इटहरी । आगामी २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न व्यस्त भइरहँदा मतदाता स्वयंसेवक भने मतदाता शिक्षा दिन व्यस्त छन् । मतदान प्रव्रिmयालाई सहज, सरल बनाउन, बदर हुने मत घटाउनका लागि आयोगले गत ३ गतेदेखि सुरु गरेको स्वयंसेवक १७ गतेसम्म परिचालन हुने छ । स्वयंसेवक टोल टोल÷घर घर पुगेर मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी जानकारी दिइरहेका धनकुटा नगरपालिका–१ को स्वयंसेवक रोजिना राई बताउनुहुन्छ । विशेष गरी न
सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र पौडेल ले आफू विजयी हुने दाबी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले देशमा राजनीतिक अस्थिरताकै कारण सामाजिक, आर्थिक, भौतिक तथा राजनीतिक क्षेत्र कमजोर भएको बताएका छन्।सुनसरी–२ मा उनको चुनाव चिन्ह ‘ह्विलचेयर’ रहेको छ। फरक क्षमता भएका व्यक्ति स्वयं पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्। उनले छात्रावास सुविधासहित अपाङ्ग विद्यालय स्थापना गरी त्यसलाई क्रमशः विश्वविद्यालयसम्म विस्तार गर्ने अवधारणा अघि सारेका
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ । अनुमति लिएका ड्रोन समेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्
इटहरी । भारतसँग सीमा जोडिएका पाँचथरका उच्च पहाडी क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । यस क्षेत्रमा गत कात्तिकयता पानी परेको थिएन । लामो खडेरीबीच मङ्गलबार दिउँसोदेखि सुरु भएको वर्षासँगै हिमपात भएको फालेलुङ–४, चाररातेका विमल गुरुङले बताउनुभयो । पर्यटकीय क्षेत्र फालेलुङको चारराते, तीनसिमाना, फालोट तथा याङवरकको चिवाभञ्ज्याङ र तिम्बु पोखरी क्षेत्रमा बाक्लो हिउँ परेको छ । यस्तै पहाडेमेगु, फलेके, मेजर, लामपोखरी र तोरीफुले लगायतका उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी प्रभावित भएको छ । पाँचथरको याङवरक गाउँपालिकास्थ
इटहरी । राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् । उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् । विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्
इटहरी । इलामको माईजोगमाई गाउँQपालिकामा अपाङ्गता भएका अशक्त व्यक्तिलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।गाउँपालिकास्थित अपाङ्गता समन्वय समितिले वडा १ र ३ मा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र हस्तान्तरण गरेको हो । पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत र पारिवारिक अवस्था बुुझ्ने, आवश्यक पुनस्थापना सेवाको पहिचान गर्ने, स्वास्थ परीक्षणका साथ अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्ने साथै न्यानो कपडा वितरण गर्ने काम गरिएको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईले बताउनुुभयो । परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राईसहित गाउँपालिका अध्य
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ७ स्थित गैयाँराज आधारभुत विद्यालयले आफ्नो ४२ औँ वार्षिककोत्सव मनाएको छ । सोमबार विद्यालय व्यावस्थापन समिती अध्यक्ष सुमित राईको सभाध्यक्षता तथा स्थानीय समाजसेवी गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएका थिए । जसमा कक्षा १ देखि ३ बीच आयोजित चक्लेट दौडमा एलिस्टजोन आछामी प्रथम, एसन राई द्वितीय र निश्चल खत्री तृतीय भएका थिए । कक्षा ४ र ५ मा छात्रतर्फ भाले जुधाई प्रतियोगितामा सन्जिब राई (कक्षा ५) विजेता बने भने छात्रातर्फ स्किपिङ प्रतियोगिता
इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् । ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा (एमाले) बाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन
इटहरी । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्तिसुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको व्रmममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । प्रधान सेनापति सिग्देलले चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो । सो अवसरमा नेपाली सेनाले निर्वाचनलक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ । यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । मझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.