समाचार

    Showing १,७४१-१,७५० of १२,३९० items.
  • पथरीमा पारुहाङ सरस्वती टोल विकास समितिद्वारा सार्वजनिक चौतारा र धारा निर्माण

    इटहरी । पुर्वी मोरङको पथरी शनिश्चरे वडा नं २ को पारुहाङ  सरस्वती टोल विकास समितिले सार्वजनिक बिसौनी चौतारा र धारा निर्माण गरेको छ । यात्रीहरू तथा बुढापाकाहरुलाई आफ्नो साथी संगीसँग मनको भावना साटासाट गर्न र तिर्खा लाग्दा पानी पिउन  सजिलो होस् भन्ने उद्देश्यले  सार्वजनिक फलैचा र धारा निर्माण गरिएको हो । नयाँ शुद्ध पिउने पानीका सार्वजनिक धाराहरू र फलैचाहरुको औपचारिक रुपमा सोमबार पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले उद्घाटन गर्नुभएको थियो । पारुहाङ सरस्वती टोल विकास समितिको संयुक्त पहलमा सार्वजनिक चौतारा, धारा र अफिसको निर्माणका लागि १ लाख १५ हजार रुपैयाँ बराब

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४० पटक पढिएको
  • धरानमा युवती अपहरणपछि बलात्कार र लुटपाट, सीटी सफारी चालक पक्राउ

    इटहरी । सुनसरीको धरानमा एक युवतीलाई अपहरण गरी जङ्गलमा लगेर बलात्कार तथा लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती उक्त घटनाको शिकार बनेकी हुन्। प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट पुरानो कपडा लिन धरान आएकी ती युवती फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला एक अपरिचित व्यक्तिले सीटी सफारीमा चढ्न आग्रह गरी उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितले युवतीलाई साकेला पार्क नजिकको एकान्त जङ्गल क्षेत्रमा लगेर कुटपिट गरी अचेत बनाएको र त्यसप

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १७२ पटक पढिएको
  • मेची राजमार्ग अवरुद्ध जोखिमः इलामबासीको वैकल्पिक सडक माग

    इटहरी ।  मेची पहाड जोड्ने मेची राजमार्गअन्तर्गत इलामको माइखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामबासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् । वर्षौंदेखि जमिन भासिने र बग्ने समस्या हुँदैआएको यो खण्डमा गएको असोज १८ को वर्षा र बाढी पहिरोसँगै पुनः अवरुद्ध भएपछि अबको वर्षाको समयमा पनि यहाँबाट यातायात सञ्चालन नहुने अवस्था रहेको भन्दै जिल्लाबासीले सरकार र जिल्लास्थित सरोकारवाला निकायलाई तत्काल यसको विकल्पमा काम गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वपक्षीय भेलामा सहभागीले असोज १८ को विपद्पछि उक्त स्थानमा विभिन्न प्रविधि अप

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १०७ पटक पढिएको
  • इटहरीको पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरमा‌ भीषण आगलागी

    इटहरी । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधवार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका ६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उहाँले जानकारी दिाुभयो । आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो । इटहरी उपमहानगरपालिकाको

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४७ पटक पढिएको
  • पाख्रीबासमा व्यावसायिक बन्दै केरा खेती

    इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–९ का कृषक शुक्रराज राईले करिब ४० रोपनी क्षेत्रमा केरा खेती सुरु गर्नुभएको छ । धान तथा अन्य खेती गर्न कामदार समस्या हुन थालेपछि उहाँ केरा खेतीतर्फ लाग्नुभएको हो । तीन वर्षअघि सुरु गरेको केरा खेती अहिले उहाँको आम्दानीको एक राम्रो माध्यम बनेको छ । अन्य खेतीभन्दा केरा खेती गर्न सहज हुने, कामदार तथा श्रमसमेत कम लाग्ने भएकाले केरा खेतीतर्फ लागेको उहाँको भनाइ छ । धनकुटामा शुक्र राई जस्तै व्यासायिक रूपमै केरा खेती गरिरहेको कृषक भेट्टाउन निक्कै मुस्किल छ । राईको सिको गर्दै उहाँका छिमेकीसमेत यो खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँठाउँमा पहिलेदेखि नै  हुँदै आएक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १६३ पटक पढिएको
  • हिलेमा रामनवमी कप भलिवल प्रतियोगिता सुरु

