समाचार

    Showing २,५३१-२,५४० of १३,३९० items.
  • सुन्दरहरैंचामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ तालिम सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी तीनदिने विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रत्येक वडाबाट दुई–दुई जना सहभागी भई रेडक्रस र स्काउटसहित संयुक्त अभ्यास गरिएको थियो । वडा नम्बर ८ स्थित भुल्के मन्दिर परिसरमा तीन दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन सत्र भने शिक्षा निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । तालिममा सहभागीहरूलाई सशस्त्र प्रहरी बल लक्क्षीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक हेमराज न्यौपानेले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७८ पटक पढिएको
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ। हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगज

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २०७ पटक पढिएको
  • सुनसरीमा एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा नक्कली परीक्षार्थी फेला परेकी छन्।  मिति २०८२ चैत २४ गते बिहान १०ः१५ बजे सामाजिक विषयको परीक्षा चलिरहेको समयमा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले अनियमितता फेला पारेको हो। अनुगमनका क्रममा जामिआ इस्लामिया विद्यालयकी छात्रा सलमा अजहर ९सिम्बल नम्बर ०१००९५२६–एक्स० को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो पक्राउ परेकी छन्। नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २४५ पटक पढिएको
  • बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    इटहरी । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले करीब एकवर्ष अघि आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाएकी थिईन् । शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २२७ पटक पढिएको
  • पथरी बजार क्षेत्रमा सडक बनाउन आफ्नो घर आफैँ भत्काउँदै

    इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत मोरङको पथरी बजार क्षेत्रमा छ लेनको सडक कायम गर्न सडकभित्र परेका घरटहरा घरधनी आफैँले हटाउन सुरु गरेका छन् । सडकको ५० मिटर क्षेत्रभित्र बजारका ८१ वटा घरटहरा पर्छन् । अधिकांश घरटहराको अधिकतम छ फिटसम्म सडक क्षेत्रमा परेको छ । २०७६ सालमा सडकको डिपिआर गर्दा पथरी बजार क्षेत्रलाई अर्धसहरी क्षेत्र मानेर सडक ३३ मिटर चौडाको बनाउने निर्णय भएको थियो । स्थानीय सङ्घर्ष समितिले पूर्ण सहरी मापदण्ड अनुसार सडक ५० मिटरको बनाउन माग गर्दै काम रोकेपछि आयोजना प्रमुख, नगरपालिका र स्थानीय उपभोक्ताबिच सडक ५० मिटर बनाउने आन्तरिक सहमति जुटेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख म

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २३३ पटक पढिएको
  • इटहरी गोल्डकप–२०८२ चैत ३० गतेदेखि सुरु हुँदै

    इटहरी / १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप–२०८२ यही चैत ३० गतेदेखि इटहरी रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ। विजेताले रु. १० लाख र उपविजेताले रु. ५ लाख पुरस्कार पाउनेछन्।राष्ट्रिय जागृति क्लबद्वारा आयोजना गरिने उक्त प्रतियोगिताले पूर्वी नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। 

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २६४ पटक पढिएको
  • रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने

    इटहरी ।  उदयपुरको प्राकृतिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने भएको छ ।  ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्धन’ भन्ने आदर्श वाक्यसहित रौता क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रव्यापी बनाउने उद्देश्यले पहिलोपल्ट महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनमार्फत आगामी २०८२ चैत २९ देखि २०८३ वैशाख ३ सम्म महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो । कोशी प्रदेश अन्तर्गत पर्ने उदयपुरको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतापोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहास

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७८ पटक पढिएको
  • प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन साढे चार हजार भक्तजनको दर्शन

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् । तीन हजार ७९४ को उचाइमा रहेको पाथीभरा मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्या बढिरहेको छ । विषेश गरी अहिले पाथीभराको सिजन भएका कारण पनि मन्दिर आउनुहुने भक्तजनको सङ्ख्या बढेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । रामनवमीको समयमा भक्तजन सङ्ख्या धेरै हुने गरे पनि यो वर्ष वर्षाका कारण प्रभाव परेको थियो । तर, अहिले मौसम सफा भए सँगै पाथीभरामा दर्शनार्थीको सङ्ख्या पनि बढेको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १४७ पटक पढिएको
  • पूर्वी नाकामा पर्यटक र बिरामी तानातान गर्ने कार्य बन्द

    इटहरी । नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा बिरामी यात्रीलाई तानातान गर्ने कार्य रोकिएको छ । भारतका विभिन्न स्थानबाट आँखाको उपचार तथा अन्य विभिन्न प्रयोजनका लागि आएका यात्रीलाई बसपार्क तथा बजार क्षेत्रमा तानातान गरी दुर्व्यवहार हुने गरेको गुनासोपछि प्रहरीले कडाइ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सीमा नाका काँकरभिट्टामा यात्रीलाई तानातान गरी दुःख दिने २४ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको छ । पुनः यस्तो कार्य दोहोर्‍याएमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।मेची भन्सार कार्यालय, बसपार्क तथा बजार

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९२ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घामा इलाका प्रशासन कार्यालय सञ्चालन अन्योलमा, कर्मचारी अभाव मुख्य कारण

    इटहरी। कर्मचारी व्यवस्थापन नहुँदा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल रहेको छ । सरकारले साढे तीन तीन महिना अघि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भए पनि हालसम्म कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय सञ्चालन अन्योल रहेको हो । सरकारले गत पुस ११ गते यहाँको सिरिजङ्घा गाउँपालिका प्रशासकीय केन्द्र रहेको तेल्लोकसहित देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसँगै सरकारले कार्यालय सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी पनि स्वीकृत गरेको थियो

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]