इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट दिएको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधवार राति २०ः१० बजेतिर प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ वर्षीय बहिस मियाँलाई पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा एक हजार दरका नक्कली नोट २८ थान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीले मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
इटहरी । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका(२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन् । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ । तोडफोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० को लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानको उक्त पुल ४६ मिटर लामो र छ मिटर चौडा छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडा पैदल मार्गसमेत निर्माण गरिएको हो । पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिका क्षेत्रका सर्वसाधरण लाभान्वित भएका छन् । कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा जोखिमपूर्ण थियो । यो पुलले हतुवागढी गाउँपालिका वडा नम्बर २ रानीबास र रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङलाई जोडेको छ ।
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा सडन डेथमा ५–४ गोल अन्तरले सिरिजङ्घा गाउँपालिकालाई पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो । सुरुवाती अग्रता सिदिङ्वाले लिएपछि निर्धारित समयावधिमा दुवै टोलीले बराबरी दुई–दुई गोल भएर खेल समाप्त भएको थियो । सिदिङ्वाका तर्फबाट दुवै गोल विवेक सुनामले गर्नुभएको थियो भने सिरिजङ्घाका तर्फबाट हप्पु लिम्बूले पहिलो र भाइचुङ शेर्पाले दोस्रो गोल गर्नुभएको थियो । यसरी दुवै टोलीबाट दुई–दुई बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो
इटहरी । धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरुपामा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरुपमा जलेर नष्ट भएको हो । स्थानीय लोक बहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँएर टिन ढुङ्गा माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगो धनकुटा नगरपालिकाको दुईवटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाए
इटहरी । इलाम क्षेत्र नं। २ मा चुनावी गतिविधि निकै बढेको छ । चुनावी मैदानमा रहेका यस क्षेत्रका १४ जना उम्मेदवार आआफ्नै ढङ्गले मतदाताको घर घर पुगिरहेका छन् । संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नं। २ मा पछिल्लो समय सुहाङ नेम्वाङको लोकप्रियता बढेको छ । २०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर विजयी भएका सुहाङ अबको निर्वाचनमा पनि यही क्षेत्रमा नेकपा (एमालेर्) बाट उम्मेदवार बन्नुभएको छ । नम्र स्वभाव, मिलनसार र शालीन व्यक्तित्वका सुहाङलाई यहाँका मतदाताले प्रिय मान्दै आएका छन् । उहाँ आफ्नो १६ महिनाको संसदीय अभ्यासमा आफूले गरेका काम र
इटहरी । पूर्वाञ्चल इन्जिनियरिङ् क्याम्पस धरानमा सिभिल इन्जिनियरिङ्मा अध्ययनरत विद्यार्थीहरुको टेक फेस्ट हुने भएको छ । यही माघ २३ गतेदेखि तीन दिनसम्म टेक फेस्ट चल्नेछ । टेक फेस्टमा विद्यार्थीहरुले अध्ययन गरेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रस्तुत गर्नेछन् । जसमा अटोकेड (ड्रइङ् तथा डिजाइन सफटवेयर), इट्याब्स (संरचनात्मक विश्लेषण तथा डिजाइन सफ्टवेयर), सर्वेक्षण, फाइला गनेर दुरी मापन गर्ने विधि, कागजको पुल निर्माण, आइसक्रिम स्टिक (पप्सिकल स्टिक) प्रयोग गरि पुल निर्माणलगायतका कार्यको अभ्यास कार्य गरेर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ। तीनदिने कार्यक्रममा २०० भन्दा बढी
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नक्सा पास गराएर मात्र घर बनाउन पाइने भएको छ । पालिकाले विकास निर्माण मापदण्ड २०८२ जारी गर्दै घर संरचना निर्माण गर्दा नक्सा पास अनिवार्य गरेको हो । पालिकाभित्र पक्की तथा कच्ची दुबै प्रकृतिका घर निर्माण गर्न नक्सापास अनिवार्य गरिएको गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । भूक्षय तथा बाढी पहिरोको जोखिमबाट बच्ने उपायस्वरुप मापदण्ड जारी गर्दै घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष वनेमले बताउनुभयो । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार नयाँ संरचना अर्थात घर निर्माणसँगै
इटहरी । पुर्वी मोरङ्गको पथरी शनिश्चरे वडा नं ३मा रहेको प्यागोडा मोडेल इङ्गलिस बोर्डिङ स्कुलले शैक्षिक सत्र –२०८२ मा ४ जीपीए ग्रेड ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहका बीच तेस्रो त्रैमासिक परीक्षामा चार जि. पी. ए. ग्रेड प्राप्त गर्ने २३ जनालाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । पहिलो त्रैमासिक परीक्षामा १३ जना र दोस्रो त्रैमासिक परीक्षामा १८ जनालाई पनि यसअघि नै चेक मार्फत पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक इन्द्र गौतमले जानकारी दिनुभयो । सोहि समारोहमा कक्षा नर्सरीदेखि १० सम्मका जेहन्दार विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । वि
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल, फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक सहयोगमा सम्पन्न तालिममा ज्यामिरे, कोलबोटे र गुर्दुम डाँडाका स्थानीय गरि २५ देखि ३० जना महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको थियो । स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ । तालिममा सहभागी वडा सदस्य टंक राईले सिकेको सीपलाई व्यक्तिगत सीमाभन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.