इटहरी । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले अग्रता बनाएको छ ।अपराह्न ४ बजेसम्मको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५९० मत प्राप्त गर्दै अग्रता बनाउनुभएको हो । उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा अग्रस्थानमा रहनुभएको छ ।त्यसैगरी नेकपा ९एमाले० का राजेन्द्र राईले १ हजार ४०, नेपाली कांग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दिनेश भण्डारीले १४४ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का धर्मराज पौडेलले २५ मत प्राप्त गर्नुभएको छ ।
इटहरी । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् । मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।
इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महत्वपूर्ण अग्रता कायम गरेको छ। पछिल्लो परिणामहरूले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव अझ प्रष्ट देखाएको छ।हालसम्मको तथ्यांक अनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिएको छ र १ स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ। अन्य प्रमुख दलहरू भने यसबेला तुलनात्मक रूपमा पछाडि देखिएका छन्। पछिल्ला विवरणअनुसार नेपाली कांग्रेसले १ क्षेत्रमा जित निकाल्दा ११ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा एमाले ९ स्थानमा अग्रता बनाएको छ।
इटहरी । सुनसरी(१ मा हर्क साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अग्रता कायम गरेको छ ।अहिलेसम्म प्राप्त मतगणना परिणाम अनुसार सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन तामाङ ले १ सय ४२ मत पाएका छन् ।त्यस्तै, श्रम संस्कृति पार्टीका हर्क साम्पाङले भने ४९ मत मात्र पाएका छन् । यता काँग्रेसका सुरेन्द्र गोलेले ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्दव श्रेष्ठले ३४ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले १२ मत पाएका छन् भने एमालेले पनि १२ मत पाएको छ ।
इटहरी । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेम्बाङले ४९१ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन्।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन्।यसैबीच नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ
इटहरी । सुनसरी– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात पाएका छन् । यसैगरी नेपाली कम्यिुनिस्ट पार्टी ९नेकपा० का महफुज अन्सारीले ६१ र नेकपा एमालेका जगदिश कुसियतले ३६ ल्याएका छन् ।
इटहरी । हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए । मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनवटा जिल्लाको मतगणना सुरु हुनेछ । यसैगरी, रसुवा, दोलखा, रुकुम ९पूर्वी भाग०,
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । ११९ स्थानको मतगणना भइरहँदा रास्वपा ८८, नेपाली कांग्रेस ८, नेकपा एमाले ७ र नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।त्यस्तै श्रम संस्कृति २, राप्रपा २, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।
काठमाडौं । काठमाडौं–२ मा जारी प्रतिनिधिसभाको मत गणनाको हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ । काठमाडौं–२ मा रास्वपा उम्मेदवार सुनिल केसीले ५,२८८ मतसहित अग्रता बनाएका छन् ।नेपाली कांग्रेसका कविर शर्मा २,०१४ मतसहित दोस्रो, राप्रपाकी कुन्तादेवी पोखरेल १,२७७, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नितेश पौडेल ९६८, नेकपा एमालेका मणिराम फुयाल ९४० मत ल्याएका छन् । ५९ हजार २८३ खसेकोमा हालसम्म ११ हजार ६७५ मत गणना भएको छ । जसमा ५५५ मत बदर भएको छ ।
इटहरी । झापामा मतगणना कार्य सुस्त भएको छ । निर्वाचन कार्यालयले गणना थालेको २४ घण्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको थियो । तर, मत गणनाको अहिलेको अवस्था हेर्दा झापामा अन्तिम मत परिणाम सार्वजनिक गर्न तिन दिनसम्म लाग्न सक्ने देखिएको छ ।निर्वाचन अधिकारीहरूका अनुसार गणना कार्यमा पार्टी प्रतिनिधिहरूको कमी भएकाले मत गणना कार्यमा सुस्तता आएको हो । झापा–५ मा शुक्रबार बिहान ३ बजेदेखि मत गणना कार्य सुरु गरिएको थियो ।शुक्रबार अपरान्ह ३ बजेसम्म ८ हजार मत मात्र गणना भएको छ । झापा–५ मा अहिले दुईटा टोलीले मात्र मत गणना गरिरहेको अवस्था छ ।निर्वाचन अधिकृतको कार्यालयले तेस्रो टोलीका लागि पार्टी प्रति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.