समाचार

    Showing २,६२१-२,६३० of १३,३९० items.
  • इटहरीमा भव्य रूपमा सम्पन्न “सैप्रोल कविता कन्सर्ट–२०८२”

    इटहरी । सुनसरीको इटहरीमा तमु गुरुङ समुदायले वार्षिक रूपमा मनाउँदै आएको १७ औँ तमु एकता दिवस–२०८२ को अवसरमा आयोजना गरिएको कवि गौरी तमुको “सैप्रोल कविता कन्सर्ट–२०८२”सम्पन्न भएको छ । तमु भाषा, संस्कार, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय परिषदका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डमबर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ केन्द

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४३० पटक पढिएको
  • ताप्लेजुङमा दुई जनाले कारागारबाटै दिए एसईई

    इटहरी। ताप्लेजुङमा दुई कैदीबन्दीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिनुभएको छ । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुई परीक्षार्थीले यस वर्षको एसईई दिनुभएको हो ।जिल्ला कारागारमा रहेकामध्ये एक जनाले नियमित र एक जनाले ग्रेड वृद्धितर्फ परीक्षा दिएको जिल्ला प्रहरी प्रमुख ९डिएसपी० बेदप्रसाद गौतमले जानकारी दिनुभयो । ताप्लेजुङमा यस वर्ष जिल्लाभर ११ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहेकामा यस पटक परीक्षार्थी सङ्ख्याका आधारमा ११ वटा मात्र केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । जिल्लाभरबाट न

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १६८ पटक पढिएको
  • कोशी प्रदेशमा ‘ब्यान्ड टु ब्राण्ड’ रणनीतिअन्तर्गत घरेलु मदिरालाई वैधानिक ब्राण्ड बनाउने तयारी, विराटनगरबाट पहल सुरु

    इटहरी। कोशी प्रदेशले परम्परागत घरेलु मदिरालाई प्रतिबन्ध ९ब्यान्ड० बाट ब्राण्ड बनाउने बहसमा एक कदम अगाडि बढाएको छ । कोशी प्रदेश योजना आयोगले घरेलु मदिरालाई व्यावसायिक उत्पादन र ब्राण्डिङ गर्न आवश्यक यन्त्र उपकरण निर्माण गर्नुका साथै कानुनी र नीतिगत प्रबन्धको तयारीलाई एक कदम अगाडि बढाएको हो । प्रदेश सरकारले ‘ब्यान्ड टु ब्राण्ड’ ९निषेधबाट ब्राण्डतर्फ० को रणनीतिक योजनाअनुसार घरेलु मदिरालाई अब प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने तयारी थालेको हो । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले विगतमा लुकिछिपी उत्पादन हुने मदिरालाई अब प्रविधिको प्रयोगमार्फत स

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १४५ पटक पढिएको
  • धनकुटामा समाजसेवीको सहयोगमा निबुवा खोलामा होम पाइप, ६ सय परिवार लाभान्वित

    इटहरी । धनकुटा नगरपालिका–१ र ३ जोड्ने निबुवा खोलामा स्थानीय समाजसेवी द्रोर्ण प्रसाद गुरागाईंको सहयोगमा होम पाइप लगाइएको छ। समाजसेवी गुरागाईंले आवश्यक सामाग्री खरिद र ढुवानी गरिदिएपछि खोलामा होम पाइप स्थापना गरिएको हो।यो खोलामा वाल निर्माण गरी होम पाइप राखिएपछि साना र ठूला दुवै यातायातका साधन वारपार गर्न सहज हुने स्थानीय बताउँछन्। करिब ३९ फिट लम्बाइ, बिच भाग ८ फिट र छेउछेउ १३ फिट ढलान गरेर पाइप स्थापना गरिएको छ। होम पाइप निर्माणका लागि आवश्यक रड, सिमेन्ट, दुईवटा पाइप र अन्य सामग्री खरिद तथा ढुवानी समाजसेवी गुरागाईंले गरिदिनुभएको छ। खोलामा पाइप राख्न एक सयभन्दा बढी स्थानीयले श्रमदानमार्फत वाल नि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७७ पटक पढिएको
  • चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व सङ्कलन

     इटहरी। चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व रकम सङ्कलन भएको छ । साढे नौ महिनाको अवधि अर्थात् गत साउनदेखि चैत महिनाको दोस्रो सातासम्ममा सङ्घ र प्रदेश मातहतका निकायबाट उक्त राजस्व रकम सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार कुल १२ करोड ३९ लाख ४० हजार २७७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित राजस्व रकममध्ये सङघतर्फ ११ करोड १८ लाख ८५ हजार ५८६ रुपियाँ रहेको छ । त्यस्तै प्रदेश मातहतका निकायबाट एक करोड २० लाख ५४ हजार ६९१ रुपियाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालले जानकारी दिनुभयो

