समाचार

    Showing २,४३१-२,४४० of १३,३९० items.
  • ठाडाराई अधिकारी सेवा समाजले बैशाख ५ गते देखि ९ दिने महापुराण आयोजना गर्ने

    इटहरी । ठाडाराई अधिकारी सेवा समाजले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि  पुराण आयोजना गर्ने भएको छ । झापाको सुरुङ्गा कोटीहवन स्थित समाजको आफ्नै भवनमा आगामी  बैशाख ५ गतेदेखि  १३ गते सम्म ९ दिने नारद महापुराण महायज्ञ  हुन लागेको हो । देश विदेशमा छरिएर रहेका सम्पूर्ण ठाडाराई अधिकारी बन्धुहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी भेटघाट गराउने र बंशावली खोज अनुसन्धान गर्ने उद्देश्यले २०५० सालमा डम्बर बहादुर अधिकारीको नेतृत्वमा बंशावली खोजबिन समिति नामको संस्था दर्ता गरी २ वर्ष लगातार पुराण लगाइयो ।  विविध कारणले यसलाई निरन्तरता दिन सकिएन । २०६७ साल फाल्गुण ८ गते पुनः

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २३४ पटक पढिएको
  • पुलमुनि नवजात शिशुको शव फेला, एक जना नियन्त्रणमा

    इटहरी । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए राति नवजात शिशु (छोरा) को शव फेला परेको हो । घटनाको बारेमा स्थानीयले जानकारी गराए लगतै प्रहरी चौकी धरमपुरको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १८२ पटक पढिएको
  • विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर प्रयोगमा नआई जीर्ण बन्दै

    इटहरी ।  कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ। विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर निर्माण गरिएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण अवस्थामा पुगेको हो। नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न गरिएको यस सेन्टरमा २२ वटा ठूला आवास हलसहित ५९ वटा भवन संरचनाहरू छन्। ती संरचनामा संक्रमितका लागि बेड, १५ वटा किचन हाउस तथा २२ वटा शौचालय र बाथरुम निर्माण गरिएका थिए। तर, निर्माण सम्

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २३१ पटक पढिएको
  • नवौँ चौँरी पर्यटन महोत्सव सम्पन्न

    इटहरी । फालेलुङ गाउँपालिका–४ स्थित चाररातेको उच्च हिमाली चौरमा आयोजित नवौँ चौँरी पर्यटन महोत्सव बुधबार सकिएको छ । चैत ३० गते सुरु भएको महोत्सवमा चौँरी हेर्न यस वर्ष गत वर्षभन्दा दोब्बर बढी पर्यटक आएका थिए । समुद्री सतहदेखि करिब तीन हजार ४५० मिटर उचाइमा अवस्थित यस क्षेत्रमा आयोजना गरिएको नवौँ चौँरी पर्यटन महोत्सवको मुख्य दिन अर्थात् वैशाख १ गते मौसम प्रतिकूल भए पनि नेपाल, भुटान र भारतसहित विभिन्न मुलुकबाट आएका १० हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ । यस वर्ष नेपालका बुटवल, हेटौँडा, पोखरा, काठमाडौँ र धरानसम्मका मोटरसाइकलचालकसँगै चारचक्के साधन प्रयोग गरेर पर

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १६८ पटक पढिएको
  • पर्फेक्ट एकेडेमीको शैक्षिक फड्को : योगासन, प्राणायाम, ध्यान र उत्कृष्ट नतिजासँगै अब कक्षा ९ सञ्चालन हुने

    इटहरी । सुनसरीको इटहरी–९ मा अवस्थित पर्फेक्ट एकेडेमीले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्दै नयाँ उचाइ चुम्न सफल भएको छ। वि.सं. २०७१ सालमा स्थापना भएको यस विद्यालयले हालसम्म कक्षा ८ सम्म अध्यापन गराउँदै आएकोमा २०८३ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।अभिभावकहरूको बढ्दो विश्वास र मागलाई मध्यनजर गर्दै विद्यालयले माथिल्लो कक्षा सञ्चालनको तयारी थालेको हो। विद्यालयले परम्परागत शिक्षासँगै योग, प्राणायाम र ध्यानलाई विशेष प्राथमिकता दिँदै आएको छ। मान्यता प्राप्त प्रशिक्षकहरूबाट दैनिक रूपमा योग तथा प्राणायाम गराइने व्यवस्था मिलाइएकाले विद्यार्थी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १,४४७ पटक पढिएको
  • १४४ रोपनीमा फैलिएको व्यावसायिक खेती बोटमै कुहियो, प्राविधिक सहयोग नपाएको किसानको गुनासो

