समाचार

    Showing २,७५१-२,७६० of १३,३९० items.
  • भोजपुरको हतुवागढी गाउँपालिकाले आधुनिक प्रशासनिक भवनबाट सेवा उपलब्ध गराउने

    इटहरी ।  दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो।लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।उनका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो।  लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २२६ पटक पढिएको
  • झापा, मोरङ र सुनसरीमा बर्ड फ्लुको उच्च जोखिम, ओसार–पसारमा रोक

    इटहरी । दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २४२ पटक पढिएको
  • बराह तीर्थमा २०८२ चैत्र २१ देखि २९ सम्म श्रीमद् भागवत सप्ताह महापुराण आयोजना

    इटहरी । धर्तीको पहिलो तीर्थस्थलको रूपमा पूजित बृहत भू–बराह क्षेत्रमा आगामी २०८२ चैत्र २१ गतेदेखि २९ गतेसम्म श्रीमद् भागवत सप्ताह महापुराण आयोजना हुने भएको छ । श्री रामानुज विशिष्टद्वैत धर्मशाला एवम् श्री भू–बराह अन्नक्षेत्र समितिले आयोजना गर्न लागेको उक्त महापुराण श्री श्री श्री १००८ मावल ब्रह्मचारी श्री देव राजा चार्य स्वामीजीको संकल्पबाट सम्पन्न हुने समितिका अध्यक्ष दाताराम शर्मा भण्डारीले जानकारी दिनुभयो । सदियौं देखि सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा रहेको बराह तीर्थको महिमा विभिन्न पुराण एवम् धर्मग्रन्थहरूमा उल्लेख हुँदै आएको छ । हरेक वर्ष यस क्षेत्रमा आउने तीर्थयात्रीहर

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १८५ पटक पढिएको
  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

    इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पालिकावासी नागरिकलाई लक्षित गरी गाउँपालिकाले एकदिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीका अनुसार यही चैत १५ गते आइतबार शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । पालिकाको प्रशासकीय केन्द्रस्थित हाङ्पाङ स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजवंशीले जानकारी दिनुभयो ।उहाँका अनुसार अनुभवी मनोचिकित्सकहरूको उपस्थितिमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुनेछ । मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचारसँगै शिविरम

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २३५ पटक पढिएको
  • इटहरीको जनसहयोग माविमा लागू औषध विरुद्ध विद्यार्थी सचेतना

    इटहरी । लागू औषध दुव्र्यसनको बढ्दो जोखिमबाट युवा पुस्तालाई जोगाउन इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित जनसहयोग माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ बाल सञ्जालको आयोजना, वडा नं. २ वडा कार्यालयको समन्वय र जनसहयोग माध्यमिक विद्यालयको सह–आयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा ११ का ३५ जना विद्यार्थीहरू सहभागी थिए । वडा नं. २ बाल सञ्जालका अध्यक्ष सविन तिम्सिनाले कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। सञ्जालको तर्फबाट युवा र विद्यार्थीहरूलाई सामाजिक विकृति विरुद्ध गोलबन्द गर्ने अभियानको नेतृत्व गरिरहनुभएका तिम्सिनाले कार्यक्रमको उद्देश

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १५६ पटक पढिएको
  • क्यान्सर उपचारबारे फैलिएको भ्रमप्रति बीपी प्रतिष्ठानको खण्डन

    इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरीय नहुने भन्ने भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सामाजिक सञ्जाल मार्फत फैलाइएका तथ्यहीन दाबीले प्रतिष्ठान प्रति अविश्वास सिर्जना गर्न खोजिएको बताइएको छ । प्रतिष्ठानका अनुसार स्थापना काल देखि नै करिब तीन दशक देखि क्यान्सर बिरामीको उपचार हुँदै आएको छ । पूर्वी नेपालमा क्यान्सर सम्बन्धी शल्यक्रिया सेवा सुरु गर्ने पहिलो संस्थामध्ये यो अग्रणी रहेको दाबी गरिएको छ । हाल क्यान्सर उपचारका दुई प्रमुख स्तम्भ शल्यक्रिया र सिस्टेमिक थेरापी नियमित र गुणस्तरीय रूपमा सञ्चालनमा छन् भने रेडियोथ

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २०८ पटक पढिएको
  • रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

    इटहरी।  रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रूपमा विकास गरिएको हो ।सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताउनुभयो । कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उहाँले बताउनुभयो । शङ्करबेली वन उपभोक्ता स

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १८१ पटक पढिएको
  • वीरेन्द्र शाहको नेतृत्वमा चलचित्र पत्रकार संघ कोशी प्रदेशको नयाँ कार्यसमिति चयन

    इटहरी । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन हुनुभएको छ ।  महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन हुनुभएको छ । सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन हुनुभएको छ ।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई सुमित्रा, विकल श्रेष्ठ चयन हुनुभएको छ । चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको सभापतित्वमा विराटनग

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १४४ पटक पढिएको
  • विराटनगर–१९ बैजनाथपुरमा हाइब्रिड चार्जिङसहित आधुनिक फ्युल सेन्टर सञ्चालन

    इटहरी । विराटनगर महानगरपालिका–१९, बैजनाथपुरमा पुरानो पेट्रोल पम्प न्यु कान्तिपुर फ्युल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलाल चोक–विराट चोक सडकखण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोल पम्पपरिसरमा अहिले विद्युतीय ९इभी० चार्जिङ स्टेसन पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारीलक्षित पुनर्संरचना गरिएको चार्जिङ तथा फ्युल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्ने छ । त्यसबाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुने छ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोल पम्पलाई पनि नयाँ र त्यही परि

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १९३ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङमा अस्पताल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही प्रक्रिया सुरु

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७÷७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ३०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]