काठमाण्डौ । प्रतिनिधिसभा चुनाव अन्तर्गत दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । काठमाण्डौ १ र मुस्ताङ १ को नतिजा सार्वजनिक भएको हो । पछिल्लो नतिजा अनुसार मुस्ताङ १ मा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत ल्याएर विजयी हुनुभएको छ ।यस्तै काठमाण्डौ १ मा रास्वपाकी रन्जु न्यौपाने ९दर्शना० ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ । मतगणना भैरहेका ६९ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ५२, कांग्रेसले ६, एमालेले ४, नेकपाले ३ तथा राप्रपा र श्रम संस्कृति पार्टीले १ र १ क्षेत्रमा अग्रता लिएका छन् ।
इटहरी । मतगणना कार्य सुरु गर्ने विषयमा इलाम – १ मा बसेको सर्वदलीय बैठकले अहिलेसम्म कुनै निष्कर्षमा पुुग्न सकेको छैन । विभिन्न विषयमा दलहरु बिच सहमति भए पनि निर्वाचन अधिकृत र निर्वाचन कर्मचारीबिच सहमति नहुँदा अहिले सर्वदलीय बैठक स्थगित भएको छ ।बैठकमा कस्तो छाप भएकालाई सदर वा बदर मान्ने र प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणनासँगै गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको त्यहाँ रहनु भएका पत्रकार रोशन काफ्लेले जानकारी दिनुभयो ।दुुबै विषयमा दलहरु सहमत देखिएको भए पनि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कानुन अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत एकैपटक गणना गर्न नसकिने बताएपछि सर्वदलीय बैठ
इटहरी । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उहाँले ७५०, नेकपा ९एमाले० का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गर्नुभएको छ ।
इटहरी । सुनसरीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय छलफल ढिला भएकाले मध्याह्नबाट चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो।उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा बिहान ११ः५५ बजेबाट मतगणना सुरु भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको छ। यस क्षेत्रमा सीमावर्ती देवानगञ्ज गाउँपालिकाको मतगणनाका लागि मतपेटिका खोलिएको छ।त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा पनि मतगणना सुरु भएको छ। पहिलो चरणमा ७०० मत गणना हुँद
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको मत गणना अनुसार बाँके क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलभन्दा २ हजार ६ सय ५७ मतले अगाडि छन् । बाँके १ मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार ७ हजार १ सय २० मत गणना हुँदा रास्वपाका चौधरीले ४ हजार ९३ मत ल्याएका छन् । उनलाई कांग्रेसका गौडेलले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् ।एमालेका सूर्यप्रसाद ढकालले ६ सय ४८, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ३२९ मत, राप्रपाका प्रदीपकुमार शाहले २०७ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले २० मत ल्याएकी छन् । यो मत गणनामा २७
इटहरी । कपिलवस्तु २ मा मत गणना सुरु भएको छ । प्रारम्भिक मत गन्दा नेकपा अगाडि लागेको छ ।१६ सय मत गन्दा नेकपाका बृजेश कुमार गुप्ताले ८०० सय मत ल्याएर अघि लागेका छन् । रास्वपा र नेपाली कांग्रेसले बराबर मत ल्याएको छ । रास्वपाका विक्रमसिंह थापाले ४ सय मत ल्याएका छन् भने नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले पनि ४ सय मत ल्याएका छन् ।
काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र बिना गुरुङले फराकिलो अग्रता कायम गरेकी छन् ।पछिल्लो मतगणनामा उनले ७ हजार ५ सय ९१ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस मनोज गुरुङले ३ हजार ६ सय ८५ मत ल्याएका छन् ।
इटहरी । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । जिल्ला मुख्यालयस्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना प्रक्रिया सञ्चालनमा आएको छ ।बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएका थिए । राति १२ बजेसम्म मतपेटिका सुरक्षित राखिएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले मतगणना बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको थियो ।निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र मतगणना पनि व्यवस्थित रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका १७ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन्
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जनक सिंह धामीले अग्रता कायम राखेका छन्।हालसम्मको मतपरिणामअनुसार उनले १ हजार ७७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। यस्तै नेकपा एमालेका उम्मेदवार तारा लामा तामाले १ हजार २९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बिना मगरले ५ सय ८३ मत प्राप्त गरेकी छन्। कञ्चनपुर–१ मा मतगणना जारी रहेको छ।
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ७०० मतसहित फराकिलो अग्रता कायम राख्दै अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी, एमाले उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत प्राप्त गरेका छन्।त्यस्तै, नेपाली कांग्रेसकी मिनाकुमारी खरेल २ हजार ३२२ मतसहित तेस्रो स्थानमा छिन् भने नेकपा उम्मेदवार प्रताप गुरुङ १ हजार ५५८ मत पाएका छन्। हालसम्म क्षेत्रका १४ हजार २२ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.