समाचार

    Showing २,६८१-२,६९० of १३,३९० items.
  • विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल

    इटहरी। विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । शुभम् इन्टरनेसनल हस्पिटालिटी प्रालिका चार जना युवा साझेदारको दुई अर्ब लगानीमा होटेल स्थापना भएको हो । विराटनगरका चार युवाले लगानी गरेको यो होटेलको सम्पूर्ण व्यवस्थापन भने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ ले गर्ने छ । लेमन ट्री ब्रान्डमा नेपालको यो दोस्रो होटेल विराटनगरमा स्थापना भएको हो । लगानी साझेदारमध्येका मनोजविक्रम शाहका अनुसार यसको सफ्ट ओपनिङसँगै अहिले ८० कामदारका लागि ‘लेमन ट्री प्रिमियर’ ले तालिम आयोजना गरिरहेको छ । आगामी वैशाखमा यसक

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४२ पटक पढिएको
  • भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

    इटहरी ।  भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् । भोजपुरको हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उहाँको भनाइ छ । कावाख

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ११७ पटक पढिएको
  • उच्च हिमाली क्षेत्र लोनाकमा एक कर्मचारीको मृत्यु

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लोनाकमा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जङग हमाल रहनुभएको छ । हमाल गत चैत ८ गतेमात्रै समृद्ध पहाड संस्थामा नियुक्त हुनु भएको थियो । संस्थामा नियुक्त भई कञ्चनजङ्घा संरक्षण क्षेत्रको सपोर्ट कर्मचारीको रुपमा काम गर्न जाने क्रममा लोनाकमा अचानक बिरामी भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हमालको शनिबार बिहान करिब २ः३० मा मृत्यु भए पनि प्रहरीसमक्ष साँझमात्रै जानकारी प्राप्त भएको थियो ।उच

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४१ पटक पढिएको
  • यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १७३ पटक पढिएको
  • पर्यटकको रोजाइमा सुनसरीको रास ताल

    इटहरी। सुनसरी जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् । विशेषगरी वनभ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १२९ पटक पढिएको
  • नेपालगञ्जमा एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाए

    इटहरी । पूर्वप्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले बाँकेमा प्रदर्शन गरेको छ। नेपालगञ्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाइएको हो। नेपालगञ्जस्थित पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्‍याली बिपी चोकमा पुग्दा गृहमन्त्री गुरूङको पुत्ला जलाएको थियो। उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी गरेका थिए। उनीहरूले सडकमा टायरसमेत बालेका थिए। त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताका बीचमा केहीबेर धकेलाधकेल पनि भएको थियो। एमाले बाँकेले १९ गतेसम्म आन्दोलनका कार्यक्रम

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १८७ पटक पढिएको
  • सिंहदरबारको दक्षिण गेटबाट ७ प्रदर्शनकारी पक्राउ

     काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो । उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २६१ पटक पढिएको
  • पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी– अपरिपक्व निर्णयले अस्थिरताको जोखिम बढाउन सक्छ

    काठमाडौँ  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।उनले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरेकी छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति ज

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १७२ पटक पढिएको
  • लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस(एमालेको विरोध प्रदर्शन

    काठमाडौं ।  पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग बाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ । प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकत

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १९६ पटक पढिएको
  • बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त, प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो लाठीचार्ज

    काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचको झडपले बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]