समाचार

    Showing २,६०१-२,६१० of १३,३९० items.
  • पथरीको भुटानी शरणार्थी शिविरमा लागू औषध दुव्र्यसनी बढ्दै , शरणार्थीहरूद्वारा सशस्त्र प्रहरी बलको क्याम्प पुनःस्थापनाको माग

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित भुटानी शरणार्थी क्याम्पमा पछिल्लो समयमा लागू औषध तथा दुव्र्यसनी र चोरीका घटनाहरू बढ्दै गएका छन्। दिनहुँ जसो चोरी तथा लागू औषध दुव्र्यसनीका घटनाहरू हुने गरेपछि ’सेक्युरिटी थ्रेट’ बढेको स्थानीयले गुनासो गरेका छन्। शरणार्थी जीवन बिताउँदै आएका उनीहरू यतिबेला लागू औषध दुव्र्यसनमा युवा युवतीहरू फस्दै गएको र विगत केही दिन यता देखि रातमा समेत चोरी साथै अश्लिल शब्द बोल्नेहरूको जमातले आतंकित तुल्याएको स्थानीयले बताएका छन् । पथरी शनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि काम गरिरहेका ६ जना मजदुरहरूको नगद रूपैयाँ सहित मोबाइलहरु चोरी भएको छ । सुरक्ष

    • प्रकाशित मितिः चैत २०, २०८२
    • ११७ पटक पढिएको
  • लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सि को संयुक्त मनोनयन कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सि को वर्ष २०२६÷२७ का लागि डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि संयुक्त मनोनयन कार्यक्रम इटहरीस्थित लायन्स सामुदायिक भवनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लिला प्रसाद चिमरिया, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार रमेश खत्री तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार उदय नारायण बरालको उम्मेदवारी दर्ता भएको छ । कार्यक्रममा सहभागी पूर्व गभर्नरहरूले  तीनै उम्मेदवारलाई १ सय प्रतिशत यस भोटका साथ समर्थन जनाउन सबै लायन्सकर्मीहरूलाई अनुरोध गर्नुृभएको

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २१२ पटक पढिएको
  • इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन

    इटहरी । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको इतिहास समेटिएको “इनरुवाको नालीबेली” नामक पुस्तक विमोचन गरिएको छ । इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले एक कार्यक्रमका बीच पुस्तकको औपचारिक विमोचन गर्नुभएको हो । देवीप्रसाद  खतिवडा द्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको बताइएको छ । ८२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धान पछि पुस्तक तयार पार्नुभएको हो । पुस्तक लेखन तथा सामग्री संकलनको कार्यमा युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पु¥याउनुभ्एको छ । इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २११ पटक पढिएको
  • आर्थिक गणना २०८३ सफल बनाउन सुनसरीमा अन्तरक्रिया

    इटहरी । नेपाल सरकार राष्ट्रिय योजना आयोगको समन्वयमा देशभर सञ्चालन हुन लागेको “आर्थिक गणना २०८३” लाई सफल बनाउन सुनसरीमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला आर्थिक गणना सुनसरीको आयोजनामा इनरुवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समिति प्रमुख राजन मेहेता, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला आर्थिक गणना सुनसरीकी प्रमुख उषा रिजालले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया तथा महत्त्वबारे जानकारी दिनुभएको थियो ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १३४ पटक पढिएको
  • सोलुखुम्बु मालपोतका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रमुख कार्कीसहित तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ बिगो दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका वड

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १६६ पटक पढिएको
  • ओखलढुङ्गामा नसर्ने रोगका बिरामी बढ्दो, ३ वर्षमा २ हजार २८ बाट ४ हजार ६१६ पुगे

