समाचार

    Showing १,८०१-१,८१० of १२,३९० items.
  • ताप्लेजुङ जिल्ला अदालतमा ४८ प्रतिशत मुद्दा फर्स्यौट

    इटहरी । ताप्लेजुङ जिल्ला अदालतले ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो ।जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका कुल चार सय २२ थान मुद्दामध्ये फागुन मसान्तसम्ममा ४८ प्रतिशत फर्स्यौट भएको अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगतको रुपमा दर्ता भएका दुई सय ६३ थान र आव २०८१–०८२ बाट जिम्मेवारी सरी आएका एक सय ५९ थान गरी फागुन मसान्तसम्ममा अदालतमा चार सय २२ थान मुद्दा रहेका थिए । उक्त मध्ये दुई सय दुई थान मुद्दा फर्स्यौट भएको छ । फागुन मसान्तसम्मको अवस्था हेर्दा अदालतमा अब दु

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १५२ पटक पढिएको
  • ताप्लेजुङको उच्च हिमाली भेगमा वर्षासँगै हिमपात

    इटहरी । ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । शुक्रबार साँझपछि परेको वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।जिल्लाको उच्च हिमाली भेग फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहितका क्षेत्रमा हिमपात भएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला क्षेत्र, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रलगायतमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विका

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १६९ पटक पढिएको
  • इटहरीको कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिक उत्षव तथा अभिभावक दिवश सम्पन्न

    इटहरी | सुनसरीको इटहरीमा रहेकाे कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक उत्षव तथा अभिभावक दिवश  कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले परम्परागत वार्षिक समारोहभन्दा फरक शैली प्रस्तुत गर्दै अभिभावक तथा दर्शकलाई नयाँ अनुभूति दिएको थियो।कार्यक्रमकी प्रमुख अतिथि गीता गौतम ले दीप प्रज्वलन गर्दै अहिलेको शिक्षा प्रणाली केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले सेवा, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यालयले शैक्षिक गुणस्तर र नतिजामा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • १२१ पटक पढिएको
  • इटहरीको कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलको वार्षिक उत्षव तथा अभिभावक दिवश सम्पन्न

    इटहरी | सुनसरीको इटहरीमा रहेकाे कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक उत्षव तथा अभिभावक दिवश  कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले परम्परागत वार्षिक समारोहभन्दा फरक शैली प्रस्तुत गर्दै अभिभावक तथा दर्शकलाई नयाँ अनुभूति दिएको थियो।कार्यक्रमकी प्रमुख अतिथि गीता गौतम ले दीप प्रज्वलन गर्दै अहिलेको शिक्षा प्रणाली केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले सेवा, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यालयले शैक्षिक गुणस्तर र नतिजामा

    • प्रकाशित मितिः चैत ६, २०८२
    • ८२ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको समग्र विकास, नीति तथा आगामी आर्थिक वर्षको योजना निर्माणलाई केन्द्रमा राख्दै सभा आयोजना गरिएको हो।गाउँपालिका अध्यक्ष सरोज बस्नेत को अध्यक्षतामा सम्पन्न उक्त सभामा उपाध्यक्ष रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत अदित दाहाल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सभामा गाउँपालिकाले हालसम्म सम्पन्न गरेका विकास निर्माणका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा योजना कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो। विशेषगरी शिक

    • प्रकाशित मितिः चैत ६, २०८२
    • ३३१ पटक पढिएको
  • इटहरीस्थित ग्रीनपिस एकेडेमीद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी । सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इटहरीस्थित ग्रीनपिस एकेडेमीको आयोजनामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चैत ५ र ६ गते सञ्चालन भएको उक्त शिविरबाट कलेजका विद्यार्थी तथा अभिभावक गरी २ हजार ५ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट जनरल फिजिसियन सेवा, आँखा जाँच, स्त्री रोग सेवा, छाला रोग उपचार, दाँत परीक्षण, नाक–कान–घाँटी सेवा तथा बाल रोग विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। यसले स्थानीय बासिन्दालाई एकै स्थानमा बहुआयामिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाएको छ । कार्यक्रमले स्वास्थ्य सचेतन

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २११ पटक पढिएको
  • तेस्रो तरहरा अर्गानिक 10K रन हुँदै

    इटहरी | यही शनिवार  चैत ७ गते तेस्रो तरहरा अर्गानिक 10K रन हुँदैछ। खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त दौड प्रतियोगितामा कुल २ हजार ८ सय जना सहभागी रहने आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मनिराम श्रेष्ठ रहनेछन्। कार्यक्रमलाई सफल बनाउन विभिन्न शैक्षिक तथा संस्थागत साझेदारी पनि गरिएको छ। इभेन्ट एजुकेशन पार्टनरका रूपमा फुजिसान सगरमाथा बोर्डिङ स्कुल, इटहरी–१९ रहेको छ भने इभेन्ट स्टडी अब्रोड पार्टनरका रूपमा कंगारु एजुकेशन फाउन्डेशन (इटहरी, धरान र विराटनगर) रहेको छ।दौडका संयोजक मिन कुमार खवासका अनुसार यो र

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २६९ पटक पढिएको
  • कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा बसाहा र लोहोरुङबीच प्रतिस्पर्धा

    इटहरी । इटहरीमा जारी तेस्रो स्व। कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बसाहा क्लब, उदयपुर फाइनलमा प्रवेश गरेको छ।बसाहा क्लबले घरेलु टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोलले पराजित गरेको हो।दोस्रो हाफको ४९औं मिनेटमा रितेश तामाङले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।उनले उक्त उपाधिसँगै नगद पाँच हजार पाँच सय प्राप्त गरे।यस जितसँगै अब शनिवार हुने फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ फुटबल क्लब, संखुवासभासँग प्रतिस्पर्धा गर्नेछ।द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगिताको विज

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २४६ पटक पढिएको
  • सुनसरीमा शिक्षकद्वारा छात्रामाथि कुटपिटको आरोप, बालिका त्रसित

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयका एक शिक्षकमाथि कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेको छ।आरोपित शिक्षक श्यामप्रसाद साहले चैत ४ गते विद्यालयको खेलमैदान सरसफाइ नगरेको भन्दै बालिका कौशल्या यादवलाई गालीगलौज गर्दै लाठीले कुटपिट गरेको र उनको पोशाकसमेत च्यातिएको पीडित पक्षको भनाइ छ।घटनापछि प्रधानाध्यापक उमेशप्रसाद यादव र शिक्षक साहले कसैलाई नबताउन दबाब दिएको तथा अर्को सर्ट दिएर घर पठाएको पीडितका अभिभावक नागेश्वर यादवले आरोप लगाएका छन्। त्रासका कारण बालिका हाल विद्यालय जान नमानेको बताइएको छ।अभिभावक तथा स्थानीयका अनु

    • प्रकाशित मितिः चैत ६, २०८२
    • ३२८ पटक पढिएको
  • ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज

    इटहरी।  ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ । केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्न थालेका छन् ।जिल्लाका दुर्गम बस्तीमा विद्युत् सेवा पुगेपछि विद्यालयले डिजिटल माध्यमबाट पठनपाठन गराउन थालेका हुन् । यसले शिक्षकलाई विषयवस्तु स्पष्ट ढङ्गले प्रस्तुत गर्न र विद्यार्थीलाई पनि बुझ्न सजिलो हुने यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो । ग्रामीण क्षेत्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • १०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]