समाचार

    Showing २,४०१-२,४१० of १३,३९० items.
  • बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना

    इटहरी । सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीस्थित उद्योगमा छापा मारेर नमुना संकलन गरेको थियो । प्रयोगशालामा गरिएको परीक्षणले बिस्कुटमा बाह्य वस्तु मिसिएको पुष्टि गरेपछि उद्योगमाथि कडा कारबाही गरिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर प्रमाणित भएपछि जरि

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १७१ पटक पढिएको
  • मोरङको रंगेलीमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    इटहरी । मोरङको रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दिउँसो करिब १३स्०२ बजे मे ४ प ९०१२ नम्बरको मोटरसाइकल र बीआर ३८ टी ०२८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मे ४ प ९०१२ नम्बरका चालक गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तत्काल इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी नायब निरीक्षक राज कुमार भुजेलको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उपचारकै क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नामथर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको उमेर अन्दाजी २५ देखि

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १९१ पटक पढिएको
  • सिदिङ्वाका महिलालाई ढाका कपडा बुनाई तालिम प्रदान

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ । व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुर, झापाको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको समन्वय र साझेदारीमा सो तालिम सम्पन्न भएको हो । गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख पुष्पकला वाग्लेका अनुसार पालिकाका विभिन्न वडाका १५ जना महिलालाई ६५ दिने आधारभूत ढाका बुनाई सम्बन्धी सीप सिकाइएको छ । तालिमका लागि आवेदन दिएका इच्छुक महिलाहरूलाई छनोट गरी प्रशिक्षणमा सहभागी गराइएको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो । गत शुक्रबार सम्पन्न सो तालिममा सहभागीहरूलाई व्यावसायिक सीप विकास तालिम केन्द्

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • २३२ पटक पढिएको
  • विराटनगरबाट धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ

    इटहरी ।  धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले सिंगापुरका नागरिकहरुलाई केही बेरअघि नियन्त्रणमा लिएको हो । शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १२२ पटक पढिएको
  • सार्वजनिक सवारी साधनमा यात्रुमाथि दुर्व्यवहार

    इटहरी । झापाको दमक र आसपासको क्षेत्रमा सार्वजनिक यातायातका साधनमा कर्मचारीको अभद्र व्यवहार तथा मनपरी नियन्त्रणमा आउन सकेको छैन । छोटो दूरीका यात्रुलाई बसमा नचढाउने, लामो दूरीका यात्रु तानातान गर्ने र अभद्र व्यवहार गर्ने जस्ता घटना निरन्तर भइरहेका छन् । शनिबार बिहान ९स्३० बजे कमल गाउँपालिका–५, पाडाजुङ्गी चोक स्थित पूर्व–पश्चिम लोकमार्ग मा भएको सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । काँकरभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे। १ ख। ३०६८ नम्बरको यात्रुबाहक बसले टाढाको यात्रुलाई तानेर हाले पनि दमकका यात्रुलाई पनि धकेल्दै चढाउन नमान्दा दुर्घटना भएको छ । सहचालकले नज

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १७० पटक पढिएको
  • इलाममा चितुवाको आक्रमणबाट २ जना घाइते

    इटहरी । इलामको सन्दकपुर गाउँपालिका(१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएक छन्। चितुवाको आक्रमणबाट आलुबारीका ४२ वर्षीय धनबहादुर राई र ४० वर्षीय प्रेम राई घाइते हुनुभएको हो । आज बिहान ११ बजे चितुवाले आक्रमण गर्दा दुबै जनाको अनुहार र टाउकोमा चोट गालेको छ ।घाइतेलाई उपचारका लागि इलाम अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिले उक्त क्षेत्रमा बन्दुके प्रहरी चौकीबाट प्रहरी खटाइएको छ । चितुवा नजिकैको जङ्गलको ओडारमा बसिरहेको प्रहरीले जनाएको छ ।  डिभिजन वन कार्यालयका कर्मचारी उक्त स्थानमा जाँदै गरेको जनाइएको छ । केहि दिन यता इलामका विभिन्न स्थानमा चितुवाले घरपाल

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ११३ पटक पढिएको
  • भद्रपुरमा जङ्गली हात्तीको आक्रमण ः १० कट्ठा मकैबाली नष्ट, करिब एक लाखको क्षति

    इटहरी  । झापाको भद्रपुरमा जङ्गली हात्तीले स्थानीय किसानहरूको मकैबालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राती भद्रपुर नगरपालिका–३, रङ्गेडाँडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जङ्गली हात्तीले वडा नं। ४ का स्थानीय हीरालाल राईले लगायतका किसानले लगाएको मकैबाली नष्ट पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार राईले लगाएको करिब १० कट्ठा जमिनमा लगाइएको मकैबाली हात्तीले खाएर तथा कुल्चिएर नष्ट गरेको छ । यसबाट करिब एक लाख रुपियाँ बराबरको क्षति भएको पाइएको खड्काले जानकारी दिनुभयो ।  अन्य आसपासका किसानहरूको पनि मकैबाली ह

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १४५ पटक पढिएको
  • हतुवागढीमा “सयवृक्ष” रुखको अध्ययनका लागि स्थलगत अवलोकन

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको “सयवृक्ष” रुखको अध्ययनका लागि स्थलगत अवलोकन गरिएको छ । गाउँपालिकाको पहलमा वन मन्त्रालय अन्तर्गत वनस्पति विभागबाट खटिएको वनस्पति विज्ञसहितको टोलीले शुक्रबार उक्त स्थानमा पुगेर अवलोकन गर्नुका साथै आवश्यक नमुना संकलन गरेको हो । अवलोकनको क्रममा रुखको वैज्ञानिक नाम र उमेर पत्ता लगाउने उद्देश्यले काठको नमुना लगायत आवश्यक सामग्री संकलन गरिएको छ । संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि विस्तृत जानकारी सार्वजनिक गरिने राष्ट्रिय हार्वेरियम तथा  वनस्पति प्रयोगशालाका अनुसन्धान अधिकृत तिर्थराज पाण्डेले जानकारी दिनुभयो । गा

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • २७३ पटक पढिएको
  • निष्पक्ष र पारदर्शी पत्रकारितामा जोड दिन राज्यमन्त्री चेम्जोङको आग्रह

    इटहरी ।  कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितामा जोड दिँदै भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ। मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपाल, उर्लाबारीको २२औँ वार्षिक साधारणसभाको उद्घाटन तथा पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेसमाथि अंकुश लागे निरंकुशता जन्मने उहाँले बताउनुभयो। संविधानले दिएको अधिकारलाई स्थापित गर्न समानुपातिक र समावेशी व्यवस्थालाई अझ सुदृढ बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो। स्वतन्त्र प्रेसले मात

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १६५ पटक पढिएको
  • फाल्गुनन्द अध्यक्ष कपःउपाधिका लागि आज आयोजक र झापा भिड्दै

    इटहरी ।  पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा दिउँसो १ बजे हुने फाइनलमा उपाधिका लागि आयोजक तिजोक युवा क्लब नवमीडाँडा र नवकिरण स्पोर्टिङ क्लब झापा आमनेसामने हुनेछन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक तिजोक युवा क्लबले भारतको केएफसी सिलगुढीलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा नवकिरण स्पोर्टिङ क्लब झापाले हलिबोध फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगिताको विजेता टोलीले नगद रु। २

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]