    इटहरी । ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षलाई केलाउँदा जिल्लामा नसर्ने रोग बाट बिरामी भएकाको सङ्ख्या बढ्दो देखिन्छ ।आर्थिक वर्ष २०७९र०८० मा जिल्लाभर दुई हजार २८ जना नसर्ने रोगका बिरामी थिए । यो सङ्ख्या आर्थिक वर्ष २०८०र०८१ मा बढेर तीन हजार ७५५ पुगेको छ भने २०८१र०८२ मा चार हजार ६१६ पुगेको छ ।  स्थानीय तहगत विवरण हेर्दा पनि अधिकांश पालिकामा बिरामीको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९र०८० मा सिद्धिचरण नगरपालिकामा २४७, मोलुङमा १२४, चिशङ्खुगढीमा १४३, खिजिदेम्बामा १४०, लिखुमा ४९९, चम्पाद

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १४० पटक पढिएको
  • ताप्लेजुङको मेरिङ्देन–४, लिङ्तेपमा ८२ ज्येष्ठ नागरिक सम्मानित

    इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । लिङ्तेपवासी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो ।लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गाम लिम्बूका अनुसार वडाभित्रका ८२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ६८ देखि ९० वर्षसम्म उमेर पुगेका ३८ महिला र ४४ जना पुरुष रहनुभएको वडाध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।उहाँका अनुसार ज्येष्ठ नागरिकलाई काँचको थाल र बटुकाको सेट वितरण गरी सम्मान गरिएको छ । वडाभित्र सामाजिक सुरक्षा भत्ता ९वृद्ध भत्ता० प्राप्त गर्ने लाभग्राही अर्थात ज्येष्ठ नागरिकको सङ्ख्या ८६ जना रहेकोमा चारजना भने गाउँ बाहिर

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९१ पटक पढिएको
  • सुनसरीको इनरुवा–३ मा स्व. उपेन्द्र बस्नेत ‘पागल’को स्मृतिमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

    इटहरी। सुनसरीको इनरुवा नगरपालिका ३ मा सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले वरिष्ठ समालोचक तथा साहित्यकार स्व।उपेन्द्र बस्नेत ‘पागल’को स्मृति सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।स्मृति सभा तथा रचना वाचन कार्यक्रममा साहित्यकारले पागलको योगदानको चर्चाका साथै आ आफ्नो समसामयिक रचना वाचन गर्नुभएको छ । कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष तथा सप्तरङ्गी साहित्य समाजका सचिव लिलानाथ सिलवालले बस्नेतको साहित्य क्षेत्रमा ठूलो योगदान भएको बताउनुभयो । उहाँले नेपाली साहित्य र सुनसरीको कला क्षेत्रमा निकै योगदान ताजै रहेको बताउनुभयो । साहित्य कार्यक्रममा साहित्यकार डम्मरुबल्लभ भण्डारी, भरत गुरागाँई

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १८९ पटक पढिएको
  • दमकबाट मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच पक्राउ

    इटहरी। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले बिहीबार बेलुका दमकमा सञ्चालन गरेको स्वीप अपरेसनमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले केही दिनयता दमक क्षेत्रमा रात्रिकालीन गस्तिलाई तिब्रता दिँदै आएको छ ।घटना विवरण अनुसार दमक नगरपालिका–६ क्षेत्रमा अनावश्यक रूपमा भेला भई मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा लागु औषध सेवनमा संलग्न पाँच जनालाई एकैसाथ पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई इला

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९९ पटक पढिएको
  • पाँचथरमा अरिङ्गालले टोकेर एक घाइते

    इटहरी। पाँचथरमा अरिङ्गालको समूहले टोक्दा एकजना घाइते हुनुभएको छ । कुम्मायक गाउँपालिका–१ का ५८ वर्षीय सानवहादुर लावती अरिङ्गालले टोकेर घाइते हुनुभएको हो ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उहाँलाई आज दिउँसो करिब १ बजे घरनजिकैको खेतमा रहेको वडहरको रुखमा घाँस काट्ने क्रममा अरिङ्गालको समूह शरिरमा खनिएको थियो । रुखको टोड्को भागभित्र रहेको अरिङ्गालले उहाँलाई बाँया खुट्टा, बाँया हात र ढाडमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको टोली सँगै स्थानीयले घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]