समाचार

    Showing २,४६१-२,४७० of १३,३९० items.
  • नयाँ वर्षको पहिलो सूर्योदय

    इटहरी। आज (मङ्गलबार)देखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिनसमेत हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। नयाँ वर्षको दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता हासिल गर्न नयाँ योजना निर्माण तथा सङ्कल्प गर्ने परम्परा रहेको छ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १५० पटक पढिएको
  • प्रदेशमा आकस्मिक सेवा केन्द्र विस्तारलाई तीव्रता: मन्त्री इन्द्रमणि पराजुली

    झापा/ कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गरिने योजना अगाडि बढाइएको छ। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा गरी हालसम्म ५ स्थानमा स्थापना प्रक्रिया अघि बढिसकेको छ भने सुनसरीमा स्थापना हुने सेवा केन्द्र भने अझै अन्योलमा परेको छ।स्वीस सरकार तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा स्थानीय तहहरूको २० प्रतिशत लागत निर्माण सहकार्यमा यी सेवा केन्द्रहरू स्थापना गरिनेछन्। प्रत्येक केन्द्रमा कम्तीमा ३ वटा वारूण यन्त्र (दमकल), शववाहन, उद्धारका सामग्री तथा ‘वाटर बोट’ लगायतका आवश्यक उपकरणहरू उपलब्ध गराइने जनाइएक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २५९ पटक पढिएको
  • गुणस्तरीय शिक्षाको यात्रामा अर्को सुनौलो अध्याय ः हिमालय इङ्ग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड २०२६’ बाट गौरवान्वित

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलले शिक्षा क्षेत्रमा पु¥याउँदै आएको निरन्तर योगदान, मेहनत र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको कदरस्वरूप ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्त गरेको छ । यो सम्मानले विद्यालयले वर्षौंदेखि निर्माण गर्दै आएको शैक्षिक पहिचान र विश्वासलाई अझ सशक्त बनाएको छ । काठमाडौँको सिनामंगलस्थित बेष्ट वेस्टन प्लस होटलमा सम्पन्न समारोहमा ‘शिक्षा उत्कृष्टता अवार्ड २०२६’ अन्तर्गत हिमालय इङ्ग्लिस स्कुललाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रम एजुकेशन दैनिक र एक्जिटो एजुकेशन लगायतका संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो, जसमा देशभरका विभिन्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १७७ पटक पढिएको
  • भोजपुरको चखेवामा लोकल रक्सि खाएर रैथाने खाना महोत्सव’ सुरू

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ को उद्घाटन गरिएको छ । सोमबारदेखि भोजपुरको चखेवा क्षेत्रमा स्थानीय रैथाने परिकार, कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाका प्रदेश सभा सांसद तथा जिल्ला अर्थ समिति संयोजक विनोद वान्तावाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवमा रैथाने खानेकुराका २० वटा तथा कृषिसम्बन्धी विभिन्न स्टलहरू रहेका छन्। यस अवधिमा खानपानमा मात्र सीमित नभई स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न पर्य

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २५९ पटक पढिएको
  • महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दो, कानुनी कारबाही र न्याय प्रक्रिया सुस्त

    इटहरी। महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटनाको तुलनामा कानुनी कारबाही र न्याय प्राप्तिको प्रक्रिया सुस्त देखिएको भन्दै त्यस क्षेत्रमा क्रियाशील सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रहरी र महिला हिंसाको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा देशभर २१ हजार ६६७ वटा हिंसाका घटना दर्ता भएकोमा १७ हजार ४४२ वटा उजुरी घरेलु हिंसाका मात्र छन् । नेपालमा दैनिक औसत सातवटा जबरजस्ती करणीका घटना भएका छन् । वर्षभरिमा २ हजार २५३ वटा करणीका घटना दर्ता भएको छ ।हजारौँको संख्यामा उजुरी परे पनि ती उजुरीहरू मुद्दाका रूपमा दर्ता हुने प्रक्रिया अत्यन्त न्यू

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९१ पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिकामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका ९, राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान करिब ९ः३० बजे त्रियुगा नगरपालिका(९, झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स। १० प। ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा। ५ ख। ६१७ नम्बरको टिप्परले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा नं। ९ डाँडाटोल बस्ने ३५ वर्षीय हरी दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा बिहान ९ः५० बजे अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उद

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १६२ पटक पढिएको
  • धनकुटाका आठपहरियाको बिसु पर्व धुमधामसँग सुरु

    इटहरी ।  धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् वैशाखे चाड मनाइरहेका छन्। नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।आठ दिनसम्म मनाइने यस चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो तथा प्रमुख पर्वका रूपमा विशेष धुमधामका साथ मनाउने गर्छन्। तर यस वर्ष तिथिमा भएको घटबढका कारण चाड चैत महिनामै परेको हो। बिसु चाड रामनवमी पछिको दोस्रो सोमबारबाट सुरु भई आठ दिनसम्म अर्थात् तेस्रो सोमबारसम्म मनाउने गरिएको किरात आठपहरिया समाजका केन्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २४९ पटक पढिएको
  • कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक द्धारा ताप्लेजुङस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षण

    इटहरी । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले ताप्लेजुङस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको छ ।ताप्लेजुङको भ्रमणमा आउनुभएका मन्त्री पाठकले सोमबार कार्यालयको निरीक्षण गर्नुभएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निरीक्षण गर्नुहुँदै मन्त्री पाठकले कार्यालयमार्फत कार्यान्वयनमा रहेका योजना तथा कार्यसम्पादनबारे जानकारी लिनुभएको छ । मन्त्री पाठकले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गर्दैआएको योजना कार्यान्वयनको अवस्थासँगै कार्यालयबाट प्रवाह हुने अन्य सेवा र कार्यसम्पादनबारे जानकारी लिनुभएको डिभिजन प्रमुख विशाल पोख्रेलले जा

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ३०९ पटक पढिएको
  • प्रजनन रुग्णता सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ७७ जनाको स्कृनिङ

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय ७७ जनाको स्कृनिङ भएको छ । जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा भएको सो शिविर चैत्र २४ गतेदेखि ४ सम्म सञ्चालन गरिएको हो । पथरी शनिश्चरे वडा नं. ६, ७ र १० वडाको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिलाहरुमा गुप्त रोगहरु निदान भई उचित परामर्श, उपचार तथा जटिल प्रकारका समस्याहरूको सही व्यवस्थापन गरी शल्यक्रियाको लागि सवन्धित अस्पतालहरुमा निःशुल्क अपरेसन गर्ने ब्यवस्थापन मिलाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन गरिएको उक्त शिव

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९५ पटक पढिएको
  • ए के मन्टेश्वरी स्कुलमा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । सुनसरीको बराहक्षेत्रमा रहेको ए के मन्टेश्वरी स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस  मनाएको छ । आइतबार जनहित क्लब बराहक्षेत्र ६ को सभा हलमा आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवसमा मन्टेश्वरीका संस्थापक टेक बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा बराह मन्टेश्वरी एकेडेमीका फाउण्डर हरिन्द्र कुमार राई रहनु भएको थियो । कार्यक्रममा पूर्व बाल विकास समूहबाट कक्षा १ मा प्रवेश गर्ने विद्यार्थीहरूको मनोवैज्ञानिक विकास, व्यवहारिक ज्ञान तथा समग्र शैक्षिक प्रगति अभिवृद्धि गर्ने उद्देश्यसहित यू.के.जी. का विद्यार्थीहरूको दीक्षान्त तथा सम्मान समारोह पनि सम्पन्न गरिएको विद

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]