समाचार

    Showing २,५४१-२,५५० of १३,३९० items.
  • पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा आठ जना कैदीमा नसर्ने रोग पुष्टि

    इटहरी । पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ ।नियमित स्वास्थ्य जाँचको पहुँचबाट टाढा रहने यस समूहमा गरिएको परीक्षणले ५७ जनामध्ये आठ जनामा स्वास्थ्य समस्या देखिएको हो । विश्व स्वास्थ्य दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालय पाँचथरले कारागार भित्रै पुगेर ‘प्रवर्धनात्मक स्क्रिनिङ शिविर’ सञ्चालन गरेको थियो ।कोशी प्रदेश सरकारले अघि सारेको ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अवधारणालाई व्यवहारमा उतार्दै गरिएको यस पहलले बन्दी जीवनमा पनि स्वास्थ्य सचेतनाको आवश्यकता औंल्याएको छ । स्वास्थ्य कार्यालय पाँचथरका

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १७५ पटक पढिएको
  • ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा

    इटहरी । ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छ । सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरू निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालनमा रहेका छन् ।हाल निमित्त प्रमुखको भरमा सञ्चालित कार्यालयहरूमा डिभिजन वन कार्यालय, मालपोत कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय रहेका छन् । त्यस्तै, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ ताप्लेजुङ निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालित छन् । यहाँका मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, स्वास्थ्य लगायतका अधिकांश कार्यालय लामो समयदेखि निमित्त कार्यालय प्रमुखको भरमा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १८२ पटक पढिएको
  • धरान मन्टेश्वरी एकेडेमीको २१औँ वार्षिकोत्सव तथा १९औँ दीक्षान्त समारोह सम्पन्न

    इटहरी । विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा सेवा पु¥याउँदै आएको धरान मन्टेश्वरी एकेडेमीले दुइ दिने आफ्नो २१ औँ वार्षिकोत्सव तथा १९ औँ दीक्षान्त समारोह मनाएको छ  । सोमबार र मंगलबार आयोजित वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा विद्यालयमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गरिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक दीपक अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। समारोहमा विद्यार्थीहरूले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । वार्षिकोत्सव तथा दीक्षान्त समारोहका अवसरमा कक्षागत उत्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २४३ पटक पढिएको
  • कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बुद्वारा निरन्तर अनुगमन तथा निरीक्षण

    इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले केही दिन यता निरन्तर रूपमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूका जिल्ला अस्पताल आयुर्वेद र अन्य स्वास्थ्य संस्थाहरूमा अनुगमन तथा निरीक्षण गरिरहनु भएको छ।यसै बीच मंगलबार संखुवासभा जिल्ला अस्पताल,जिल्ला आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री लिम्बुले यसै साता झापा, मोरङ , सुनसरी,  ईलाम , पाँचथर, ताप्लेजुङ , धनकुटा, भोजपुर , सोलुखुम्बु, आदि जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।मन्त्री लिम्बुले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १७१ पटक पढिएको
  • वाङ्गेबाट नहाह हुँदै धरान जोड्ने सडक योजनालाई सम्पन्न गराउन दबाव दिदै

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने कालोपत्रे सडक निर्माण कार्य यथाशिघ्र सम्पन्न गराउन नगर प्रमुख रमेश कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग, विराटनगर पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ  । सोमवार नगर प्रमुख कार्की स्थानिय जनप्रतिनिधिहरु, स्थानिय उपभोक्ताको  सहभागिता सहित संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग, विराटनगर पुगेर योजनालाई यथाशिघ्र सम्पन्न गराउन विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण सहित दबाव दिनुभएको हो । संघीय सरकारक

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ९६ पटक पढिएको
  • ग्रीन सिटीमा सम्पन्न श्रीमद्भागवत महापुराणको आयव्यय सार्वजनिक: २१ लाखभन्दा बढी आम्दानी

    इटहरी । सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथिभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथिभरा माताको मन्दिर व्यवस्थापन समिति द्वारा आयोजित श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक महायज्ञको समापन पछि आयोजित सार्वजनिक कार्यक्रममा आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको हो। कार्यक्रममा आर्थिक संयोजक रमेश घिमिरेले प्रस्तुत गरेको विवरण अनुसार नगद तर्फ १२ लाख ६७ हजार ७ सय २८ रुपैयाँ तथा जिन्सी (वस्तुगत सहयोग) तर्फ ८ लाख ७२ हजार ३ सय ३६ रुपैयाँ संकलन भएको छ । यसरी कुल आम

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २१५ पटक पढिएको
  • कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने

    इटहरी । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो ।वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा चैत २६ देखि २७ गते सम्म कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको कोशी प्रदेश भ्रमण वर्ष २०८२ का सह संयोजक भविश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले १२ नम्बर स्पर ९रिसोर्ट० मा चैत २५ गते महोत्सवको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।  महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्दै कला र

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २१३ पटक पढिएको
  • काँकडभिट्टामा यात्रु तानातान गर्ने २४ बिचौलिया प्रहरी नियन्त्रणमा

    इटहरी ।  पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताउनुभयो । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १७२ पटक पढिएको
  • धनकुटा सहिदभूमि–४ र सिधुवामा माटो परीक्षण शिविर, किसान उत्साहित

    इटहरी । सुन्तला उत्पादनमा समस्या देखिए पछि धनकुटाको सहिदभूमि गाउँपालिका–४, खोकुमा गाउँमै पुगेर माटो परीक्षण गरिएको छ । त्यस्तै, तरकारी बालीमा समस्या देखिन थालेपछी धनकुटाकै छथरजोरपाटी गाउँपालिका–६, सिधुवामा पुगेर माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । खोकु उत्कृष्ट रसिलो गुलियो सुन्तलाका लागि र सिधुवा क्षेत्र तरकारीका लागि राम्रो क्षेत्र हो । उत्पादनमा समस्या आए पनि परीक्षण केन्द्र नजिकै नहुँदा कृषकको लागि माटो परीक्षण असम्भवझैँ थियो । तर अहिले समस्याग्रस्त क्षेत्रमा पुगेर माटो परीक्षण शिविर सञ्चालन गरेपछि कृषक उत्साहित छन् । राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यान्वयन एकाइ ९तेह्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १६१ पटक पढिएको
  • कोशी प्रदेश सरकारले मुन्धुम पदमार्ग सहित ४ प्रमुख ट्रेलमा पर्यटन पूर्वाधार निर्माणलाई गति दियो

    इटहरी। कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकासलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई गति दिन थालेको छ ।‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना ९टीटीडीपी०’ मार्फत रणनीतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिएको हो । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा यो परियोजना सञ्चालन भइरहेको छ ।कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार यस परियोजनाअन्तर्गत अहिले चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम गरी चारवटा प्रमुख पदमार्ग निर्माण भइरहेका छन् । विशेषगरी मुन्धुम ट्रेललाई केन्द्रमा राखेर पदमार्गमा आधारित प

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]