इटहरी । संगीत प्रतिभालाई प्रोत्साहन गर्दै आकर्षक यात्रा उपहार प्रदान गर्ने उद्देश्यले स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरले ‘अनलाइन सिङ्गिङ कम्पिटिसन २०८३’ आयोजना गर्ने भएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपाली गीत गाएर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गरी आफ्नो नाम र फोन नम्बर सहित ह्वाट्सएपमार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजलाई अनिवार्य रूपमा लाइक वा फलो गरेको हुनुपर्नेछ।प्राप्त भिडियोहरू कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिनेछन्। प्रकाशित भिडियोमा प्राप्त लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिने आयोजकले ज
इटहरी । कोशी ट्र्याक्टर सङ्घको २९ औँ साधारण सभाबाट चित्रबहादुर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।साधारण सभाले शैलेन्द्र श्रेष्ठलाई उपाध्यक्ष, देवेन्द्र श्रेष्ठलाई महासचिव, डोगबहादुर प्रधानलाई कोषाध्यक्ष तथा श्रीबहादुर अधिकारीलाई सचिवमा चयन गरेको छ।त्यसैगरी कार्यसमितिको सदस्यहरूमा श्रीमान श्रेष्ठ, शिव खड्का, बमबहादुर न्यौपाने, दीपनारायण चौधरी र धनपति सिग्देल चयन भएका छन्।साधारण सभामा सङ्घको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा ट्र्याक्टर व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, व्यवसायीबीच एकता र सहकार्यलाई थप सुदृढ गर
धनकुटा / धनकुटाको हिलेमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा तथा हिले ब्याडमिन्टन क्लबको स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १७ वर्षमुनिका तथा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहेको छ।प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व जनप्रतिनिधि एवं हिले ब्याडमिन्टन क्लबका प्रमुख सल्लाहकार लालचन्द्र गोम्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले गर्नुभएको थियो।एक महिनासम्म सञ्चालन हुने प्रशिक्ष
इटहरी। त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्र, कोशी प्रदेश इटहरी तथा ज्ञान मन्दिर योग सेन्टर, इटहरीको संयुक्त आयोजनामा धनकुटाको भेडेटार–नाम्जेमा सञ्चालन गरिएको चारदिने आवासीय योग तथा ध्यान शिविर सम्पन्न भएको छ।शिविरमा आध्यात्मिक प्रशिक्षक चचित माँ निशा कबिर मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो। उहाँको प्रशिक्षणमा सहभागीहरूले योग, ध्यान, आत्मचिन्तन तथा सकारात्मक जीवनशैलीसम्बन्धी विविध अभ्यास गरेका थिए। शिविरमा सहभागीहरूले चार दिनसम्म निशा कबिरसँगको सान्निध्य र मार्गदर्शनबाट जीवनमा सकारात्मक ऊर्जा, आत्मविश्वास तथा मानसिक शान्ति प्राप्त गरेको अनुभव सुनाएका छन्। सहभागीमध्येका युवराज कोइरालाले
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने पुलचोक–विराटचोक सडक खण्डमा लामो समयदेखि रहेको सडकको जोखिम अन्त्य भएको छ । वर्षौंदेखि जीर्ण बनेको उक्त मुख्य सडकमा परेका गहिरा खाल्डाहरूका कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको थियो । विशेषगरी मोटरसाइकल चालक र पैदलयात्रीहरू यसको प्रत्यक्ष मार्कामा पर्दै आएका थिए । स्थानीय बासिन्दाले सडक मर्मतका लागि पटक–पटक सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सरकारी तहबाट कुनै ठोस पहल हुन सकेको थिएन । सञ्चारमाध्यममा सडकको दयनीय अवस्थाबारे समाचार सार्वजनिक भएपछि सामाजिक अभियन्ता एवं व्यवसायी देवराज तामाङले व्यक
इटहरी । इटहरीमा युवाहरूको पहलमा सञ्चालन भइरहेको स्थानीय ब्रान्ड ‘झ्वट्टै’ ले खाना, फुटबल संस्कृति र रोजगारी सिर्जनालाई एकसाथ जोड्दै नयाँ पहिचान निर्माण गरिरहेको छ। फुड डेलिभरी सेवामा मात्र सीमित नरही झ्वट्टैले रात्रीकालीन युवा संस्कृति विकास गर्ने उद्देश्यसहित आफ्नो गतिविधि विस्तार गरिरहेको जनाएको छ। झ्वट्टैमा कार्यरत महेश काफ्ले यसको उदाहरण बनेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका–१० निवासी काफ्ले हाल झ्वट्टैको किचेन हेल्परका रूपमा कार्यरत छन्। होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका उनले रोजगारीसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका छन्।काफ्लेका अनुसार झ्वट्टैमा काम गर्दै उनले व्यावसायिक सी
इटहरी । मोरङको विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलले विद्यार्थीको समग्र विकासका लागि एकदिने शिक्षक–अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाकी शिक्षा शाखा अधिकृत अन्जु सुवेदीले विद्यालय, शिक्षक र अभिभावकको त्रिपक्षीय सहकार्यले मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुृभयो । मुख्य सहजकर्ता शैक्षिक मनोविज्ञ एवं इन्स्पायर एजुकेसनका सीईओ इन्द्रकुमार प्रसाईले अभिभावकको जिम्मेवारी, बालमनोविज्ञान र सकारात्मक सिकाइ वातावरणबारे सहजीकरण गर्दै बा
इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा साइबर अपराधसम्बन्धी एकदिने पत्रकार प्रशिक्षण कार्यक्रम आइतबार भेडेटारमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित प्रशिक्षणमा प्रमुख प्रशिक्षक प्रवेश सुवेदीले कृत्रिम बौद्धिकताको विकासक्रम, पत्रकारितामा यसको प्रयोग, अवसर तथा चुनौतीका विषयमा सहजीकरण गर्नुृभएको थियो । प्रशिक्षणका क्रममा उहाँले प्रविधिको विकाससँगै समाचार उत्पादन र सूचना व्यवस्थापनका कार्य सहज बन्दै गएको उल्लेख गर्दै एआईको प्रयोग गर्दा तथ्य परीक्षण, सन्दर्भको शुद्धता र पत्रकारिताको नैतिक पक्षमा विशेष ध
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ सराई दर्तालाई थप व्यवस्थित बनाउन आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार अब सिरिजङ्घा गाउँपालिकामा बसाइँ सरी आउने व्यक्तिमध्ये कम्तीमा एक जनाको नाममा सम्बन्धित वडा भित्र ६ महिनाअघि नै जग्गा खरिद गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, उक्त व्यक्तिको घरजग्गा कायम रहेको विषय सम्बन्धित वडाध्यक्षले प्रमाणित गरेको कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। गाउँपालिकाले
इटहरी । सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति बेलुका करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.