समाचार

    Showing २,०९१-२,१०० of १२,४०८ items.
  • ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागारमा शतप्रतिशत मत खस्यो

    इटहरी। ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।ताप्लेजुङको सदरमुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लमा एक हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । जसमा एक हजार दुई सय १९ पुरुष र चार सय ६४ महिला मतदाता रहेका छन् ।अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निर्वाचन शान्त वातावरणमा भइरहेको बताउनुभएको छ ।जिल्लाको फक्ताङ्लुङ गाउँपालिका स्थित हिमाली क्षेत्रमा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ११९ पटक पढिएको
  • हिक्मतकुमार कार्कीले गौरादहमा गरे मतदान, ‘निर्भय भएर मत हाल्नुस्’ भन्दै मतदातालाई आह्वान

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गर्नुभएको हो । मतदान पछि उहाँले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गर्नुभयो । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३४ पटक पढिएको
  • पूर्वप्रधानमन्त्री झलनाथ खना द्वारा मतदान

    इटहरी । पूर्वप्रधानमन्त्री  झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं। १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो । मतदान पछि खनालले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिँदै यो निर्वाचन विशेष निर्वाचन भएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनले बहुमत कुनै दलले पनि नल्याउने भएकाले सत्ता समीकरणकै सम्भावना रहने बताउनुभयो । जेनजी आन्दोलपछि पुस्तान्तरणका लागि आफुले उम्मेदवारी नदिएको खनालले प्रतिक्रिया दिनुभयो । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १८० पटक पढिएको
  • दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खस्यो

    इटहरी । दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०।३६ प्रतिशत मत खसेको छ । जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्।इलाममा १५० मतदान केन्द्रका २९० मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३८ पटक पढिएको
  • सङ्खुवासभाका १६४ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान, ९९ वर्षीय ज्येष्ठ मतदाताको उत्साहजनक सहभागिता

    इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले उमेरको उत्तरार्धमा पनि मतदानमा सहभागी भई अन्य मतदातालाई मतदान गर्न प्रोत्साहित गर्नुभयो।जिल्लाभर बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्। कतिपय केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको छ भने महिला मतदाताको सहभागिता पनि उल्लेख्य रहेको छ।निर्वाचनलाई श

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २९७ पटक पढिएको
  • धनकुटामा ३ घण्टामा ८ प्रतिशत मतदान खस्यो

    इटहरी । धनकुटामा  आठ प्रतिशत मत खसेको छ ।  बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १० बजेर २० मिनेट जादासम्म नौ हजार ४ सय ४५ मत खसेको छ ।जिल्लाका कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ८ प्रतिसत हो । जिल्लाका एक सय १९ मतदान स्थलका एक सय ६६ केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सूचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रह

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १२७ पटक पढिएको
  • कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

    इटहरी  ।  नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहनुभएका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १२४ पटक पढिएको
  • झापा–५ मा शान्तिपूर्ण मतदान, ओली र बालेनबीच कडा प्रतिस्पर्धा

    इटहरी । प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । झापा–५ का बिभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ ।सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चर्को प्रतिष्पर्धा हुने अनुमान छ । झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६४ पटक पढिएको
  • एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६को उपाधि आकाश दुलाललाई, ग्रसतर्फ सुन्दर राई प्रथम

    इटहरी  ।  ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को उपाधि आकाश दुलालले जित्नुभएको छ ।धरान उपमहानगरपालिकाको गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ स्कोर गर्दै दुलालले प्रतियोगिताको नेटतर्फ उपाधि जित्नुभएको हो। त्यस्तै, ३६ स्कोर गर्दै प्रमोद राई दोस्रो र ३६ स्कोर नै गर्नुभएका दीपक पोखरेल काउन्ट(ब्याकको आधारमा तेस्रो हुनुभयो । ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राईले प्रथम स्थान प्राप्त गर्नुभयो । प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू पहिलो हुनुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक राई, क्लोजेस्ट टु दि पिनको उपाधि नितेश गु

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • २२० पटक पढिएको
  • दमकमा आचारसंहिता पालनामा कडाइ, १० जना पक्राउ

    इटहरी । झापाको क्षेत्र नं। ५ अन्र्तगत झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्नका लागि प्रहरीले शर्तकता अपनाएको छ । निर्वाचनलाई दखल पुर्याउन खोज्ने र आचारसंहिता पालना गराउने क्रममा इलाका प्रहरी कार्यालय दमकले १० जना पक्राउ गरेको जनाएको छ ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आचारसंहिता पालना गराउनका लागि निर्वाचन आयोगको निर्देशन अनुसार काम भइरहेको छ । प्रहरीले सवारी साधनमा राखिएका झण्डा, स्टिकर तथा चुनाव चिन्ह अंकित सामग्री हटाइरहेको छ ।दमकको मुख्य चोक, बजार लगायत विभिन्न स्थानमा सुरक्षाकर्मीहरूले सवारी साधनहरुको चेकजाँच कडाइका साथ सञ्चालन गर्दै आच

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]