इटहरी । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थापित संस्था होप फर अल ताप्लेजुङले विश्व बाल श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई केन्द्रिकृत गरि सचेतना प्रदान गरेको हो । लागू औषधको बढ्दो प्रयोगलाई रोक्ने भूमिका, यसले स्वास्थ्य, परिवार अनि समाजमा पार्ने नकरात्मक प्रभावका विषयमा विद्यार्थीलाई सचेत गराइएको होप फर अल ताप्लेजुङका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन, गलत संगतबाट बच्न तथा कुनै पनि शङ्कास्पद
इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल(चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल(चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात आवागमन अवरुद्ध भएको हो । मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वारपार गर्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । लेदोसहितको बाढीले सडक बन्नुअघि नै क्षति पुर्याएपछि अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सडक प
इटहरी । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतको जीएटी (GAT) एरिया–४ को एरिया कन्फ्रेन्स इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ। एरिया चिफ भोजराज दाहालको अध्यक्षतामा आयोजित सम्मेलनमा विभिन्न लायन्स क्लबहरूले वर्षभरि गरेका सामाजिक सेवामूलक गतिविधिहरूको समीक्षा तथा अनुभव आदानप्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन एरिया कोअर्डिनेटर टङ्क फुयालले गर्नुभएको थियो। तीन रिजन, सात जोन र २८ वटा क्लब समेटिएको एरिया–४ अन्तर्गतका सातवटै जोनले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सम्मेलनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव सेवा तथा सामुदायिक विकास
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नागीका १२ वर्षदेखि घरबारविहीन अवस्थामा जीवन बिताइरहेका टेकबहादुर सार्की र उनकी श्रीमती सरिता सार्कीले अब आफ्नै सुरक्षित घरमा बस्ने अवसर पाएका छन्। हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी घर शुक्रबार परिवारलाई हस्तान्तरण गरेको छ। विगत लामो समयदेखि आफ्नै बसोबासको व्यवस्था नभएका सार्की दम्पती छिमेकीको घरमा आश्रय लिएर जीवनयापन गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका कारण घर निर्माण गर्न नसकेका उनीहरूको परिवारले विभिन्न कठिनाइ भोग्दै आएको थियो। यसैबीच, गत वर्ष साउन २९ गते उनीहरूकी १२ वर्षीया छोरी अरूकै घरमा झुन्डिएको अवस्थामा मृत
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।उर्लाबारी नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न घोषणा समारोह वडा अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता तथा नगर प्रमुख गंगा प्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले तथा नगरपालिकाका
इटहरी । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित साह कृषि एग्रोभेटबाट खरिद गरिएको विषादीका कारण एक किसानको एक विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको जुटबालीमा क्षति पुगेको आरोप लागेको छ। भोक्राहा नरसिंह गाउँपालिका–५ का किसान आलम अन्सारीले जुटबारीमा उम्रिएको घाँस नियन्त्रण गर्न भन्दै खरिद गरिएको विषादी छर्किएपछि घाँससँगै जुटबालीसमेत सुकेर नष्ट भएको गुनासो गर्नुभएको छ। उहाँले करिब तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको छ। किसान अन्सारीले क्षतिपूर्तिको माग गर्दै सम्बन्धित एग्रोभेट, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र तथा वडा कार्यालयमा निवेदन दिएका छन्।
इटहरी । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘प्रदेश कानुन र कार्यान्वयनको अवस्था’ विषयक बहुसरोकार अन्तव्रिर्mयामा वक्ताले कानुन निर्माण सङ्ख्यात्मक रूपमा उत्साहजनक भए पनि जनताले त्यसको यथोचित लाभ पाउन नसकेको औँल्याएका हुन् । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले बनाएका कानुनको प्रभावकारिता मापन गर्न अब ‘उत्तरविधायिकी परीक्षण’ गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश स्थापनाको सुरुवा
इटहरी । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४।० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यही असार ७ गतेका लागि गाउँसभा तथा अधिवेशन आह्वान गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी गाउँपालिकाले १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गरेको हो । गाउँपालिका अध्यक्ष मानबहादुर राईले असार ७ गते आइतबारका लागि पालिकाको १९ औं गाउँसभा तथा अधिवेशन आह्वान गर्नु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार अध्यक्ष राईले आह्वान गर्नुभएको गाउँसभा तथा अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । अधिवेशनमा सिदिङ्वा गाउँपालिकाको आर्थिक विधेयक २०८३, बिनियोजन विधेयक र मध्यकालिन खर्च संरचना २०८३र
इटहरी । भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो । आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.