    इटहरी । धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिवल प्रतियोगिता सुरु भएको छ । हिले भलिवल क्लबको आयोजनामा हिले खेलमैदानमा भएको उद्घाटन खेलमा भोजपुरको राम प्रसाद राई गाउँपालिका बिजयी भएको छ । राम प्रसाद राईले भोजपुरकै हतुवागढी गाउँपालिकालाई सेट स्कोर १९–२५, २५–२३, २४–२६, २५–०९, १५–१० ले पराजित गरेको हो । प्रतियोगितामा हतुवागढी र राम प्रसाद राईसहित धनकुटाको पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको अरुण र आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका र झापाको कन्काई नगरपालिका गरी ९ टिम सहभागी छन् । यसबारे क्लबका अध्यक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १११ पटक पढिएको
  • मोरङ–सुनसरीमा बर्डफ्लु र एचवान एनवान फैलिँदा लाखौँ कुखुरा नष्ट, व्यवसायमा असर

    इटहरी । कोशी प्रदेशका मोरङ–सुनसरीका १० वटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका आठ वटा फार्ममा लेयर्स र दुई वटा फार्मका बोइलर कुखुरा नष्ट गरिसकिएको छ । व्यवसायीले अहिलेको सङ्क्रमण देखिनुलाई दुई आधार मानेका छन् । जसमा चैतमा हुनुपर्ने बराबरको तापक्रम नहुनु र माघमा विहारमा बर्डफ्लु सङ्क्रमण फैलँदा नेपालका नाकाबाट कुखुरा प्रवेश नरोक्नु । नेपाल लेयर्स कुखुरापालक सङ्घ सुनसरी–मोरङका अध्यक्ष होम बाँस्तोलाका अनुसार अहिलेसम्म बर्डफ्लुबाट सङ्क्रमित ३५ हजार कुखुरा र त्यससँग सम्बन्धित सम्पूर्ण सरसामग्री, खोरको सुली र खोरल

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ११० पटक पढिएको
  • ताप्लेजुङबाट निर्वाचित सांसद गाउँ पुगेर मतदाता भेट्दै

    इटहरी ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेवे यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य थेवेले गाउँ गाउँमा पुगेर मतदातासँग भेट गरिरहनुभएको हो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि थेवेले यतिबेला जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका केही र सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा पुगेर सांसद थेवेले मतदातासँग भेट गरिरहनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा मतदातालाई धन्यवाद दिन र स्थानीय जनताको समस

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४५ पटक पढिएको
  • ताप्लेजुङमा नेरुवा खोलाको निर्माणाधीन मोटरेवल पुल भाँचियो

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा निर्माण गरिँदै आएको मोटर गुड्ने (मोटरेवल) पुल भाँचिएको छ । मङ्गलबार साँझ भएको वर्षापछि नेरुवा खोलामा आएको बाढीका कारण निर्माणाधीन उक्त पुल भाँचिएको हो । मैवाखोला गाउँपालिका–५ र वडा ६ फाकुम्बा जोड्ने गरी नेरुवा खोलाको खार्तेमा मोटर गुड्ने पुल निर्माण गरिँदै आएको थियो । पूर्वाधार विकास कार्यालय ताप्लेजुङमार्फत निर्माण हुँदै आएको उक्त पुल खोलामा आएको बाढीका कारण भाँचिएको हो । निर्माण कार्य करिव अन्तिम चरणमा पुगेका बेला पुल भाँचिएको पूर्वाधार विकास कार्यालय ताप्लेजुङका प्रमुख सिनियर डिभिजन इन्जिनियर कुमार कुसलय कर्णले जानकारी दिनुभयो । सिड

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १०१ पटक पढिएको
  • इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने

    इटहरी ।  इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव आयोजना

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]