इटहरी । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको बास्कोटाको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा शनिबार राति ९ः१० बजे मृत्यु भएको हो । माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र।१–०१–०१८ प। १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । स्कुटर चालक इलाम, माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई
इटहरी । ताप्लेजुङमा करिव एक हजार तीन सय किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप दिइने भएको छ । यही माघ २८ देखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको हो । खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप अधिकृत दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार १० देखि १४ वर्ष उमेर समूहका विद्यालयमा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेकालाई समेत खोप अभियानमा समावेश गरिने छ । ताप्लेजुङमा अघिल्लो वर्षको अभियानमा दुई जना मात्र किशोरी खोप लगाउनबाट छुटेका थिए । एचपीभी खोप अभियानका लागि ताप्लेज
इटहरी । निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं। ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलगायतका उम्मेदवारको चुनावी अभियान तीव्र भएसँगै यहाँको सुरक्षाव्यवस्थालाई थप कडाइ गरिएको हो । यसै व्रmममा दमक नगरपालिकामा सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन प्रहरीले ‘डग स्निफिङ’ सहित सघन चेकजाँच अभियान
इटहरी । ताप्लेजुङमा जारी जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले अग्रता लिएको छ । शनिबारसम्ममा विभिन्न विधामा १७ वटा स्वर्ण पदक जित्दै प्रतियोगितामा मैवाखोलाले अग्रता बनाएको हो । जिल्लाका नौ स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा अग्रता लिएको मैवाखोलाले शनिबारसम्ममा विभिन्न खेल विधामा १७ स्वर्ण, पाँच रजत र सात कास्य गरी २९ वटा पदक जितिसकेको छ । हालसम्म फुङ्लिङ नगरपालिका चार स्वर्ण, छ रजत र ११ वटा कास्यसहित २१ पदकमा जित निकाल्दै दोस्रो स्थानमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसा
इटहरी। २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँले न्युरोड टिम ९एनआरटी० लाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । धरान रङ्गशालामा शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले ४३औँ मिनेटमा केबेले गोल गर्दै टोलीलाई अग्रता दिनुभएको थियो । दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको प्लानिङ ब्वाइज युनाइटेडले ८६औँ मिनेटमा श्याम मुरमुरको गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेको हो । खेलमा प्लानिङ ब्वाइज युनाइटेडका गोलरक्षक योगेश धिमाल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले १० हज
इटहरी। खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।खोटाङको बराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो । अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्गा, बराहपोखरी र खो
इटहरी । मोरङको केराबारी गाउँपालिकामा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको नागरिक आरोग्य केन्द्र कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष सुमन मेरिन्चिङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उहाँले नागरिकको जीवनशैली सुधार र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि आरोग्य केन्द्र महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगर, प्रवक्ता नारायण भुजेल, मोरङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा। राम अभूत चौधरीको विशेष उपस्थिति रहेको थियो। डा। चौधरीले आयुर्वेद, योग र प्राकृतिक उपचार विधिबाट द
इटहरी । भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण गरिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ । पोखरीको बिचमा रहेको खम्बा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको थियो । बाह्रै महिना पानी आउने पाँच मुह
इटहरी । निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक–कर्मचारीको क्षमता विकासलाई केन्द्रमा राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश र इन्स्पायर एजुकेशन कन्सलटेन्सीबीच सहुलियत दरमा विभिन्न तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलमा सम्पन्न सम्झौतामा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल र इन्स्पायर एजुकेशन कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र कुमार प्रसाईले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष खनालले निजी विद्
इटहरी । उदयपुरमा तीन हजार ८ सय ४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५ सय ४९, त्रियुगा नगरपालिकामा एक हजार १ सय १९, कटारी नगरपालिकामा ७ सय १६ र बेलका नगरपालिकामा ६ सय ६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ । त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २ सय ६१, रौतामाई गाउँपालिकामा २ सय १६, ताप्ली गाउँपालिकामा १ सय ४४ तथा लिम्चुङबुङ ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.