इटहरी । झापाको धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा दुईदिने ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ नमुना संसद सफलतापूर्वक सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा संसदीय अभ्यास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले युवाहरूलाई संविधान, लोकतन्त्र र संसदीय प्रणालीप्रति जागरूक बनाउँदै नेतृत्व क्षमता निखार्न यस्ता व्यावहारिक अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो। विशेष मन्तव्यका क्रममा झापा जिल्ल
इटहरी । जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा नेवा सामुदायिक भवनमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमबारे गहन छलफल गरेको छ। संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष गोमामाया ढकालले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा भूमि चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले समाजमा सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले मानसिक त
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट बगेको पहिरोले घर तान्न थालेपछि स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूको परिवार पूर्ण रूपमा विस्थापित भएको हो। बस्तीको पुछारबाट निरन्तर पहिरो झरिरहेकाले फालेलुङ–५ लुङमादिनका ४२ मध्ये ३५ घरपरिवार उच्च जोखिममा रहेको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताउनुभयो।पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्
इटहरी । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कार्कीमाथिको अनुसन्धान भने रोकिएको छैन। आवश्यक परे पुनः बोलाएर सोधपुछ गरिने उनले बताए। विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको
इटहरी । करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाएको हो।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही
इटहरी । मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो।झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई आइतबार ९साउन ९० इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना साउन ६ गते बिहान करिब १०ः१५ बजे भएको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्
इटहरी । सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्। शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामति निवासी २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरू धारिलो हतियार बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका बेला स्थानीयले प्रहरीलाई
इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा पीभीएसटीएम ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । २५ जुलाई २०२६ मा प्रिमियर ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकर पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रस
इटहरी। सुनसरीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र बर्जुतालको संरक्षण र विकासका लागि सङ्घीय सरकारले काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा रहेको बर्जुताल भ्रमण अवलोकनका क्रममा मन्त्री पौडेलले तालको संरक्षण, विकास तथा पर्यटकीय प्रवर्धन सरकारको प्राथमिकतामा रहने बताउनुभयो । उहाँले तालको विकासमा स्थानीय र प्रदेश सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यहाँको वन, संरचना र अन्य पर्यटन विकासका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो व्रmममा सुनसरी निर्वाचन क्षेत्र नं। ३ का सांसद अशोक चौधरीले ताल
इटहरी । इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।माइजोगमाई गाउँपालिका वडा नं।६ र वडा नं।२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल हुनु भएको हो । आइतबार बिहानै चरा तथा वन्यजन्तुको खोजी गर्ने क्रममा उक्त भालु भेटिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.