समाचार

    Showing २,७७१-२,७८० of १३,३९० items.
  • कृषकको फार्ममा पुग्दै कोशी प्रदेशका कृषि मन्त्री इस्राइल मन्सुरी

    इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी कृषकहरूको वास्तविक अवस्था बुझ्न प्रत्यक्ष रूपमा कृषकका फार्ममै पुगेर निरीक्षण तथा छलफलमा जुट्नुभएको छ ।मन्त्री मन्सुरीले प्रदेश सरकारका योजना प्रभावकारी बनाउन, कृषकको समस्या बुझ्न र व्यावसायिक बनाउन तथा कृषि उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायिक कृषक र कृषि उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुभएको हो । फार्ममै पुगेर समस्या बुझ्दा नीति निर्माण, अनुदान व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन थप प्रभावकारी बन्ने मन्त्री मन्सुरीले बताउनुभयो । आईतबार वराहक्षेत्र नगरपालिका पुग्नुभएका मन्त्री मन्सुरीले पाङ

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २०४ पटक पढिएको
  • ओखलढुङ्गामा वर्षा र हावाहुरीले कृषि क्षेत्रमा झण्डै २८ लाख रुपैयाँ बढीको क्षति

    इटहरी । पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका सूचना अधिकारी इन्द्र राईका अनुसार तरकारी खेतीका लागि बनाइएका ३९ वटा संरचना तथा प्लास्टिक टनेलमा क्षति पुगेको हो । टनेललगायतका संरचना भत्किनु तथा हावाले उडाउँदा मात्रै करिब २४ लाख ४० हजार रुपियाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।त्यस्तै, ०।६१ मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब ४८ हजार रुपियाँ बराबरको क्षति भएको छ । हावाहुरीका कारण टनेल उड्दा भित्र लगाइएका गोलभेँडा, काउली, बन्दा र खुर्सानी लगायतका बालीमा असर परेको केन्द्रले जनाएक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १२५ पटक पढिएको
  • मोरङमा बर्डफ्लूको प्रकोप बढ्दो, पोल्ट्री फार्म प्रभावित

    इटहरी । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ। हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको छ। नियन्त्रणका लागि सरकारी निकायहरू सक्रिय रूपमा जुटेका छन्। पछिल्लो पटक विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार परीक्षणबाट आइतबार उक्त फार्ममा संक्रमण देखिएको हो। यससँगै मोरङमा संक्रमित फार्मको संख्या पाँच पुगेको ज

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १६७ पटक पढिएको
  • कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

    इटहरी । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ ।अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् ।विशेषगरी प्रसूति र शल्यक्र

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १९७ पटक पढिएको
  • दमकमा बर्ड फ्लू भेटिएपछि मासु,अण्डा ओसारपसारमा प्रतिबन्ध

     इटहरी। दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १७० पटक पढिएको
  • मतदाताको विश्वासलाई शिर निहुराउन नदिने नेम्वाङको प्रतिबद्धता

    इटहरी ।  दोस्रो पटक संसदीय यात्रा तय गरेका इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा बुुवा सुुवास नेम्वाङ लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ सालको उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसद्को १६ महिने यात्रामा उच्च बनाउने प्रयास गरेको उहाँको भनाइ छ । अहिले पनि इलामका नागरिकले दिएको विश्वासलाई शिर निहुु¥याउन नदिने बताउनुुभयो । नेम्वाङले इलाम–२ मा चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १६१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्य वृद्धिसँगै महँगियो इँटा

    इटहरी । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् ।  सुन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १५१ पटक पढिएको
  • विद्यार्थीलाई राहतःतेह्रथुममा खाना–बाससहित निःशुल्क माध्यमिक शिक्षा

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी खाना, बाससहित निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएको हो । विद्यालयमा आधुनिक छात्रावास भवन निर्माण गरिएसँगै विद्यार्थीको बसोबास सुरक्षित र व्यवस्थित बनेको छ । यसले टाढा टाढाबाट आउने विद्यार्थीलाई सहज भएको छ । विशेष गरी विद्यालय टाढा परेका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास र खानासहितको शिक्षा व्यवस्था गरिएको पालिका अध्यक्ष अर्जुन मावोहाङले जानकारी दिनुभयो । पालिकाका प्रम

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २४२ पटक पढिएको
  • सुनसरी–२ मा लालविक्रम थापा को प्रतिबद्धताः सुशासन, विकास र जनविश्वास पुनर्स्थापना

    इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ र श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत पाउनुभएको थियो। करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका था

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १९५ पटक पढिएको
  • कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि बसाह क्लबलाई

    सुनसरी | लोहरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कपको उपाधि जितेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।प्रतियोगिताको विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ । लोहरुङका मिलन लिम्बु प्लेयर अफद फ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]