समाचार

    Showing १,७६१-१,७७० of १२,३९० items.
  • झापाको दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

    इटहरी । झापाको दमक नगरपालिका वडा नं १० स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रशाईका अनुसार संक्रमण फैलिन नदिन २० मिटर वरिपरि क्षेत्रलाई संकटग्रस्त घोषित गरी विज्ञ पशु प्राविधिक बाहेक अन्य व्यक्तिको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।  संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। सञ्चा

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १६९ पटक पढिएको
  • विश्व क्षयरोग दिवसः मोरङमा सङ्क्रमण र मृत्युदर बढ्दो

    इटहरी। सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएर रोकथाम, नियन्त्रण र उपचारमा सक्रियता देखाइरहेको भएपनि मोरङमा रोगको सङ्क्रमण र त्यसबाट हुने मृत्युदरमा कमी आउन सकेको छैन ।जिल्लामा स्वास्थ्य क्षेत्रको निरन्तर निगरानी र उपचारका प्रयास जारी रहँदा पनि क्षयरोगको सङ्क्रमण र मृत्युदर दुवै ग्राफ बढ्दा सरकारी लक्ष्यप्राप्तिमा चुनौती देखिएको छ ।स्वास्थ्य कार्यालय मोरङको पछिल्लो ३२ महिनाको तथ्याङ्क अनुसार जिल्लामा क्षयरोगको अवस्था नियन्त्रणतर्फ भन्दा पनि प्रशारणतर्फ उन्मुख देखिएको हो । यस अवधिमा मात्रै तीन हजार ४४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १०५ जनाले ज्यान गुमाइसकेका छन् । स्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १८६ पटक पढिएको
  • सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    इटहरी। झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमबार साँझ करिब ६ः३० बजे बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११–सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक कचनकवल–४ का ५० वर्षीय सुकदेब गणेशको मृत्यु भएको हो । घाइते गणेशलाई उपचारका लागि ओमसाइ पाथिभरा अस्पताल लैजानसाथ चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ । दुर्घटनामा संलग्न सिटी सफारी चालक कचनक

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ७७ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

    इटहरी  । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु भएको छ ।प्रहरीकाअनुसार सोमबार पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ बस्ने हरि श्रेष्ठका छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आफ्ना अभिभावक र आफन्तसँग आएका अढाइ वर्षीय बालक सोहन पाथीभरा दर्शन गरेर फर्कने क्रममा बिरामी भएका थिए ।पाथीभरा दर्शन गरी फर्कदै गर्दा बाटोमै बिरामी भएका बालकलाई दिउँसो ३ बजेतिर उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो । उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएका बालकलाई करिव ३स्२० बजे चिकित्सक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २१८ पटक पढिएको
  • धनुकुटाको हिलेमा मङ्गलबारबाट सुरु हुने १८औँ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको तयारी पूरा

    इटहरी। धनुकुटाको हिलेमा मङ्गलबारबाट सुरु हुने १८औँ संस्करणको रामनवमी कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । खेलमैदान ब्यबस्थापन, खेलाडी, रेफ्री ब्यबस्थापन लगायतका सबै तयारी पुरा भएको आयोजक हिले भलिबल क्लबले जनाएको छ । प्रतियोगितामा पूर्वका बिभिन्न नौ पालिकाले सहभागिता जनाउने भएका छन् । धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको आमचोक, अरुण, राम प्रसाद राई, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका गाउँपालिका तथा झापाको कन्काई नगरपालिकाको टिम रहेका क्लवका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।प्रतियोगितामा विजेता टोलीले २ लाख २ हजार २२

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १६९ पटक पढिएको
  • ताप्लेजुङका सांसद क्षितिज थेबे गाउँ–गाउँ पुग्दै मतदाता भेटघाटमा व्यस्त, स्थानीय समस्या समाधानमा प्रतिबद्धता

    इटहरी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ । नवनिर्वाचित सांसद अर्थात प्रतिनिधिसभा सदस्य थेबेले गाउँ–गाउँमा पुगेर मतदातासँग भेट गरिरहनुभएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि थेबेले यतिबेला जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका केही र सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा पुगेर सांसद थेबेले मतदातासँग भेट गरी रहनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा मतदातालाई धन्यवाद दिन र स्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १३० पटक पढिएको
  • भारतबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा झापाका सनम बुर्जा मगर र धादिङका प्रकाश अधिकारी पक्राउ

    इटहरी । भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही इश्वरपुर –४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा ११ स्थित बसपार्कमा डेरागरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लाष्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लाष्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागूऔष

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १८९ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८२’ सुरू

    इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा ‘स्ववियु कप २०८२’ अन्तर्गत सप्ताहव्यापी खेलकुद समारोह सोमबारदेखि सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसको खेलमैदानमा आयोजित उद्घाटन कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक, हलगडा हुँदै पुनः क्याम्पससम्म करिब तीन किलोमिटरको ‘जे.एम.सी रन’ पनि आयोजना गरिएको थियो । उद्घाटन खेलमा क्याम्पसका

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २१८ पटक पढिएको
  • अस्पताल भवन अलपत्र पारेको भन्दै हलेसी नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी

    इटहरी। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ९हलेसी०मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुनारहिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिइन् ।हलेसीमा २०८० सालमै बनिस

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १४५ पटक पढिएको
  • वराहक्षेत्र–११ मा आधुनिक सार्वजनिक शौचालयको उद्घाटन

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालयको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।वराहक्षेत्र नगरपालिका र जेएफपीआरको सहयोगमा निर्माण गरिएको उक्त शौचालयमा महिला, पुरुष र अपाङ्गमैत्रीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले शौचालयको समुद्घाटन गर्नुहुँदै यसले स्थानीयवासीलाई सहज, सुरक्षित र स्वच्छ सुविधा उपलब्ध गराउने बताउनुभयो । त्यस्तै कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कृष्ण कुमार महतोले यस शौचालयले मधुवन बजार क्षेत्रको स्वच्छताको रूपमा काम गर्ने विश्वास

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]