समाचार

    Showing १,५९१-१,६०० of १३,३५१ items.
  • व्यवसायीको विश्वास जित्दै महेश थापाको चुनावी अभियान तीव्र

    इटहरी — इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा सदस्य पदका उम्मेदवार महेश थापाले व्यवसायीबीच आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। नवराज काफ्ले नेतृत्वको साझा समूहबाट उम्मेदवारी दिएका थापा यतिबेला घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत व्यवसायीका सुझाव र अपेक्षा संकलनमा सक्रिय छन्।लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय थापाले उद्योगी–व्यवसायीका साझा समस्या समाधान, संस्थागत सुदृढीकरण तथा युवा व्यवसायीको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायीसँगको प्रत्यक्ष संवादमार्फत संघलाई अझ प्रभावकारी, उत्तरदायी र सबैको साझा संस्था बनाउने आफ्नो लक्ष्य रह

    • प्रकाशित मितिः असार २०, २०८३
    • ६१४ पटक पढिएको
  • धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

    इटहरी । धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी टोली, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको थियो।प्रहरीले धरान–५ निवासी ३२ वर्षीय पर्वत दर्जी बस्दै आएको कोठामा खानतलासी गर्दा ब्राउनसुगर पाँच ग्राम पदार्थ बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार २०, २०८३
    • २२१ पटक पढिएको
  • कोशी प्रदेशका सीमावर्ती क्षेत्रको अनुगमनमा गृहमन्त्री, देशभरका प्रहरी कार्यालयका कमजोर भौतिक पूर्वाधार सुधार गर्ने सरकारको प्राथमिकता

    इटहरी । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो ।गृहमन्

    • प्रकाशित मितिः असार २०, २०८३
    • ३२३ पटक पढिएको
  • इटहरी–३ मा विकास निर्माणसँगै सेवा प्रवाह प्रभावकारी, स्थानीयवासी सन्तुष्ट

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा विकास निर्माणका कामसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले जनप्रतिनिधि र कर्मचारीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूका अनुसार जनप्रतिनिधि र कर्मचारीहरूले नागरिकका समस्यालाई सहज रूपमा सुनेर आवश्यक सेवा छिटोछरितो रूपमा उपलब्ध गराउँदै आएका छन्। कार्यालयमा अनावश्यक झन्झट कम भएको र आवश्यक जानकारी तथा सहजीकरण समयमै पाइने गरेको स्थानीयको भनाइ छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै विकास निर्माणका

    • प्रकाशित मितिः असार २०, २०८३
    • ३०६ पटक पढिएको
  • इटहरी–४ मा विकास निर्माणले गति लियो, विभिन्न टोलमा सडक कालोपत्रे, ग्राभेल र कल्भर्ट निर्माण जारी

    इटहरी  । इटहरी उपमहानगरपालिका–४ ले वडाभित्रका विभिन्न टोलमा सडक पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । वडाको वार्षिक विकास योजना अन्तर्गत कालोपत्रे, ग्राभेल, कल्भर्ट निर्माण, नाली व्यवस्थापन तथा सडक मर्मतका काम एकसाथ अघि बढाइएका हुन्। वडा कार्यालयले नागरिकको दैनिक आवागमन सहज बनाउने उद्देश्यका साथ आवश्यकता अनुसार विभिन्न स्थानमा सडक स्तरोन्नतिको काम गरिरहेको जनाएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अघि बढाएका छन्। सडक कालोपत्रे, सडक बत्ती जडान, पुल तथा कल्भर्ट निर्माण, सार्वजनिक स्थल संरक्षण

    • प्रकाशित मितिः असार २०, २०८३
    • १७२ पटक पढिएको
  • लालीगुराँसमा जैविक तथा कम्पोष्ट मल निर्माण कारखाना उद्घाटन, अर्गानिक खेती विस्तारमा नगरको जोड

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा जैविक तथा कम्पोष्ट मल निर्माण कारखानाको उद्घाटन गरिएको छ । नगरपालिकाको कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत स्थापना गरिएको कारखानाले स्थानीय किसानलाई गुणस्तरीय जैविक मल उत्पादन तथा अर्गानिक खेती प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको उल्लेख गर्दै अब अर्गानिक खेती नै दिगो कृषि विकासको आधार भएको बताउनुभयो । उहाँले नगरपालिकाले किसानलाई अर्गानिक उत्पादनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्ता

