समाचार

    Showing १,७३१-१,७४० of १३,३६५ items.
  • कारबाहीको हल्लापछि देवराज तामाङको विज्ञप्ति, समाचारलाई भने तथ्यहीन

    कारबाहीको हल्लापछि देवराज तामाङको विज्ञप्ति, समाचारलाई भने तथ्यहीनसुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले आफूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको भन्ने विषयमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू पूर्ण रूपमा भ्रामक, तथ्यहीन र आधारहीन रहेको बताएका छन्। सोमबार जारी गरेको विज्ञप्तिमार्फत उनले उक्त समाचारको औपचारिक रूपमा खण्डन गर्दै सत्यतथ्य पुष्टि नगरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।केही अनलाइन सञ्चारमाध्यममा "नेपाली कांग्रेसले पार्टीको निर्देशन अवज्ञा गरेको आरोपमा मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभ

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७० पटक पढिएको
  • बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडललाई दिने तयारी

    इटहरी। भारतको बथनाह–कटहरी रेल यातायात अन्तर्गत बथनाहादेखि आइसिपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टरमोडल यातायात विकास समितिलाई दिने तयारी गरिएको छ । कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका चार ट्र्याकमध्ये दुई वटा ट्र्याक इन्टरमोडलले प्रयोग गर्ने छ । कार्गो रेलसेवासमेत इन्टरमोडलले नै गर्ने छ । ट्र्याक हस्तान्तरण नेपाल रेल कम्पनी लिमिटेडले गर्नुपर्ने हुन्छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार कति वर्षका लागि दिने र कसरी सञ्चालन गर्ने भन्ने विषयलाई निरूपण गर्न समितिले काम गरिरहेको छ । यसका लागि नेपाल रेल कम्पनी लिमिटेडले सहजीकरण गरिरहेको छ । रे

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७१ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिकाद्वारा ४७ करोड ४२ लाख रुपियाँको बजेट सार्वजनिक, पूर्वाधार र सडक विस्तारलाई मुख्य प्राथमिकता

    इटहरी । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम ९डम्बर० को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपियाँ र पूँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडालाई चालु खर्चका लागि ४ लाख रुपियाँका दरले बजेट छुट्याएको छ । यस्तै, पूँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपियाँ सुन

    • प्रकाशित मितिः असार १०, २०८३
    • २२० पटक पढिएको
  • बसाइँसराइ प्रभावित धनकुटाको छथर जोरपाटीमा जमिनको सदुपयोग गर्न लागत साझेदारीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालन

    इटहरी  । बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तार गर्न आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ।कृषि ज्ञान केन्द्र धनकुटाले छथर जोरपाटी गाउँपालिका–३ र ४ का बन्चरे, सिभुवा तथा तेलियाका पाथीभरा, गुठ, पिप्ले र मार्से लगायतका क्षेत्रमा स्थानीय किसानसँगको लागत साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरेको हो। करिब एक हजार २०० रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई माल्दह जातका ६ हजार बिरुवा वितरण गरिएको छ।कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाका अनुसार बसाइँसराइका कारण खाली भएको जमिनको सदुपयोग गर्दै त्यस क्षे

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७१ पटक पढिएको
  • विराटनगर महानगरपालिकाद्वारा चालु वर्षको लक्ष्य भेट्न नसकेपछि आगामी आर्थिक वर्षको बजेटको आकार घटाइँदै

    इटहरी। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणको कार्यलाई अन्तिम चरणमा पु(याएको छ । महानगरले बुधबार  बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । महानगरका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार आगामी वर्षको बजेटको आकार चालु आवको तुलनामा घट्ने निश्चित भएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावट र आन्तरिक राजस्व सङ्कलनको लक्ष्य भेट्न नसकिने अवस्था आएपछि महानगरले बजेटको आकार घटाउन लागेको हो । उपप्रमुख कार्कीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य र प्रविधिमैत्री सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । बजेटको आकार घट्नुमा बाह्य र आन्तरिक दुवै कारण

