समाचार

    Showing २,५९१-२,६०० of १३,३९० items.
  • टेम्केमैयुङ गाउँपालिकाको दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२ र ८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले यस अवधिसम्म सम्पन्न भएका काम, सञ्चालनमा रहेका योजना र समग्र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म ४३.१४ प्रतिशत योजनाको काम सम्पन्न भई खर्च भइसकेको छ भने अ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • ३३४ पटक पढिएको
  • सवारी दुर्घटनामा अम्मर भुजेलको निधन

    इटहरी । इटहरी कान्छीचोक निवासी तथा हाल इटहरी–२ तरहरास्थित इपिल्यान्ड नजिक बसोबास गर्दै आउनुभएका समाजिक ब्यक्तित्व ५२ वर्षीय अम्मर भुजेलको सवारी दुर्घटनामा निधन भएको छ।परिवारका अनुसार, उहाँ २० गते बेलुकी करिब ७: १५ बजे तरहरा होम्सबाट घर फर्किने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा हस्पिटल पुर्‍याउँदा धरान घोपा क्याम्प डक्टरले  मृत्यु भइसकेको बताएको थियो ।उहाँको पार्थिव शरीरको पोस्टमार्टम आज दिउँसो करिब १:३० बजे सम्पन्न गरिएको छ। त्यसपछि दिउँसो २ बजे शान्तिनगरबाट कान्छीचोकस्थित घरमा ल्याइने र करिब ४ बजे बुढीगंगा मुक्तिघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २३४ पटक पढिएको
  • कोशी प्रदेश सरकारको ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मार्फत उद्यमीलाई ८ अर्ब रुपैयाँ कर्जा प्रवाह योजना सुरु

    इटहरी । कोशी प्रदेशका साना तथा मझौला उद्यमीको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले उद्यमी सहयोग योजना कार्यान्वयनमा ल्याएको छ । ‘आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन’ ९उदय० परियोजना अन्तर्गत ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष र दुई ठुला वाणिज्य बैङ्कबिच सम्झौता भएको हो ।निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैङ्क र ग्लोबल आइएमई बैङ्कसँग द्विपक्षीय सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेको हो । यो सम्झौतासँगै अब धितोको अभाव वा मौजुदा धितोमा थप ऋण नपाएर व्यवसाय विस्ता

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १३९ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला अदालतले महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सन्तकुमार आङ्बुहाङलाई १८ वर्ष कैद र सात लाख रुपैयाँ जरिवानासहित दोषी ठहर

    इटहरी । ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै प्रतिवादीलाई कैद सजायसँगै सात लाख रुपियाँ जरिवाना हुने अदालतले शुक्रबार फैसला सुनाएको हो ।जिल्ला अदालतका निमित्त स्रेष्तेदार रमेश तामाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका–३ का सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई उक्त कैद सजाय र जरिवानाको फैसला भएको हो । आङ्बुहाङमाथि गत २०८१ माघ २ गते जबरजस्ती करणीको मुद्दा अदातलमा दर्ता भएको थियो ।मुलुकी फौजदारी संहिता २०७४ मा भएको बमोजिम उक्त कसुर अर्थात जबरजस्ती करणी ९बलात्कार० मुद्दामा दोषी देखिएपछि प्रतिवा

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २३५ पटक पढिएको
  • भद्रपुरमा उपमेयर राधा कार्कीको आगजनीबाट क्षतिग्रस्त घर भत्काउने क्रममा छतबाट लडेका एकजनाको मृत्यु, एक जना घाइते

    इटहरी। गत भदौमा भएको  जेनजी आन्दोलनका बेला आगजनीबाट क्षतिग्रस्त भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घर भत्काउने क्रममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।शुक्रबार दिउँसो भद्रपुर ६ संगम चोकमा रहेको उपमेयर कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा दुई जना छतबाट लडेर घाइते हुनुभएको थियो । घाइतेमध्ये भद्रपुर –५ राजन चोक बस्ने वर्ष ३४ ओपेन राजवंशीलाई ओमसाईमा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।सोही घटनाका अर्का घाइते

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १६१ पटक पढिएको
  • सुनसरीमा तीनमहिने लागुऔषध नियन्त्रण अभियान सुरु, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सुरक्षा र सरोकारवाला निकायहरूको समन्वय बैठक

    इटहरी। सुनसरीमा लागुऔषध नियन्त्रणका लागि तीनमहिने अभियान सुरु गरिएको छ। बढ्दो लागुऔषध कारोबार तथा सेवनलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरी अभियान थालिएको हो।सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायको समन्वय बैठकले लागुऔषध नियन्त्रणसम्बन्धी तीनमहिने अभियान सफल बनाउन जिल्लास्थित विद्यालय, शैक्षिक संस्था, कलेज तथा पुनस्र्थापना केन्द्रहरूले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बैठकले लागुऔषध ओसारपसार तथा सेवन नियन्त्रण गर्न गठित दुव्र्यसनविरुद

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १३६ पटक पढिएको
  • यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

    इटहरी । सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन्।प्रहरीका अनुसार, विराटनगरस्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र छैटौं तहका अधिकृतको दस्तखत किर्ते गरेका थिए। उक्त कार्यमा संलग्न रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा अन्य व्यक्तिहरूले राजस्व तिर्न दिएका सवारी दर्ता किताबहरूमा समेत स्वर्णकारले किर्ते गर्ने

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८७ पटक पढिएको
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान द्धारा स्वास्थ्य सेवा सुधारका लागि १३ बुँदे कार्ययोजना सार्वजनिक

    इटहरी ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन १३ बुँदे सुधार योजना अगाडि सारेको जनाएको छ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्रा।डा।विक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा रजिष्ट्रार, अस्पताल निर्देशकसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।प्रतिष्ठानले १० प्रतिशत निःशुल्क शैय्या सेवाको विवरण रियल–टाइम ड्यासबोर्ड मार्फत सार्वजनिक गरिने जनाएको छ। यसैगरी बिरामी प्रेषण राष्ट्रिय निर्देशि

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १६६ पटक पढिएको
  • इलामको सन्दकपुरमा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना

    इटहरी । इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि रेडपाण्डा महोत्सव शुरू भएको हो । सन्दकपुर गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।  महोत्सवमा पर्यटकले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर वार्षिक क्यालेण्डरअ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १२० पटक पढिएको
  • झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण स् ८५ हजार कुखुरा नष्ट

    इटहरी । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा। गङ्गाराम यादवका अनुसार बर्ड फ्लू ९एच ५एन १० को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा। यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ल

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]