    • प्रकाशित मितिः असार २०, २०८३
    • ९० पटक पढिएको
  • नेपाली सिमेन्ट, फलाम र प्लाइउड निर्यातमा भारतको गैरभन्सार अवरोध,तीन महिनादेखि प्रमाणपत्र रोकिएपछि विराटनगरका उद्योगीद्वारा कूटनीतिक पहलको माग

    इटहरी ।  नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेका छन् । नेपालका उद्योगका लागि भारतीय मानक ब्युरो ९ब्युरो अफ इन्डियन स्टान्डर्स–बिआइएस० जारी तथा नवीकरण नगरिदिएपछि निर्यातकर्ता नेपाली उद्योगीले विभागीय मन्त्रालयसँग सहजीकरण अनुरोध गरेका हुन् । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआइएसको नयाँ अनुमति र पाइसकेर म्याद नाघेकाको नवीकरण गरेको छैन । यो पछिल्लो तीन महिनायताकै गैरभन्सार अवरोध रहेको उद्योगीको भनाइ छ । बिआइएस सबै उद्योगले एकै पटक नपाएर क्रमशः पाउने भएकाले समस्या अहिले धेरै उद्योगसम्म जोडिए

    • प्रकाशित मितिः असार २०, २०८३
    • १८२ पटक पढिएको
  • विगतको निराशा चिर्दै नयाँ सरकारले जगायो आशा, सेवा प्रवाह र डिजिटल शासनको क्षेत्रमा कोशी प्रदेशका पेसाकर्मी र सर्वसाधारणको सकारात्मक प्रतिक्रिया

    इटहरी। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने शैलीबाट निकै आशावादी भएका छन् ।  नागरिक समाज इटहरीका पूर्वअध्यक्ष तथा समाजसेवी सन्तबहादुर डुम्जनले नवगठित सरकारले सय दिनमा सुशासन, प्रशासनिक सुधार र विकासलाई गति दिने सङ्केत देखिएको बताउनुभयो । उहाँले सरकारले उद्योग सञ्चालन, रोजगारी सिर्जना, कृषि उत्पादनको उचित मूल्य निर्धारण, विकास आयोजना समयमा नै सम्पन्न गर्न र सार्वजनिक सेवा सहज बनाउन अझ बढी ध्यान दिनुपर्ने पनि बताउनुभयो ।  विगतका सरकारप्रति बढेको निराशाबिच बनेको राष्ट्रिय स्वतन्त्र

    • प्रकाशित मितिः असार २०, २०८३
    • १६८ पटक पढिएको
  • 'साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य

    इटहरी — इटहरी उद्योग वाणिज्य संघको सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यले साना तथा मझौला व्यवसायीको सशक्तीकरण बिना बजार चलायमान हुन नसक्ने बताएकी छन्।आगामी असार २७ गते हुने निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीमा उनले अहिले बजार मन्दी, घट्दो कारोबार, उच्च बैंक ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता व्यवसायीका मुख्य समस्या रहेको उल्लेख गरिन्। यी चुनौती समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।निर्वाचित भए व्यवसायीका समस्या सुन्ने, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना तथा मझौला व्यवसायील

    • प्रकाशित मितिः असार १९, २०८३
    • ७८९ पटक पढिएको
  • अनुभव, समन्वय र विश्वासका उम्मेदवार : उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा नवराज काफ्ले

    इटहरी । लामो समयदेखि इटहरीको व्यावसायिक क्षेत्रमा सक्रिय रहेका व्यवसायी नवराज काफ्ले यसपटक उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। सार्वजनिक चर्चा र प्रचारभन्दा पनि काममार्फत आफूलाई स्थापित गरेका काफ्लेलाई अनुभवी व्यवसायीहरूको साझा रोजाइका रूपमा हेरिएको छ।उद्योग वाणिज्य संघको विभिन्न कार्यकालमा जिम्मेवारी सम्हालिसकेका काफ्लेले विशेषगरी भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संघको वर्तमान सुविधासम्पन्न भवन निर्माण प्रक्रियामा उनले आर्थिक व्यवस्थापन र समन्वयको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको भन्दै सहकर्मी व्यवस

    • प्रकाशित मितिः असार १९, २०८३
    • ३७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]