इटहरी । झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। मानव बस्ती नजिक हात्तीको आवतजावत बढेसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्वले दुवैतर्फ क्षति पुर्याउँदै आएको छ। यसैक्रममा आइतबार बिहान मेचीनगर नगरपालिका–४ की ६२ वर्षीया पद्मा पौडेलको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिहान करिब ४ः५५ बजे घरबाट बाहिर निस्कने क्रममा हात्तीले कुल्चिँदा उहाँको घटनास्थल
इटहरी । भारतले चिया आयातमा कडाइ गरेपछि भारत निर्यात हुँदै गरेको नेपाली चिया सहज रुपमा जान नसकेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् । देश भरको चिया उद्योगीहरुको संस्था सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नेपालले आज एक प्रेस विज्ञप्ती जारी गरि आउँदो असार १ गते देखि चिया उद्योगहरु बन्द गर्नुपर्ने बाध्यात्म अवस्था आएको जनाएको छ । विज्ञप्तीमा भारतीय टी वोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तीमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको र नमुना प
इटहरी । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको २१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार फुङलिङ नगरपालिका–११ मा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक जिल्ला सङ्घ ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर रोगबारे जानकारी गराइएको थियो । यस्तै ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा यसको न्यूनीकरण र ज्येष्ठ नागरिकको सेवा–सुविधा तथा कर्तव्यबारे छलफल गरिएको थियो । साथै एक वृद्ध र एक वृद्धा गरी सबैभन्दा बढी उमेरका दुई जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको ज्येष्ठ नागरिक जिल्ला सङ्
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा न्यायिक समितिको कामकारबाही, सेवा प्रवाह तथा विवाद समाधान प्रक्रियाको प्रभावकारिता मूल्याङ्कन गर्न निरीक्षण तथा अनुगमन कार्य सम्पन्न भएको छ।कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, सर्वोच्च अदालतका सह रजिस्ट्रार दीपक भण्डारी, जिल्ला अदालत न्यायाधीश दुर्गा बहादुर भुसाल, मेघनाथ चौलागाईं साथै उच्च अदालत (पुनरावेदन अदालत) का न्यायाधीश तथा न्याय प्रशासनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा न्यायिक समितिको अभिलेख व्यवस्थापन, उजुरी दर्ता तथा फर्छ्यौट प्रक्रिया, मेलमिलापको अभ्यास, सेवा प्रवाहको अवस्था र कानुनी प्रक्रियाक
इटहरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर–९ मा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ लागुऔषध, बालविवाह र बालश्रम विरुद्ध बृहत् र्याली तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बराहक्षेत्र वडा नं. ९ वडा कार्यालयको आयोजना तथा सरस्वती संरचना वडा बाल सञ्जालको सहजीकरणमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वडा बाल सञ्जालमा आबद्ध तथा स्थानीय विद्यालयका गरी ४ सयभन्दा बढी बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले “लागुऔषध, बालविवाह र बालश्रम अन्त्य गरौं“ जस्ता नाराका साथ राजवास बजार तथा आसपासका क्षेत्र परिक्रमा गर्दै सचेतनामूलक सन्देश प्रवाह गरेका थिए । युवापुस्तालाई दुव्र्
दमक । नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको विस्तारित बैठक दमकस्थित थकाली किचेनमा सम्पन्न भएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले खेल क्षेत्रको विकासका लागि संगठनात्मक एकता, अनुशासन र सक्रियताको आवश्यकता औंल्याउनुभयो। उहाँले खेलकुदलाई सामाजिक रूपान्तरण, युवाको नेतृत्व विकास तथा राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो।विशिष्ट अतिथि तथा नेप
इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित खोर्सानेखापमा समुदायको पहलमा स्थापना गरिएको समुदायमा आधारीत प्रगती बाल विकास केन्द्रले वर्षौंदेखि गाउँका बालबालिकालाई प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको छ। सीमित स्रोत–साधनका बाबजुद स्थानीय बासिन्दाको सहयोग र समर्पणले विद्यालयलाई निरन्तर सञ्चालनमा राखेको छ। वि.सं. २०६२ सालमा खोर्सानेखापका समाजसेवी तथा स्थानीय अगुवाहरूको पहलमा पराल, काठ र बाँसको अस्थायी संरचनाबाट सुरु गरिएको उक्त विद्यालय अहिले तीन कोठे भवनमा सञ्चालन भइरहेको छ। हाल विद्यालयमा दैनिक १२ देखि ३० जनासम्म बालबालिकाले अध्ययन गरिरहेका छन्।विद्यालयकी प्रधानाध्यापक सरिता राई स्थापना कालदेखि नै विद्य
इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापा रहनुभएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा अचानक बन्दुक पड्किएको थियो। घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा थप प्रहरी टोली घटना
रामधुनी, सुनसरी । रामधुनी नगरपालिकाले नगरप्रमुख शंकरलाल चौधरीलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर नगरप्रमुखले व्यक्तिगत प्रयोजनका लागि नगरपालिकाको रकम खर्च गरेको, होटल तथा भ्रमण खर्चमा अनियमितता गरेको भन्ने आशयका समाचारहरू तथ्यहीन र भ्रामक रहेको नगरप्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।नगरपालिकाका अनुसार सार्वजनिक भएका खर्चहरू नगरप्रमुखको व्यक्तिगत प्रयोजनका लागि नभई नगरपालिका तथा नगरवासीको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक, धार्
विराटनगर । कोशी प्रदेश सुरक्षा परिषद्को बैठक आज आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय इन्द्रमणि पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री माननीय उमाकान्त गौतम, कोशी प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव तथा प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। त्यसैगरी मोरङ, झापा र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू तथा सुरक्षा प्रशासनसँग सम्बन्धित अन्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.