काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० कोशी प्रदेशका प्रवक्ता तथा मिडिया नेपालका प्रदेश अध्यक्ष विजयकुमार राउतले राजीनामा दिएका छन् । पार्टीको कार्यदिशा र मुख्य सिद्धान्तविपरीत उपसभामुख पदमा उम्मेदवारी दिएको भन्दै उनले बिहीबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन् ।आफ्ना मौलिक एजेन्डाहरू, संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासन तथा सांस्कृतिक पहिचानलाई स्थापित र सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा पार्टीको कार्यदिशा र निर्णय यी आधारभूत एजेन्डाविपरीत उन्मुख हुँदै गएको उनले बताएका छन् ।पार्टीप्रति आफ्नो समर्पण र योगदान हुँदाहुँदै पनि राष्ट्रहितल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विद्युतीय चुरोट ९भेप०मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्वसभामुख महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो । चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अ
इटहरी । सुनसरीको वराहक्षेत्र १० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ। विद्यालयमा रहेका भवन जीर्ण बन्दै गएपछि चार कोठे पक्की भवन बनाउन सुरु गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट भवन बनाउन सुरु गरिएको छ । पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिकाले लगाएर भवन बनाउन थालिएको विद्यालयका प्रधानध्यापक घनश्याम माझीले जानकारी दिनुभयो । उहाँका अनुसार चार कोठे भवन बनाउन ४० लाख ९७ हजार ८८६ रुपैयाँ ६५ पैसामा ठेक्का परेर श्री आवेश एण्ड आर्यन बिल्डर्स इनरुवा सुनसरीले काम सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल उरावका अनुसार भगवती
इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ । बुधबार साँझ वर्षासँगै तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।बुधबार साँझ सुरु भएको वर्षाको क्रम बिहीबार बिहानसम्म नै कायम रहेको थियो । निरन्तर वर्षासँगै पाथीभरा धाम परिसरमा सेताम्मे हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहीबार बिहानसम्म नै हिमपात भएको छ । पाथीभरामा सेताम्मे हिउँ परे पनि हिउँद यामजस्तो असहज नहुने महतले बताउनुभयो । हिमपात र वर्षाका कारण पदयात्रा गर्न साथै पाथीभरा माताको पूजा तथा दर्शन गर्नका लागि लाइनमा बस्नलाई केही असहज भए पनि अ
इटहरी । सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले संयुक्त रूपमा यस्तो सन्देश प्रवाह गरेका हुन् । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युत्को सदुपयोग गरौं’ भन्ने नाराका साथ निकालिएको प्रभातफेरीमा सहभागीहरूले सानो असावधानीले ठुलो मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएका थिए । कार्यक्रममा बोल्दै प्राधिकरणको विराटनगर वितरण
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२र०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल ४७ करोड ५२ लाख ८९ हजार ८६ रुपियाँ ९७ पैसा राजस्व सङ्कलन गरेको थियो। यस वर्ष भने आठ महिनामै अघिल्लो वर्षको कुल राजस्वभन्दा करिब तीन करोड रुपियाँ बढी राजस्व उठेको हो। मालपोत कार्यालय इनरुवाले विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम इनरुवा सहित रामधुनी, इटहरी र दुहवी क्षेत्रमा घरजग्गा कारोबार बढेकाले राजस्वमा वृद्धि भएको जनाएको छ। सूचना अधिकारी तथा मालपोत अधिकृत सन्तोष दर्जीका अनुसार चालु आर्थिक वर्षमा ५
इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन० का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुनेछ ।अध्यक्ष पोमूले जानकारी दिनुहुँदै सरकारी कार्यालयहरू प्रायः बिदाका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म यथावत रहनेछ । त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा समेत कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ । १४ चैतमा पक्राउ परेका ओलीलाई बिहीबार रिहा गरिएको हो। पक्राउ परेलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना भएका उनलाई प्रहरीले परिवारको जिम्मा लगाएर मुक्त गरेको जनाएको छ। यसैगरी, ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक पनि पक्राउ परेको १३ औँ दिनमा रिहा भएका छन्। लेखकलाई अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तसहित हिरासतबाट मुक्त गरिएको हो। यसले उनको रिहाइ पूर्ण स्वतन्त्रता नभई कानुनी निगरानीभित्र रहेको संकेत गर्दछ। नेपाल प्रहरीको नियन्त्रणमा रहेका लेखकलाई अन्ततः उनक
इटहरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएको अध्यक्ष साम्पाङले बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुख पदका लागि ११ बजेदेखि २ बजेसम्मको लागि समय तोकिएको छ। श्रम संस्कृतिसहित कांग्रेस, नेकपा र राप्रपाले पनि दाबी गर्दै आइरहेको छ। सत्तारुढ दल रास्वपाको झन्डै दुई तिहाइ बहुमत भएकाले जसले समर्थन गर्ने दलले नै जित्नेछ। रास्वपाले श्रम संस्कृति र राप्रपामध्ये एउटा दललाई सघाउने सम्भावना छ।
इटहरी । ताप्लेजुङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर मृत्यु भएको हो । बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा गुरुङ आफ्नै घरमा भर्याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्नु भएको थियो । लड्दा उहाँको टाउकोमा गहिरो चोट लागेको थियो । घटना लगत्तै परिवारले उहाँलाई उद्धार गरी करिब ४ बजे जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पुर्याउनुभएको थियो । उपचारको क्रममै बेलुका करिब ८ बजे उहाँको मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा सङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ। मृतकको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.