समाचार

    Showing १,९७१-१,९८० of १३,३६५ items.
  • पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएपछि मेची राजमार्गको राजदुवाली–भन्ज्याङ सडकखण्ड जोखिममा

    इटहरी । पुवाखोला जलविद्युत् आयोजनाका लागि लगिएको पानी चुहिएर भौतिक पूर्वाधारमा ठुलो क्षति भएको छ । यसै कारण बर्सौंदेखि जमिन नै भासिँदा र बग्दा मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा समस्या आएको छ । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख र प्राविधिकसहितको टोलीले आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पानी चुहिएको भेट्टाएको हो । पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म निरीक्षण गर्दा दुई सय मिटर लम्बाइमा धेरै चर्किएको पाइएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । २०७२ सालको भूकम्पपछि त अझ बढी समस्या भएक

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २७४ पटक पढिएको
  • खोटाङकी रेश्मिका परियार हत्या प्रकरण,उच्च अदालत ओखलढुङ्गाको आदेशपछि किटानी जाहेरीका आधारमा थप तीन जना मङ्गलबार पक्राउ

    इटहरी । खोटाङको  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला पर्नुभएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।यसअघि रेश्मिका हत्या प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ४०३ पटक पढिएको
  • चतरा–चौँरीखर्क रेलमार्गदेखि भाषा ऐनसम्मका योजना समेटिएको कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

    इटहरी   । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम मङ्गलबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभामा सांसदहरूले उठाएका जिज्ञासा र आलोचनाको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विस्तृत जवाफ दिएपछि सभाले यसलाई सर्वसम्मत पारित गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले सरकारको लक्ष्य र क्षमतामाथि कडा प्रश्न उठाएका थिए । पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्र राईले सरकारले नीति तथा कार्यक्रममा ठुला र कार्यान्वयन नहुने योजना ल्याएर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले आयोजना गरेको लगानी सम्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २८१ पटक पढिएको
  • भोजपुरको रामप्रसाद राई गाउँपालिकाका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

    इटहरी ।  भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् ।किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएप

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १८१ पटक पढिएको
  • सङ्घ र प्रदेशको अनुदान घट्दा धनकुटा नगरपालिकाद्वारा वडाको बजेटमा ठुलो कटौती, १० लाखको सीमाभित्र योजना बनाउनुपर्ने बाध्यताले विकास प्रभावित हुने सङ्केत

    इटहरी। धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि वडाहरूलाई १० लाख रुपियाँको बजेट सिलिङ तोकेको छ । नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र वन तथा वातावरण क्षेत्रमा खर्च गर्न पाउने गरी वडास्तरको बजेट सिलिङ निर्धारण गरेको हो । नगरपालिकाले २०८३ वैशाख ३१ गते १० वटै वडालाई पठाएको बजेट सिलिङ र मार्गदर्शन अनुसार वडाहरूले १० लाख रुपियाँको सीमाभित्र रहेर योजना बनाउनुपर्ने छ । यसअघि वडाहरूले करिब ५५ लाख रुपियाँसम्मको सिलिङका आधारमा वार्षिक बजेट पेस गर्दै आएका थिए । तर यस वर्ष भने बजेट उल्लेख्य रूपमा घटाइएको छ ।नगरपालिकाको मार्गदर्शनमा सङ्घ र प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २२८ पटक पढिएको
  • कोशी प्रदेशमा ५२ प्रतिशत गर्भपतन अझै असुरक्षित, सामाजिक लाञ्छनाका कारण महिलाहरू जोखिममा

    इटहरी।  मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता ९नाम परिवर्तन०ले बिर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो  । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा भर्ना गरेर उपचार गराउनुपर्यो ।  हाल उहाँका स्वास्थ्यमा सुधार देखिए पनि ६ महिना बितिसक्दा यसको मानसिक र शारीरिक असर कायमै छ । इलाम माङ्सेबुङ गाउँपालिका–१ की २७ वर्षीया शान्ति ९नाम परिवर्तन०ले पनि  यस्तै नियति भोग्नु पर्‍यो । दुई सन्तानकी आमा उहाँले  अस्थायी साधनबारे बुझ्न नपाउँदै पुनः गर्भधारण हुन पुग्यो । आर्थिक विपन्नताका कारण स्थानीय स्वास्थ्य सस्थाको समन्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १८६ पटक पढिएको
  • कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

    इटहरी।  कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते   भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ । यसैगरी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभातफेरि निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बो

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १७७ पटक पढिएको
  • विराटनगर महानगरपालिका बुधनगरमा भारवहन बढी हुँदा चर्कियो सडक

    इटहरी  । विराटनगर महानगरपालिका–१८, बुधनगरमा रहेको एकीकृत जाँचपास चौकी (आइसिपी) स्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे चर्किएको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चार किलोमिटर लिङ्क रोड पार गरेर कोशी राजमार्गमा गुड्छन् ।  कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ देखि उत्तर विराटनगर–३, कञ्चनबारी चोकसम्मको सडकको अवस्था पनि उस्तै छ । सडक बिग्रनुको कारण भने सडकको भारवहन क्षमताभन्दा बढी वजन भएका सवारी नै हुन् । राजमार्ग बर्सेनि भत्कन थालेपछि यसको दबाबमा भने डिभिजन सडक कार्यालय विराटनगर पर्ने गरेको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिका

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १०३ पटक पढिएको
  • मुढेबासस्थित डाँडागाउँको सङ्ग्रहालय ओझेलमा

    इटहरी । धनकुटा चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मीमगरले बताउनुभयो । सङ्ग्रहालयसँगै सो स्थानमा होमस्टे सञ्चालन गर्ने तयारी गरे पनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्षपहिले निर्वाचन क्षेत्र प

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १२६ पटक पढिएको
  • मोरङको पथरी शनिश्चरेमा सडक विस्तारको काम सुरु

    इटहरी । होली त्यसपछि चुनाव अनि स्थानीयको अवरुद्धका कारण स्थगित रहेको मोरङको पथरी शनिश्चरे–१ को बजार खण्डको सडक विस्तारको काम सुचारु भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनीबिच शनिबार पथरी बजार खण्डको सडक पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटरको बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नुअघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाबिच ग्रामीण तथा जङ्गल क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने सहमति भएको थ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]