इटहरी। सुनसरी–१ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ। धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ।अध्यक्ष राईले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्नुभएको हो। उहाँले मतदान बिहान ७ बजेदेखि सुरु भएको र केही समयपछि आफूले मतदान गरेको जानकारी दिनुभयो।त्यसैगरी, सुनसरी–१ बाट नेकपा ९एमाले० का उम्मेदवार टिकाराम लिम्बूले धरान–१० स्थित पञ्चायत माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यप्रसाद भट्टराई ९मनोज
इटहरी । भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गर्नुभएको छ । जिल्लाबाट आज ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रबाट मतदान गर्दैछन ।त्यस्तै जिल्लामा एउटा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा दलले सहभागीता जनाएका छन् ।
इटहरी। ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।ताप्लेजुङको सदरमुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लमा एक हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । जसमा एक हजार दुई सय १९ पुरुष र चार सय ६४ महिला मतदाता रहेका छन् ।अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचन शान्त वातावरणमा भइरहेको बताउनुभएको छ ।जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गर्नुभएको हो । मतदान पछि उहाँले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गर्नुभयो । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं। १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो । मतदान पछि खनालले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिँदै यो निर्वाचन विशेष निर्वाचन भएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनले बहुमत कुनै दलले पनि नल्याउने भएकाले सत्ता समीकरणकै सम्भावना रहने बताउनुभयो । जेनजी आन्दोलपछि पुस्तान्तरणका लागि आफुले उम्मेदवारी नदिएको खनालले प्रतिक्रिया दिनुभयो ।
इटहरी । दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०।३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले उमेरको उत्तरार्धमा पनि मतदानमा सहभागी भई अन्य मतदातालाई मतदान गर्न प्रोत्साहित गर्नुभयो।जिल्लाभर बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्। कतिपय केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको छ भने महिला मतदाताको सहभागिता पनि उल्लेख्य रहेको छ।निर्वाचनलाई श
इटहरी । धनकुटामा आठ प्रतिशत मत खसेको छ । बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १० बजेर २० मिनेट जादासम्म नौ हजार ४ सय ४५ मत खसेको छ ।जिल्लाका कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ८ प्रतिसत हो । जिल्लाका एक सय १९ मतदान स्थलका एक सय ६६ केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सूचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रह
इटहरी । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहनुभएका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
इटहरी । प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । झापा–५ का बिभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ ।सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चर्को प्रतिष्पर्धा हुने अनुमान छ । झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.