समाचार

    Showing २,०११-२,०२० of १२,३९० items.
  • चितवन– २ मा रवि लामिछानेलाई साढे ७ हजारभन्दा धेरै मतको अग्रता

    काठमण्डौ ।  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता झनै बढाउँदै लैजानुभएको छ ।पछिल्लो गणनामा लामिछानेले साढे ७ हजारभन्दा धेरै मतको अग्रता लिनुभएको छ । लामिछानेले १० हजार ८२२ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४६ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १८३ पटक पढिएको
  • धनकुटामा एमालेको सुरुवाती अग्रता, श्रम संस्कृति पछ्याउँदै

    इटहरी। धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राईले सुरुवाती अग्रता लिएका छन् । एक हजार ४०१ मतको गणना गर्दा राईले ५१४ मत पाएका छन् ।उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले १८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का दिनेश भण्डारीले २३, जनता समाजवादी पार्टीका निशान राईले १५ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १८२ पटक पढिएको
  • तेह्रथुममा एमालेका भानुभक्त ढकालले लिए अग्रता

    इटहरी । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ढकालले ४ हजार १०७ मत प्राप्त गरेका छन्।यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३ हजार ७८० मत प्राप्त गरेका छन्। दुई दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ। यसअघि सुब्बा अगाडि थिए।तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४०७ मत प्राप्त गरेका छन्। चौथो स्थानमा श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले एक हजार ७९७ मत प्राप्त गरे।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १५७ पटक पढिएको
  • सप्तरी(४ मा पूर्वमन्त्री चौधरी दोस्रोमा, रास्वपाका साहको अग्रता

    इटहरी । सप्तरी(४ मा पूर्वमन्त्री तेजुलाल चौधरी दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरीले ४६२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह १ हजार ६८५ मत ल्याएर अग्रस्थानमा छन् । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १२४ पटक पढिएको
  • रौतहट–१ मा राजेश चौधरी अग्रस्थानमा, माधवकुमार नेपाल पाँचौँ स्थानमा

    इटहरी । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी अग्रस्थानमा देखिएका छन् भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल पाँचौँ स्थानमा रहेका छन्।क्षेत्र नम्बर १ अन्तर्गत जयनगर, धर्मपुर, सिगारवन ९क, ख०, बखरी ९क०, मठ ९क० र धनाडी मतदान केन्द्रको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी ले १,९०३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।यस्तै जनता समाजवादी पार्टी ९जसपा० का योगेन्द्र यादव ले १,१०० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल झाले ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १२० पटक पढिएको
  • रसुवामा कांग्रेसका आचार्यको अग्रता, रास्वपाका भट्ट दोस्रो स्थानमा

    इटहरी । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य ४ हजार १० मतका साथ अग्र स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट १ हजार ७ सय ७२ मतका साथ दोस्रो स्थानमा छन् ।त्यस्तै, नेकपा एमालेका प्रेमबहादुर तामाङले १४ सय ८६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १४९ पटक पढिएको
  • काठमाण्डौको ९ वटै क्षेत्रमा रास्वपा अगाडि

    काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहेको काठमाण्डौका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले अग्रता हासिल गरिरहनुभएको छ ।अहिले दिउँसो १ बजेसम्म प्राप्त नतिजाअनुसार काठमाण्डौ–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मत ल्याई अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९ मत ल्याउनुभएको छ ।यस्तै काठमाण्डौ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुल

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १६१ पटक पढिएको
  • काठमाडौं १ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत

    काठमाडौं । १ मा एमालेसहित २६ उम्मेदवारको धरौटी जफत भएको छ।   १० प्रतिशतभन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुने प्रावधान अनुसार उनीहरुको धरौती जफत भएको हो। काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी छन् । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । काठमाडौं १ मा कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।  एमालेका उम्मेदवार मोहनारज रेग्मीले ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत मात्रै ल्याएकी छिन् ।  निर्वाचन ऐनको परिच्छेद १० को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १६६ पटक पढिएको
  • रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता

    इटहरी।  रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार प्रमोदकुमार यादव अगाडि हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार  यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गर्नुभएको छ ।यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गर्नुभएको छ । यसैगरी जनता समाजवादी पार्टी ९जसपा०, नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गर्नुभएको छ । यहाँ एक हजार ३५ मत बदर भएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१५ पटक पढिएको
  • इलाम २ मा मतगणना कार्य सुरु

    इटहरी । इलाम २ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका(६ बाट गणना सुरु गरिएको छ ।अहिले चुलाचुली(६ का चारवटा मतपेटिका खोलिएका छन् । इलाम(२ मा आज बसेको सर्वदलीय बैठकले पहिला एउटा पालिकाको एउटा वडा गणना सक्ने र त्यसपछि अर्को वडाको गणना गर्ने तथा सम्बन्धित पालिकाको सकिएपछि मात्र अर्को पालिकातर्फको गणना सुरु गर्ने निर्णय गरेको छ ।इलाममा यस पटक कुल १ लाख ३१ हजार ३४४ मत खसेको छ भने इलाम(२ मा ६७ हजार ६४८ मत खसेको छ ।यसैगरी इलाम(१ मा पनि मतगणना कार्य हुने तयारीमा छ । इलाम(१ मा ६३ हजार ६९६ मत खसेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]