समाचार

    Showing २,५०१-२,५१० of १३,३९० items.
  • ‘स्व. गोद्रिलाल आङलाबाङ ढाडे स्मृति रनिङ कप’ भलिबल प्रतियोगिता चैत्र ३० गतेदेखि आयोजना हुने

    इटहरी । नयाँ वर्ष २०८३ को अवसर पारेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापस्थित धार्मिक तथा पर्यटकीय स्थल चाङलुङ गुफामा ‘स्व। गोद्रिलाल आङलाबाङ ढाडे स्मृति रनिङ कप’ भलिबल प्रतियोगिता चैत्र ३० गतेदेखि आयोजना हुने भएको छ। चाङलुङ गुफा मेलाबजार व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताले नयाँ वर्षको उत्साहसँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको समितिका अध्यक्ष शन्तकुबिर लिम्बुले बताउनुभयो। उहाँका अनुसार स्थानीय स्तरमा खेल गतिविधि बढाउँदै चाङलुङ गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। स्वर्गीय गोद्रिलाल आङलाबाङको सम्झ

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १३४ पटक पढिएको
  • आइतबार पनि अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

    इटहरी । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले आइतबारसमेत अस्पतालका बहिरङ्ग(ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा बिरामीलाई सेवा लिन कठिनाइ नहोस् भनेर सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू हुने भएको हो। यसै सन्दर्भमा मन्त्रालयले स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ कार्यविधि अघि बढाएको जनाएको छ। मन्त्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २२९ पटक पढिएको
  • विवाहित महिलालाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने

    इटहरी ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले विवाहित महिला (बुहारी) लाई कम्प्युटर तालिम दिने तयारी गरेको छ । नगरपालिकाभित्रका विवाहित महिला अर्थात् बुहारीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने तयारी गरिएको हो । फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार विवाहित महिलालाई कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विवाहित महिलालाई तीन महिने निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम दिने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । बुहारीको जिम्मेवारीमा पुगेको अर्थात् विवाहित महिलालाई कम्प्युटरको पहुँचमा पुर्‍याउने उद्देश्य राखेर कम्प्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५७ पटक पढिएको
  • इलाम नगरपालिकाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    इटहरी । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल म

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १३२ पटक पढिएको
  • ताप्लेजुङमा सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री गर्न सुरु

    इटहरी। ताप्लेजुङमा सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री गर्न सुरु भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा करिव तीन साता अघिदेखि नै सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो ।जिल्लामा चैत दोस्रो सातापछि सामुदायिक विद्यालयको पाठ्यपुस्तक आउन थालेको थियो । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले सामुदायिक विद्यालयको पाठ्यपुस्तक ल्याएर बिक्री गर्ने गरेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङ शाखाले ल्याएको पाठ्यपुस्तक अहिले धमाधम बिक्री सुरु भएको हो । महासङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार सामुदायिक विद्यायल

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २५२ पटक पढिएको
  • इलामको माईजोगमाई गाउँपालिकामा जंगली च्याउ खाँदा चार जना बिरामी

    इटहरी। इलामको माईजोगमाई गाउँपालिका –६ प्याङमा जंगली च्याउ खाँदा चार जना बिरामी पर्नुभएको छ । जंगलमा रहेको च्याउ ल्याएर पकाएर बुधबार खाँदा स्थानीय चार जना सिकिस्त बिरामी भएपछि झापाको कन्काई अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार जंगली च्याउ खाँदा बिरामी पर्नेमा माइजोगमाई गाउँपालिका –६ प्याङका ७० बर्षीय वाङगल शेर्पा, ५१ बर्षीय नाङडोमा शेर्पा, २७ बर्षीय पासाङलामु शेर्पा र ६ बर्षीय पेम्बा शेर्पा रहनु भएको छ । उपचाररत चार जनाकै स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १६४ पटक पढिएको
  • ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी । ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ। फुङलिङ नगरपालिकाको उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गल, प्रदेशस्तरीय खुल्ला मिक्स डबल, ज

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २१९ पटक पढिएको
  • कोशी प्रदेशमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु

    इटहरी । कोशी प्रदेशमा आर्थिक वर्ष ०८२÷८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ ।  स्वास्थ्य निर्देशनालय धनकुटा द्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरुले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी बनाउन निर्देशन दिनुभयो । उहाले जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै अस्पताललाई डिजिटल तथ्यांक प्रणालीमा आबद्ध हुन आग्रह समेत गर्नुभयो । त्य

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १८० पटक पढिएको
  • श्रममन्त्री साह बर्खास्त, रास्वपाको सिफारिसमा प्रधानमन्त्री शाहले गरे कारबाही

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २७० पटक पढिएको
  • दुई दिन बिदा दिने सङ्घको निर्णय खारेज गर्न माग

    इटहरी । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सांसद रेवतिरमण भण्डारीले सङ्घीय मन्त्रिपरिषद्ले गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई प्रदेशले हुबहु कार्यान्वयन गर्नुपर्ने जरुरी नभएको बताएका छन् । यस्तै बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णय पनि अव्यवहारिक रहेको भन्दै उनले आलोचना गरेका छन् । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भण्डारीले दुई दिन बिदा दिने निर्णय यसअघि पनि असफल भइसकेको दाबी गरे । उनले संवैधानिक र कानुनी व्यवस्था अनुसार सङ्घीय सरकारले निर्णय गर्ने बित्तिकै प्रदेशका कार्यालयहरूमा त्यो स्वतः लागू नहुने बताए । ‘सङ्घ र प्रदेश

    • प्रकाशित मितिः चैत २६, २०८२
    • ३१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]