    • प्रकाशित मितिः असार १०, २०८३
    • १३५ पटक पढिएको
  • तेह्रथुमको लालीगुराँस नगरपालिकामा ११ करोड ४५ लाखको लागतमा निर्मित मिनी मार्केट सञ्चालनमा

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकामा कृषि विकास र बाल स्वास्थ्य प्रवद्र्धनसँग सम्बन्धित दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् । बसन्तपुर बजारमा आज देखि मिनी मार्केट सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल तथा अन्य कृषि उपजको संकलन, भण्डारण र बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख माबोहाङले मिनी मार्केटले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उत्पादनपछि सुरक्षित भण्डारण र उच

    • प्रकाशित मितिः असार ९, २०८३
    • २५८ पटक पढिएको
  • समुदाय स्तरमा विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु

    इटहरी । मोरङका दुई स्थानमा आज देखि “समुदाय स्तरमा विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण सम्बन्धी तालिम तथा सचेतनामूलक कार्यक्रम“ एकैसाथ शुभारम्भ भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा यो कार्यक्रम सुरु भएको हो । स्थानीय तहका नगर प्रहरी र नागरिकलाई लक्षित गरी सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्नु रहेको छ । असार १५ गतेसम्म चल्ने तालिमको पहिलो कार्यक्रम मोरङको कंकालिनी गणमा कोशी प्रदेशका आन्तरिक मामिला तथा क

    • प्रकाशित मितिः असार ९, २०८३
    • २६९ पटक पढिएको
  • झापाको शिवसताक्षीमा सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु

    इटहरी । झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु गरेको छ । सोमबार एकैदिन झिलझिले आसपासमा आधा दर्जनभन्दा बढी मानिसलाई सामुदायिक कुकुरले टोकेपछि स्थानीयवासी त्रसित बनेका छन् । कुकुरको आक्रमणबाट मानिस तथा गाईबस्तु असुरक्षित बनेपछि स्थानीयले नगरपालिकासँग तत्काल पहल गर्न माग गरेका थिए । घटनापछि नगरपालिकाले सबै सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने र सम्भव भएसम्म बन्ध्याकरण गर्ने व्यवस्था मिलाउन पशु सेवा शाखालाई निर्देशन दिएको थियो ।नगर प्रमुख मेगाहाङ थोप्राका अनुसार मंगलबार बिहानदेखि नगरपालिकाको प्राविधिक टोली परिचालन गरी अभियान सुरु गरिएको छ । टोल

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०९ पटक पढिएको
  • धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु

    इटहरी । धनकुटास्थित सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हेडक्वाटर छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम सुरु गरिएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी मुख्यालय पकली ९सुनसरी० र सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हेडक्वाटर छिन्ताङ ९धनकुटा० को संयुक्त आयोजनामा तालिम सुरु भएको हो। तालिममा १३ जना पुरुष र सात जना महिला गरी जम्मा २० जना प्रशिक्षार्थी सहभागी छन्। तीमध्ये १३ जना विपद् सूचक तथा स्थानीय बासिन्दा र सात जना नगर प्रहरी छन्। मङ्गलवारदेखि सुरु भएको तालिम सात दिनसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३१ पटक पढिएको
  • विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

    इटहरी । विराटनगरको एक चर्चित रेस्टुरेन्टमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रसायन प्रयोग गरी मिठाई उत्पादन गरिएको खुलेपछि खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनमा मिथिला थाली विराटनगरमा मिठाई उत्पादनका क्रममा ‘हाइड्रो’ नामक रसायन र कृत्रिम रङ प्रयोग गरिएको भेटिएको हो। अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको, लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखिएको तथा करिब पाँच किलो तयारी मिठाईसमेत जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ।अनुगमन टोलीका अनुसार रेस्टुरेन्टको भान्सा अत्यन्त अस्वच्छ अवस्थामा भेटिएको थियो। खाद

    • प्रकाशित मितिः असार ९, २०८३
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]