इटहरी । बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनको आयोजनामा बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ ‘किड्स ट्यालेन्ट फेस्ट २०८३’ सम्पन्न भएको छ। बराहक्षेत्र–५, कालाबन्जरस्थित बराह मन्टेस्वरी एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा चित्रकला, नृत्य, अङ्ग्रेजी वक्तृत्वकला तथा हस्तलेखन लगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बराह मन्टेस्वरी एकेडेमी, कोकोमेलान मन्टेस्वरी र ए के मन्टेस्वरीका बालबालिकाहरूले सहभागिता जनाएका थिए । एसोसिएसनका अध्यक्ष एवम् सभाध्यक्ष हरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार राई प्रमुख
इटहरी । मोरङको पथरी शनिश्चरेमा आगामी असोज १७ गतेदेखि आयोजना हुने ’तेस्रो पथरी शनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी ७५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको छ । पथरी–११ फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, घाँस काट्ने, सम्याउने तथा दर्शकका लागि अस्थायी प्यारापिट निर्माणको कामलाई तीव्र पारिएको हो। आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार दैनिक ३ देखि ५ हजारसम्म दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ। प्रतियोगितामा आयोजक पथरी–११, भारतको युनाइटेड कुर्सेओङ फुटबल क्लब, ललितपुरको थ्री स्टार क्ल
इटहरी । इलाका प्रहरी कार्यालय पथरी, मोरङले २०८३ सालको भदौ महिनामा १८ वटा विभिन्न आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले भदौ महिनाको कार्यसम्पादन, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी लागूऔषधतर्फ १० वटा रहेका छन्, जसअन्तर्गत १० जनालाई २१ ग्राम ६७० मिलिग्राम लागूऔषध सहित पक्राउ गरी ३ जनालाई सुधार गृह पठाइएको छ। यस्तै जबरजस्ती करणीका २, बैंकिङ कसुरका २, अभद्र व्यवहारका ३ र भवितव्य ज्यानको १ मुद्दा दर्ता भएका छन
इटहरी । युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी करियरको सही दिशा तय गर्न र स्पष्ट लक्ष्य निर्धारणमा सहयोग पु¥याउने उद्देश्यले इनरुवामा एकदिने करियर मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ। ’वी फर चेन्ज’ अभियानको आयोजनामा इनरुवा वडा नम्बर ६ स्थित लेमन होटलमा आयोजित उक्त कार्यक्रममा साविक मधेशाका विभिन्न वडाका ४२ जना जेन्जी नवयुवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा अभियान्ता मौसम कोइरालाले मुख्य प्रशिक्षकका रूपमा सहभागी युवाहरूलाई सही करियर छनोट, लक्ष्य निर्धारण, क्षमता पहिचान र भविष्य निर्माणका विषयहरूमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहभागी डा. दिवस कार्कीले युवाहरूको क्
इटहरी। मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन १३२र३३ केभी सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका वायरिङ, ट्रान्सफर्मर जडान र पोल विस्तारलगायत अधिकांश काम सम्पन्न भइसकेका छन्। आयोजनाका इन्जिनियर राजेश साहका अनुसार असोज १७ गते हाईटेन्सन लाइनबाट सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उनले बताए।२०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजना असोजभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सबस्टेशन सञ्चालनमा आएप
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा वीरबहादुर दर्नाल ‘वीरु निर्विरोध निर्वाचित भएका छन्।शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट समावेशी दलित कोटातर्फ दर्नाल निर्विरोध निर्वाचित भएका हुन्। समावेशी दलित कोटामा दर्नालसँगै गजेन्द्र नेपालीको उम्मेदवारी परेको थियो। अन्तिम समयमा नेपालीले दर्नाललाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।यता दलित कोटातर्फ भने चार जनाको उम्मेदवारी परेको छ। उम्मेदवारबीच सहमति जुट्न नसकेपछि उक्त कोटामा आइतबार असोज ११ गते निर्वाचन हुने भएको छ।
इटहरी। विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० मा रहेको श्री प्रकाश माध्यमिक विद्यालयले विद्यार्थीलाई कम्प्युटर सिकाउन सुरु गरेको छ । विद्यार्थीलाई कम्प्युटर सीपसँग जोड्ने छुट्टाछुट्टै समूह बनाएर शनिवबार र आइतबार कम्प्युटर सिकाउन थालिएको विद्यालयले जनाएको छ । विद्यालयमा उपलब्ध १७ वटा कम्प्युटर मर्मतसम्भार गरी विद्यार्थीलाई प्रयोगात्मक रूपमा कम्प्युटर शिक्षा दिन थालिएको प्रकाश माविले जनाएको छ । विद्यालयका अनुसार कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई समूह विभाजन गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । नियमित पठनपाठन प्रभावित नहोस
इटहरी। विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन तय भएको हो ।सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन् । कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरेको जानकारी दिएको छ। प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउने एजेण्डा तय गरिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघियतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल हुने बताए । प्रदेशहरुको आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको उनले जानकारी दिए ।सरकारले कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् ।दुई दशक लामो पत्रकारिता अनुभव, पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका र सार्वजनिक संस्थामा काम गरेको अनुभवलाई आधार बनाउँदै अधिकारीले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उनले पेशागत क्षेत्रबाट प्रतिनिधित्वको आकांक्षा व्यक्त गरेका हुन् । १४ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका अधिकारी यसपटक पनि उम्मेदवारको दाबी गर्दै अघि बढेका छन् । अधिकारी १४ औँ महाधिवेशनमा झिनो म
इटहरी। झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र फेला परेको थियो । हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका विप्लवलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ ।माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.