    इटहरी । भोजपुरको अरुण गाउँपालिका रानीटारका किसानहरू यतिबेला गहिरो चिन्तामा छन् । व्यावसायिक बेमौसमी अकबरे खुर्सानी खेतीबाट आर्थिक समृद्धि खोजिरहेका यहाँका किसानको बगानमा अज्ञात रोग र किराको प्रकोप देखिएपछि लाखौँको लगानी जोखिममा परेको छ । १४४ रोपनी क्षेत्रफलमा फैलिएको खुर्सानी बोटमै कुहिन थालेपछि किसानहरूले ठुलो क्षति बेहोर्नुपरेको छ । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ६, रानीटार । जहाँका किसानले परम्परागत खेतीलाई थाती राखेर व्यावसायिक बेमौसमी अकबरे खुर्सानी खेतीमा भविष्य खोजेका थिए । तर, अहिले तिनै किसानका बारीमा खुर्सानीका बोटहरू रोगले ग्रस्त छन् । फल लाग्ने र बजार पठाउने बेलामा डढुवा लाग्ने

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • २२६ पटक पढिएको
  • जेनजी आन्दोलनमा ध्वस्त विराटनगरको ट्राफिक लाइट मर्मतमा २२ लाखभन्दा बढी लाग्ने

    इटहरी । जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट ध्वस्त बनेका विराटनगरको बजार क्षेत्रका  ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याउन २२ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ। विराटनगर महानगरपालिकाले यसअघि करिब ७७ लाख रुपैयाँ खर्चेर सहरका पाँच स्थानमा आधुनिक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको थियो। भदौ २४ गते भएको प्रदर्शनका क्रममा ती सबै लाइटमा क्षति पुगेपछि हाल मेनरोड र कोशी राजमार्ग आसपासका ती स्थानमा ट्राफिक लाइट सेवा पूर्ण रूपमा अवरूद्ध छ।महानगरपालिकाका अनुसार तोडफोडबाट करिब २२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। लाइटसँग सम्बन्धित उपकरणहरू नष्ट हुँदा प्रणाली नै बन्द अवस्थामा पुगेक

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • २१७ पटक पढिएको
  • मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

    इटहरी । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो।मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १९५ पटक पढिएको
  • ट्रेल रेसमा नारद पहिलो

    इटहरी । पर्यटन प्रवर्दनका लागि नयाँ वर्षको पहिलो दिन सखुवासभाको सिलिचोङमा भएको सिलिचोङ ट्रेल रेसमा चिचिलाका नारद राई पहिलो भएका छन् । उनले ४२.२ किलोमिटर दुरी ६ घण्टा २६ मिनेटमा पूरा गरेका हुन् । यस्तै, सिलिचोङका प्रसान राईले ६ घण्टा २७ मिनेटमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । तेस्रो स्थानमा भोजपुरका बिजयबहादुर तामाङ रहे । उनले सो दुरी ६ घण्टा ३७ मिनेटमा पार गरेका हुन् । सिलिचोङ गाउँ खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सिन्धुली, खोटाङ, उदयपुर, भोजपुर र संखुवासभा जिल्लाका समेत ४७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । खाँदबारीको टुडिखेलबाट शुरू भई सिलिचोङ गाउपालिकाको ताम्कुसम्म

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १४१ पटक पढिएको
  • १३ घण्टा छापा मारेपछि दीपक भट्टको घर सिल, १० वटा विलासी गाडी नियन्त्रणमा

    इटहरी । लामो समयदेखि सत्ता र शक्तिको आडमा नीतिगत भ्रष्टाचार र सेटिङको जालो फैलाउँदै आएका विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टको ‘साम्राज्य’ माथि राज्यले अपरेसन सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण विभागले मंगलबार भट्टको घर र कार्यालयमा १३ घण्टा खोजतलास गरेको हो । मंगलबार बिहानैबाट विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको घरमा समेत छापा मारेको छ । खोजतलासपछि भट्टको घर र कार्यालय दुवै सिल गरिएको छ। बिहानैदेखि चलेको छापा मार्ने क्रम राति अबेरसम्म चलेको थियो। विभागले भट्टको निवासबाट झन्डै १० वटा महंगा विलासी गाडीहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]