समाचार

    Showing ३,०३१-३,०४० of १३,३९० items.
  • सर्लाही ४ : शुरुवाती गणनामा गगन अमरेशभन्दा १३७२ मतले पछाडि

    काठमाण्डौ । प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिनुभएको छ ।उहाँले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाउनुभएको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९९ पटक पढिएको
  • ६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता

    काठमाण्डौ । प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने९दर्शना०ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । रास्वापाले अग्रता लिएका क्षेत्र :झापा २झापा ५मोरङ १ मोरङ ४मो

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१० पटक पढिएको
  • मतगणनामा प्रचण्ड, रवि र बालेनको अग्रता, अन्य शीर्ष नेताहरू पछाडि

    काठमाण्डौ । प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ६ हजारभन्दा धेरै मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १० हजार १ सय ९० मत ल्याउँदा ओलीको ४ हजार ८७ मत आएको छ ।यस्तै रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले ४ हजार ३९८ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका कुसुमदेवी थापाले १ हजार २६१

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २०७ पटक पढिएको
  • ताप्लेजुङमा १२३ केन्द्रको मतपेटिका सङ्कलन, चार वटाको अन्योल

    इटहरी । ताप्लेजुङमा एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ । एक सय २७ वटा मतदान केन्द्र रहेको ताप्लेजुङका एक सय २३ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको छ ।  मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब ३ बजेसम्म चार वटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको हो । उहाँका अनुसार जिल्लाको उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ ।फक्ताङलुङ गाउँपालिकाका ६ नम्बर वडा घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्रावि तथा ७ नम्बर वडाको ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलन हु

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १३५ पटक पढिएको
  • उदयपुर–१ मा ४२० मत गणनास् घण्टी १६३ मतसहित अगाडि

    इटहरी । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाटमा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययका अनुसार मतपेटिका ढुवानी लगाएतका काम राति १२ बजेसम्म सकिएको र सर्वदलीय बैठक बसेर बिहान ३ बजेबाट मत गणना सुरू गरिएको हो । उदयपुर क्षेत्र नम्बर १ मा एकलाख ४२ हजार ८०४ कुल मतदाता मध्य ८० हजार ५९ मत खसेको छ ।उदयपुरको क्षेत्र नम्बर १ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारी मा मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को पनि आज बिहान सम्म मतपेटिका आइसक्ने र बिहान १० बजेबाट गणना सुरू गर्ने तयारी गरिएको छ ।क्षेत्र न १ मा ४२० मत गणना गर्दा घण्टी १६३, सूर्य

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३१ पटक पढिएको
  • झापा–५ र २ मा रास्वपा अगाडि

    इटहरी।  झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिनुभएको छ ।जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा हुनुहुन्छ । उहाँले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गर्नुभएको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २०८ पटक पढिएको
  • सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु

    सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पश्चात आज मतगण्ना सुरु गरिएको हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी, काँग्रेसका विजयकुमार गच्छादार र रास्वपाका अशोक कुमार चौधरीलाई प्रमुख प्रतिस्पर्धीको रुपमा हेरिएको छ । क्षेत्र नम्बर १ को मतगणनाका लागि सवर्दलीय बैठक बसेर गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताउनुभएको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१० पटक पढिएको
  • रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी बन्नुभयो । अघिल्ला दुई निर्वाचनमा जितबाट झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१७ पटक पढिएको
  • देशभर करिब ६० प्रतिशत मतदान, मतगणना तयारी पूरा

     इटहरी । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । बिहीबार मतदान सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको उल्लेख गर्दै छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक  मतदान सम्पन्न भएको बताउनुभयो । उहाले दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जानकारी दिनुभयो । कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सु

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १९२ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५  बजे सम्पन्न भएको हो । मतदान सम्पन्न भएसंगै मतदान केन्द्रबाट मतपेटिकाहरु सम्बन्धीत क्षेत्रमा रहेका  निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ ।  निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्र अन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]