समाचार

    Showing ३,०६१-३,०७० of १३,३९० items.
  • धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खस्यो

    इटहरी। धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १२ बजेसम्म १६ हजार ५ सय ५२ मत खसेको छ ।जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको १४ प्रतिशत हो । अघिल्ला निर्वाचनको तुलनामा अहिलेसम्म कम मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।अघिल्ला निर्वाचनहरूमा १२ बजेसम्ममा ३० प्रतिशतभन्दा बढी मत झर्ने गरेकोमा यो निर्वाचनमा कम खसेको उहाँको भनाइ छ । जिल्लाका एक सय १९ मतदान स्थलका १६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६१ पटक पढिएको
  • दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खस्यो

    इटहरी। दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिले सम्ममा २७ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार अहिले सम्ममा २७ प्रतिशत मत खसेको हो ।हाल सम्ममा ६२ हजार पाँच सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।इलाममा दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन ।इलाममा एक सय ५०  मतदान केन्द्रका दुई सय ९० मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १७६ पटक पढिएको
  • धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राईद्वारा मतदान

    इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दिनेश राईले मतदान गर्नुभएको छ ।बिहीबार उहाँले धनकुटा नगरपालिका ६ स्थित बहुउद्देश्य सामुदायिक भवन आँखा अस्पताल मतदान स्थलमा रहेको ‘क’ मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका ११९ मतदान स्थलमा रहेका १६६ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रमा बिहान

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५० पटक पढिएको
  • भोजपुरमा ११ बजेसम्म १३ हजार मत खस्यो

    इटहरी । भोजपुरमा बिहान ११ बजेसम्म १३ हजार एक सय ९९ मत खसेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । बिहान ७ बजेबाट सुरु भएको मतदानमा बिहान ११ बजेसम्म १० दशमलव ४९ प्रतिशत मत खसेको हो ।जिल्लाबाट ५९ हजार दुई सय ५३ जना महिला र ६४ हजार एक सय २५ जना गरी कुल एक लाख २३ हजार ३ सय ७९ जनाले एक सय ६१ मतदान केन्द्रमा मतदान जारी छ ।जिल्लामा एउटा प्रतिनिधिसभाका लागि १२ दलले सहभागिता जनाएका छन् भने मतदान गर्न मतदातामा उत्साह देखिन्छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५४ पटक पढिएको
  • झापा कारागारमा मतदान सम्पन्न, १०८ जनाले गरे मतदान

    इटहरी । भद्रपुरस्थित झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एक जना कारागार प्रमुख गरी १०८ जनाले त्यहाँ समानुपातिकतर्फ मतदान गरेका छन् । मतदाताको अन्तिम नामावलीमा १०७ जना कैदी बन्दीको नाम रहेको थियो । कारागारमा शतप्रतिशत मत खसेको कारागार प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको उनले जानकारी दिए ।सो मतपेटिका बेलुका ५ बजेपछि मात्र ढुवानी गरिने भएको छ । त्यस्तै जिल्लामा कर्मचारी मिलन केन्द्र भद्रपुर र दमक नगरपालिकामा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५० पटक पढिएको
  • हेलिकप्टरमा झापा उडेका बालेन शाह ५२ नटिकल माइल टाढा पुगेपछि फर्किए काठमाडौं

    इटहरी । झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ।शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्। काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए।हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो। उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको बताए।शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको बताए।हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको थियो। अ

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३८ पटक पढिएको
  • कैलालीको अत्तरियामा मतदान गर्न पुगेका वडाध्यक्षमाथि एमाले कार्यकर्ताको आक्रमण

    इटहरी ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही ९गुड्डु० माथी हात पात भएको छ । वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथी आक्रमण भएको हो ।उनको टाउकोमा चोट लागेको छ । उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। घाईते वडा अध्यक्ष  शाही कांग्रेसबाट निर्वाचित हुन् । सोही वडामा एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको हो ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १४७ पटक पढिएको
  • मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

    इटहरी । प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ । झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५६ पटक पढिएको
  • अस्थायी मतदाता नामावलीमा नाम नहुँदा पाँचथरका मुख्य निर्वाचन अधिकृत मतदानबाट वञ्चित

    इटहरी  । अस्थायी मतदाता नामावलीमा नाम नभेटिएपछि पाँचथरका मुख्य निर्वाचन अधिकृतले नै मतदान गर्न  पाउनुभएन।समानुपातिकतर्फ भोट हाल्न पाँचथर कारागारस्थित अस्थायी मतदान केन्द्र पुग्नुभएका उहाँको नाम नामावलीमा समावेश नभएपछि उहाँले मतदान नगरी बाहिरिनुभएको हो।प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी नायब उपरीक्षकसहितका कर्मचारीले भने यही केन्द्रबाट समानुपातिक तर्फ मतदान गर्नुभएको छ।यसैबिच, पाँचथरका १८० वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही केन्द्रमा निर्धारित समयभन्दा १० मिनेट ढिला भई मतदान सुरु भएको थियो। राजनैतिक दलका प्रतिनिधि समयमा नआइपुग्दा मतदान ढिला सुरु भएको

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २२३ पटक पढिएको
  • प्रादेशिक अस्पताल नबनेपछि ओखलढुङ्गामा मतदान बहिष्कार

    इटहरी। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा बिहान ११स्३० बजेसम्म एक जना पनि मतदाताले मतदान गरेका छैनन्। मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो।मतदान अधिकृत परबासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहेका छन्। तर स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएको जनाइएको छ।स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार भए पनि निर्माणक

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]