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७८ पटक पढिएको
  • मोरङमा ढुङ्गा, गिट्टी र बालुवाको मूल्य वृद्धि : निर्माण क्षेत्र प्रभावित

    इटहरी । उत्खनन, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुङ्गा, गिट्टी र बालुवाको मूल्य प्रतिटिप्पर चार हजार रुपियाँ बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामग्रीमा परेको भन्दै बहुबर्से र चालु अवधिका लागि सम्झौता गरेका योजना बढाउन नसकिने स्थिति आएको बताएका हुन् । निर्माण व्यवसायी सङ्घ मोरङका सहकोषाध्यक्ष सञ्जय यादवका अनुसार पहिलो ११ हजार प्रतिटिप्पर पाउने गिट्टी र बालुवाको मूल्य अहिले १५ हजार पुगेको हो । त्यसबाहेक छड, सिमेन्टको मूल्य जोड्दा सम्झौता गरेका परियोजना सम्पन्न हुँदा आफ्नै घरबारी बिक्री गर्

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २६२ पटक पढिएको
  • कोशी प्रदेशमा युवा लक्षित ‘उदय परियोजना’ सञ्चालन हुँदै

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका युवालाई लक्षित गरी ‘उदय परियोजना’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका–३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमूर्तिसहितको पार्क बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नवप्रवर्तन कार्यक्रममार्फत युवा उद्यमीलाई लक्षित गरी उक्त परियोजना सुरु गर्न लागिएको जानकारी दिनुभएको हो ।मुख्यमन्त्री कार्कीले बिहीबार सुनसरीको इटहरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत परियोजनाको शुभारम्भ गरिने बताउनुभयो । परियोजना अन्तर्गत प्रदेशका विभिन्न बैँकहरूको छनोट कार्य सम्पन्न भइसकेको र साना तथा मझौला युवा उद्यमीले ३० लाखद

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १७९ पटक पढिएको
  • ताप्लेजुङको मैवा खोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण

    इटहरी। ताप्लेजुङको मैवा खोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । खेलाडी उत्पादन गर्ने साथै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले कभर्ड हल निर्माण गरेको हो ।पालिकाको प्रशासकीय केन्द्रस्थित साँघुमा निर्माण गरिएको बहुउद्देश्यीय कभर्ड हलको बुधबार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले कभर्ड हलको उत्दघाटन गर्नुभएको छ ।  उद्घाटन भएसँगै कभर्ड हल औपचारिक रूपमा सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।कभर्ड हल सञ्चालनसँगै खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलाडीको क्षमता अभिवृद्धि स

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २०९ पटक पढिएको
  • इलामको बौद्धधाममा ११ वर्षपछि बुद्ध पार्क उद्घाटन, ६५ फिट अग्लो बुद्ध प्रतिमा मुख्य आकर्षण

    इटहरी  । इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहित बुद्ध पार्कको आज उद्घाटन गरिएको छ । कोशी प्रदेश , संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ बर्ष पछि उद्घाटन गरिए संगै संचालनमा आएको हो । पार्कको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्नुभयो । स्थानीय दाता सहितले दान गरेको १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका धार्मीक पर्यटकीय गन्तब्यको सूचीमा बुद्धपार्कलाई सूचीकरण गरिने बताउनु भयो ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १८६ पटक पढिएको
  • इटहरीमा मिस्टर एन्ड मिस फेस एसईई इटहरी २०८२ सार्वजनिक

    इटहरी । इटहरीमा मिस्टर एन्ड मिस फेस एसईई इटहरी २०८२ सिजन वान  नामक व्यक्तित्व विकास तथा प्रतिभा पहिचान कार्यक्रम गरिने भएको  छ । आयोजक संस्थाले पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी गराउँदै एसईइ दिएका तथा तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । आयोजकका अनुसार कार्यक्रम केवल सौन्दर्य प्रतिस्पर्धामा सीमित नभई सहभागीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, व्यक्तित्व विकास र करियर मार्गदर्शनमा केन्द्रित रहनेछ । कार्यक्रममा सहभागीहरूले ३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन्। प्रशिक्षण अन्तर्गत व्यावसायिक फोटोसुट, पर्सनालिटी डेभलपमेन्ट

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]