इटहरी । सुनसरीको इनरुवा नगरपालिकामा पाँच सय दरको आठ थान जाली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इनरुवा नगरपालिका–५, बलाहास्थित सब्जी बजारमा सब्जी खरिद गरी जाली नोट दिएको सूचनाको आधारमा इनरुवा–१०, जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी टोलीले मियाँलाई चेकजाँच तथा खानतलासी गर्दा जाली नोट ५०० दरका आठ थान गरी चार हजार रुपियाँ फेला पारेको छ । मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
इटहरी । नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखाले पाँचथरको फिदिम नगरपालिका वडा ४ मा सञ्चालन भइरहेको जागृति आधारभुत विद्यालयका छात्र छात्रालाई पोशाक र सोलार सेट उपलब्ध गराएको छ ।बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहाँ अध्ययनरत १सय २३ छात्र छात्रालाई ट्राक सुट र टि सर्ट सहित ६ वटा बत्ती बाल्न सकिने १ सय ५० वाट क्षमताको सोलार सेट र ब्याट्री उपलव्ध गराएको हो ।विपन्न, दलित, सीमान्तकृत र अल्प सङ्ख्यक समुदायसँगै विभिन्न कारण अविभावकसँग टाढिएका विद्यार्थी अध्ययनरत जागृतिका विद्यार्थीलाई फिदिमका मेयर मित्रप्रसाद काफ्ले, वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र लावती र शाखा प्रमुख छत्र निरौला लगायतल
इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले अनिवार्य बैंक खाता खोल्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालका अनुसार झापामा मंगलबारसम्मको रेकर्डअनुसार २८ जना उम्मेदवारले
इटहरी । झापाको मेचीनगरमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।बुधबार बिहान मेचीनगर(२, भृकुटी चोकस्थित दीपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाकोजस्तो देखिने सालनालसहितको लिङ्ग नछुटिएको नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान बढाएको खड्काले बताउनुभयो । शिशुको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नरसिंहमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भोक्राह नरसिंह गाउँ कार्यसमितिले पार्टी प्रवेश कार्यक्रमलाइ अभियानको रुपमा आयोजना गरि राखेको छ । सोही अभियान अन्तर्गत विभिन्न पार्टीमा आबद्ध तथा स्वतन्त्र नागरिकहरुको ठुलो संङ्याको समुहनै कांग्रेसमा प्रबेश गरि रहेको र यसले मदेशमा नेपाली कांग्रेस प्रति बिश्वास , भरोसा बढ्न थालेको संन्देश गएको नेपाली कांग्रेसका भोक्राह नरसिंह गाउँ कार्य समितिका सभापति युवराज दाह
इटहरी। सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरी आफ्नो क्षेत्रलाई नमूना बनाउने संकल्पका साथ अगाडि बढिरहेकी छन् । नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्रीसमेत रहेकी चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा होमिएकी हुन् ।सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी चौधरीले यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई हराउँदै संघीय सांसद बनेकी थिइन् । गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवतीले बाजी मारेकी थिइन् ।गच्छदारको
इटहरी । पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । बुधबा बिहान स्काभेटर प्रयोग गरेर ढुुङ्गा र पहिरो हटाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुुभयो ।एकतर्फी रूपमा सडक सुुचारु गरिएपछि हिजोदेखि राजमार्गमा रोकिएर रहेका सयौं सङ्ख्याका यातायातका सवारी आफ्नो गन्तव्र्य तर्फ लागेका छन् । अझै पूर्ण रूपमा सवारी आवागमन गराउन
इटहरी। धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् । पछिल्लो समय बढ्दो युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जोगाई राख्न तालिम लिएर महिलाहरु पञ्चेबाजा संरक्षणमा लागी परेका हुन् ।कुनै पनि धार्मिक कार्य विवाह, व्रतबन्ध र समारोह होस या सांस्कतिकदेखी राजैनिक दलका कार्यक्रममा नौमती पञ्चेबाजा बजाउने प्रचलन रहेको पाइन्छ । त्यसमा पनि धनकुटामा भने महिलाहरुको नेतृत्वमा नौमति पञ्चेबजा बजाउने गरेको पाइन्छ । उहाँहरु शुल्क लिएर पार्टी तथा समारोहमा ग्रुपसहित जाने गर्दछन् । धनकुटा नगरपालिका–७, स्थित निशान नौमती पञ्चेबाजा संस्कृतिक समूहका महिल
इटहरी । हिउँदमा बसाइँसराइ गरेर कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने जलपन्छीको सङ्ख्या घटेको छ । जाडो छल्न हिमालपारिका जिल्लाबाट बसाइँसराइ गरेर आउने जलपन्छीको प्रजाति र सङ्ख्या घट्दै गएको गणनाले देखाएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् सङ्घको संयोजनमा गरिएको चरा गणनामा चराको प्रजाति र सङ्ख्यामै कमी आएको छ । नेपाल पन्छीविद् सङ्घको कार्यकारी निर्देशक तथा चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष चराको सङ्ख्यामा कमी आएको छ । उहाँका अनुसार आरक्ष र आसपासका क्षेत्रमा गरिएको गणना अनुसार सन् २०२५ मा ६७ प्रजातिको च
इटहरी । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते खोलामा रु तीन करोड ५० लाख, कावाखोला रु सात करोड ५० लाख र श्यामखोला रु तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् । त्यसैगरी, बङ्खुवा खोलामा रु दुई करोड २५ लाख, गङ्खुवा खोलामा रु चार करोड ५० लाख, सिक्तेल खोलामा रु चार करोड, एखुवा खोलामा रु छ करोड ६० लाख, चिरखुवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.