समाचार

    Showing १,६२१-१,६३० of १३,३५१ items.
  • रेडस्टार माविमा लोकतान्त्रिक अभ्यासबाट विद्यार्थी प्रतिनिधिहरू निर्वाचित

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवहारिक अभ्यास गराइएको छ । विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत ६ सय ५०  बढी छात्रछात्राले आगामी एक वर्षे कार्यकालका लागि स्कुल क्याप्टेन र भाइस क्याप्टेन प्रत्यक्ष मतदान मार्फत चयन गरेका हुन्।  यस कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली, मताधिकारको प्रयोग र नेतृत्व विकासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले बताउनुभयो । निर्वाचनमा सहभागी विद्यार्थीहरूले नेपालको संविधानले सुनिश्चि

    • प्रकाशित मितिः असार १७, २०८३
    • २०८ पटक पढिएको
  • डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु

    इटहरी  । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमण देखिएसँगै नियन्त्रणका लागि धनकुटामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।बुधबार स्वास्थ्य कार्यालय धनकुटाको आयोजनमा र्‍यालीसहितको सचेतना कार्यक्रमसहित अभियान सुरु गरिएको हो । कोशी राजमार्ग अन्तरगत धनकुटाको भीमनारायण चोकदेखि बसपार्कसम्म र्‍यालीसहितको सचेतना कार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गु रोगका बारे स्थानीयस्तरका नागरिकलाई जानकारी गराउँने उद्देश्यले डेङ्गु रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिनुभयो । सचेतना अभियानमा डेङ्गुबारे

    • प्रकाशित मितिः असार १७, २०८३
    • १९३ पटक पढिएको
  • मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

    इटहरी ।   मेचीनगर नगरपालिका–३, भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको  क्षति भएको छ ।आगलागीबाट घरका भाँडाबर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद  जलेको छ ।  पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ । मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।

    • प्रकाशित मितिः असार १७, २०८३
    • १९१ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय झापा द्धारा फरार प्रतिवादी पक्राउ

    इटहरी ।  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।  झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ सवारी ज्यान मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना तथा मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना सजाय तोकिएका प्रतिवादी हुन् । कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिए

    • प्रकाशित मितिः असार १७, २०८३
    • १६२ पटक पढिएको
  • हरिहरपुरका ५५ परिवारलाई लालपुर्जा वितरण

    इटहरी । धनुषाको मिथिला नगरपालिका(३, हरिहरपुरका ५५ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।बुधबार हरिहरपुरमा एक कार्यक्रमबिच नापी कार्यालय धनुषाको १ नम्बर नापी टोलीले ती परिवारलाई लालपुर्जा वितरण गरेको हो ।नापी टोलीका प्रमुख निरञ्जन यादवले साबिक हरिहरपुर गाविस वडा नम्बर ७ र ८ मा पुस्तौंदेखि गाउँब्लक जमिन भोगचलन गर्दैआएका परिवारलाई लालपुर्जा वितरण गरिएको बजानकारी दिनुभयो । उहाँले गाउँब्लक जग्गाको नापनक्सा तथा सबै कानुनी प्रक्रिया पुरा गरी लालपुर्जा वितरण गरिएको बताउँदै लालपुर्जा पाउनबाट वञ्चित रहेका परिवारलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।टोली प्रमुख यादवले लालपुर्जा

    • प्रकाशित मितिः असार १७, २०८३
    • २३६ पटक पढिएको
  • कोशी प्रदेशमा दर्ता भएका १२९ मध्ये ४४ एफएम रेडियो सङ्कटका कारण बन्द, १६ वटा सामुदायिक रेडियो सहित मोफसल पत्रकारिता मारमा

    इटहरी। आर्थिक मन्दी, घट्दो विज्ञापन बजार, डिजिटल माध्यमतर्फ बढ्दो आकर्षण र नीतिगत सहयोगको अभावका कारण कोशी प्रदेशका विभिन्न स्थानमा रहेका १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा एफएम रेडियोको प्रसारण बन्द भएको छ । कोशी प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये ४४ वटा प्रसारण बन्द भइसकेको तथ्य सार्वजनिक भएपछि मोफसल पत्रकारिताको भविष्यप्रति गम्भीर चिन्तासमेत व्यक्त गरिएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कोशी प्रदेश मिडिया सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रले प्रदेशको सञ्चारक्षेत्र अभूतपूर्व आर्थिक सङ्कट, घट्दो विज्ञापन बजार, तीव्र डिजिटल रूपान्तरण र नीतिगत उपेक्षा

    • प्रकाशित मितिः असार १७, २०८३
    • १८६ पटक पढिएको
  • नेपाल भित्रिने विदेशी पर्यटक तान्न काँकडभिट्टा सीमा नाकामा पर्यटकीय संरचना निर्माण सुरु, ३२ वटा राष्ट्रिय झण्डा, सेल्फी बुथ र डिजिटल लाइटिङ राखिने

    इटहरी ।  नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले रु दुई लाख उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ । करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक

    • प्रकाशित मितिः असार १७, २०८३
    • १४० पटक पढिएको
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

    इटहरी । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो । दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण थालेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।जिल्ला समन्वय स

    • प्रकाशित मितिः असार १७, २०८३
    • १५३ पटक पढिएको
  • भोजपुरको मानेभञ्ज्याङ-बैकुण्ठे-बालाङखा सडक खण्डमा प्राविधिक मापदण्ड सुधार्न निर्देशन दिँदा सब–इन्जिनियरमाथि सामूहिक आक्रमण ,दोषी ६ जना नियन्त्रणमा

    इटहरी । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडकअन्तर्गत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारले निर्घात कुटपिट गरेका छन् ।सडक निर्माणको नियमित अनुगमनका क्रममा शाहले उक्त सडक खण्डको निर्माण कार्य प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले खटाएको क्षेत्रमा कर्मचारी अनुगमन गर्न जाँदा स्थानीय कामदारबाट कर

    • प्रकाशित मितिः असार १७, २०८३
    • १०७ पटक पढिएको
  • भोजपुरमा सडक अनुगमन गर्न गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

     इटहरी । मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ। शाहको टाउकोमा गम्भीर चोट पुगेको छ। अनुसन्धानका लागि छ जना कामदारलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ। घटनाको दुवै तर्फबाट यथा

    • प्रकाशित मितिः असार १६, २०८३
    • १९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]