समाचार

    Showing २,७८१-२,७९० of १३,३९० items.
  • चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुबास संकल्प चयन

    धरान | चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनबाट सुबास संकल्प श्रेष्ठ(खेमराज) अध्यक्षमा चयन भएका छन्।आज धरान–१५ स्थीत होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा(रश्मी), कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।सदस्यहरुमा रबिन काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिप तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ, विशाल काफले चयन भए। यसैगरी प्रदेश प्रतिनिधीमा एनएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की, सुमन भट्टराई र केन्द्रिय प्रतिनिधि बिनोद विश्वकर्मा र आरती थापा(रश्मी) चयन भए

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३५८ पटक पढिएको
  • ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने

    इटहरी  । ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने मन्त्रजप कार्यक्रम हुनेबारे जानकारी गराएको हो ।विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटारमा चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ।बिसं २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड म

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १८५ पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आयोजित अधिवेशनले हिमालय इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा झापाका दीपक न्यौपाने, सचिवमा सुनसरीका सुरेन्द्र चौधरी, सहसचिवमा झापाकै सुवर्ण भट्टराई र कोषाध्यक्षमा मोरङका सन्तोष कुमार राई निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुनसरीका उमेश महतो, मोरङका लोक बहादुर रोका, महेन्द्र कुमार राई, झापाका धिरज नारायण गणेश चयन हुनुभएको

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६४ पटक पढिएको
  • शान्तिनगर इङ्ग्लिस स्कुलमा प्रभावकारी अभिभावकत्वसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न

    इटहरी । सहितशान्तिनगर इग्लिस स्कुलले आयोजना गरेको एक दिने इफेक्टिभ प्यारेन्टिङ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुको सामाजिक , शारीरिक, मानसिक र भावनात्मक विकास गराउनमा अभिभावकहरु कसरी लाग्नुपर्छ  भन्ने विषयमा परामर्श प्रदान गरिएको थियो । अभिभावकहरूले प्यारेन्टिङको विषयमा धेरै कुरा जानेको भएपनि दैनिक जीवनमा वेवास्ता गरिएका कतिपय कुराबारे सजग गराईएको थियो । शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको आवश्यकता र औचित्यमाथि विद्यालयका प्रिन्सिपल उत्तम पौडेलले प्रकाशपार्नु भएको थियो । झण्डै ५ घण्टा चलेको उक्त कार्यक्रमको विचविचमा

    • प्रकाशित मितिः चैत ८, २०८२
    • २१६ पटक पढिएको
  • शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा

    इटहरी। शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।इलाका प्रहरी कार्यालय भेडेटार तथा निर्माणाधीन सडकको ठेकेदार कम्पनीले अबरोध हटाएर सडक सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरी रहँदा सडक पटक–पटक अबरुद्ध हुनेगरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरानसहित तराई क्षेत्

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १४० पटक पढिएको
  • १८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने

    इटहरी । १८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने भएको छ । हिले भलिबल क्लबले रामनवमीको अवसर पारेर कोशी प्रदेश पालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगितामा विजेता टोलीले नगद दुई लाख दुई हजार २२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल पाउने क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।त्यस्तै, प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १० हजार रुपियाँ प्रदान गरिने छ । सेमिफाइनलमा पुग्ने टिमलाई प्रति टिम १५ हजार रुपियाँको व्यवस्था गरिएको जनाइएको छ । स

    • प्रकाशित मितिः चैत ८, २०८२
    • २०७ पटक पढिएको
  • इटहरीमा प्रिमियर वायर्स प्रालि द्वारा इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न

    इटहरी । इटहरीमा प्रिमियर वायर्स प्रालि द्वारा इलेक्ट्रिसियन समिट २०२६ सम्पन्न भएको छ । कार्यक्रममा १७० भन्दा बढी अनुभवी तथा दक्ष इलेक्ट्रिसियनहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित र गुणस्तरीय हाउस वायरिङबारे जनचेतना फैलाउनु तथा नवीनतम् केबल प्रविधिबारे जानकारी प्रदान गर्नु रहेको थियो ।कार्यक्रममा प्रिमियर वायर्स प्रालिले आफ्ना उच्च गुणस्तरीय एफआरएलएसएच केबल तथा नवप्रवर्द्धित जेडएचएफआर केबल सार्वजनिक रूपमा परिचय गराएको थियो । हाउस वायरिङका लागि उपयुक्त यी केबलहरू प्रयोग गर्दा सर्ट सर्किट भएमा आगलागी हुने सम्भावना न्यून रहने र विषालु ग्यास उत्सर्जन नहुने विषयमा विस्तृत

    • प्रकाशित मितिः चैत ८, २०८२
    • २२७ पटक पढिएको
  • मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घाइते

    इटहरी । मोरङको रंगेली नगरपालिका–७ पोखरी टोलस्थित विराटनगर–रंगेली हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार राति करिब ९ः२० बजे रंगेलीबाट डाइनिया तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का करिब २१ वर्षीय सन्जु मण्डल गम्भीर घाइते भएका थिए । साथै सोही मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय अनर्जित मण्डल पनि शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका थिए ।दुबै घाइतेलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १५१ पटक पढिएको
  • झापाको सेल्फी डाँडामा झडपः पाँच घाइते, ६ जना पक्राउ

    इटहरी। झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्यान्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बेलुकाको समयमा डिजे बजाएर नाच्ने क्रममा दुई पक्षीय युवाबिच विवाद बढ्दै झडपमा परिणत भएको प्रहरीले जनाएको छ। झडपमा धारिलो हतियार समेत प्रयोग भएको र झापा गाउँपालिका–५ का १८ वर्षीय मारारुल आलम, १८ वर्षीय अन्सारुल अली, २४ वर्षीय समान सेख, २० वर्षीय फिरोज अली र २० वर्षीय तामेजल खान घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेह

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १५२ पटक पढिएको
  • विराटनगरको नोबेल मेडिकल कलेजमा लापरवाहीको मुद्दाः अन्तिम सुनुवाइ आज

     इटहरी । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरवाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आइतबारका लागि तोकिएको छ । सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण बुझ्ने काम र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ । २०८१ साल माघ १० गते फोक्सो एवम् श्वासप्रश्वास

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]