घिसिङको आह्वान: सही क्षेत्रमा लगानी र उज्यालो नेपाल पार्टीलाई मत दिएर विकासको नयाँ रोडम्याप कार्यान्वयन गर्ने प्रतिबद्धता

    इटहरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सोमबार धरान उपमहानगरपालिकामा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको तर भ्यू टावर छोटो अवधिमा निर्माण भएको उदाहरण दिँदै विकासका लागि सही क्षेत्रमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।सुनसरी १ का उम्मेदवार डम्बर लावति९जेन्टल०लाई जिताउनु भनेको आफूलाई जिताउनु सरह हुने भएकाले अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि म

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • १५६ पटक पढिएको
  • भोजपुरमा प्रतिनिधि सभा निर्वाचन: शेरधन राई र बालकृष्ण थापासहित १२ दलका उम्मेदवार मैदानमा, पुराना शक्तिविरुद्ध नयाँ दलको चुनौतीबीच कडा प्रतिस्पर्धा

    इटहरी। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।जिल्ला

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २३८ पटक पढिएको
  • निर्वाचन र होली बिदाले पूर्वपश्चिम राजमार्ग विस्तार प्रभावित: काँकडभिट्टा–लौकही खण्डमा प्रगति भए पनि दुई साता काम रोकिने, विद्युत् पोल व्यवस्थापन अझै चुनौती

    इटहरी। आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला तीव्र रूपमा चलिरहेको छ तर अर्को साताबाट विस्तारको काम प्रभावित हुने देखिएको छ ।पूर्वपश्चिम सडक विस्तार योजना, काँकडभिट्टा–लौकही सडक आयोजनाका पश्चिम खण्ड कार्यालय इटहरीका प्रमुख जगत प्रजापति का अनुसार सडक निर्माणमा काम गर्ने कामदारहरू अधिकांश तराईवासी छन् । गत वर्ष पनि होलीले काममा प्रभाव पारेको थियो । यो वर्ष होलीलगत्तै निर्वाचन पनि भएकाले दुई साता काम रोकिने अवस्था देखिएको उहाँले बताउनुभयो।चुनावी वात

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]