समाचार

    Showing १,३९१-१,४०० of १२,३८६ items.
  • सरकारी निकायबीच समन्वय नहुँदा लेटाङको ढल आयोजना संकटमा: थप ४० करोड आवश्यक

    इटहरी  । मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन नजिकै दुई विगाह क्षेत्रफलमा दुई वटा ठुला भवन निर्माण भएका छन् । ढल डम्पिङका लागि भवन नजिकै दुई वटा विशाल ट्यांकी निर्माण गरिएको छ । सुरक्षागार्ड बस्ने घर, विद्युत तथा खानेपानीलगायतका पूर्वाधारसमेत तयार भइसकेको भए पनि स्रोत सुनिश्चित नहुँदा ढल निर्माण तथा प्रशोधन आयोजना ९मेघा प्रोजेक्ट० सात वर्षदेखि अलपत्र अवस्थामा छ । वन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजनाबीच समन्वय नहुँदा दुई वर्षमा सम्पन्न हुने भनिएको आयोजना सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । लेटाङ नगरपालिकाको फोहोर तथा ढल व्यवस्थापनका लागि सङ्घीय खानेपा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १८४ पटक पढिएको
  • इन्धनको मूल्यवृद्धिको असर: इनरुवाका किसान पुनः हलगोरुतिर फर्किए

    इटहरी। इनरुवा नगरपालिका–९, बबियाका किसानले इन्धनको भाउ बढेपछि हलगोरुले खेती गर्न सुरु गरेका छन् । दशकअघिदेखि हलगोरु पाल्ने किसान घट्दै गएकोमा पच्छिलो समय डिजेलको मूल्य बढेर खनजोत प्रविधिमासमेत त्यसको असर परेकाले त्यसलाई ध्यानमा राखेर केही किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका छन् ।इन्धनको मूल्य बढेकाले हलगोरुको आवश्यकता महसुस भएर इनरुवाका किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका हुन् । ट्याक्टरले खेत जोत्दा प्रतिकट्ठा दुई सय रुपियाँ लाग्दै आएकोमा इन्धनको भाउ बढेको भन्दै प्रतिकट्ठा जोताइमा चार रुपियाँ लिन थालेपछि बाध्य भएर खेत जोत्न हलगोरुको प्रयोग गरेको इनरुवा नगरपालिक

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १४० पटक पढिएको
  • फाल्गुनन्द अध्यक्ष कपको उपाधि नव किरण स्पोर्टिङ क्लब झापालाई

    इटहरी ।  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक तिजोक युवा क्लब नवमीडाँडालाई २–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । पहिलो हाफमा दुवै टिमबाट कुनै गोल नभए पनि दोस्रो हाफमा नव किरण झापाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको थियो ।उपाधिसँगै विजेता टिम झापाले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक तिजोक युवा क्लब नवमीडाँडाले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी,

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १५६ पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

    इटहरी । झापाको गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । शनिवार साँझ करिब ७ः५० बजे दमकबाट गौरादह तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते हुनुभएको २७ वर्षीय पदमबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मगर मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो । घाइते मगरको दाहिने आँखाको डिलमा चोट लागेको थियो । तत्कालै उद्धार गरेर प्रारम्भिक उपचारका लागि गौरादह नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । यहाँ उपचार ह

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ११७ पटक पढिएको
  • इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा प्रवेश

    इटहरी ।  प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार  सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ११३ पटक पढिएको
  • ताप्लेजुङमा तमोर नदीले बगाको एक बालक बेपत्ता

    इटहरी ।  ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिङमा शेर्पाका नौ वर्षीय छोरा फुर्वा शेर्पा तमोरले बगाएर बेपत्ता हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ र फुङ्लिङ नगरपालिका–२ हान्द्रुङबिच भएर बग्ने तमोर नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बालक बगेर बेपत्ता हुनुभएको हो । बालक बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय चाँगे दोभानमा खबर भएपछि तत्काल प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा बालकको खोजीका लागि प्रहरी टोली खटिएको थियो । प्र

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १४५ पटक पढिएको
  • बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना

    इटहरी । सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीस्थित उद्योगमा छापा मारेर नमुना संकलन गरेको थियो । प्रयोगशालामा गरिएको परीक्षणले बिस्कुटमा बाह्य वस्तु मिसिएको पुष्टि गरेपछि उद्योगमाथि कडा कारबाही गरिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर प्रमाणित भएपछि जरि

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १४५ पटक पढिएको
  • मोरङको रंगेलीमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    इटहरी । मोरङको रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दिउँसो करिब १३स्०२ बजे मे ४ प ९०१२ नम्बरको मोटरसाइकल र बीआर ३८ टी ०२८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मे ४ प ९०१२ नम्बरका चालक गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तत्काल इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी नायब निरीक्षक राज कुमार भुजेलको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उपचारकै क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नामथर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको उमेर अन्दाजी २५ देखि

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १६१ पटक पढिएको
  • सिदिङ्वाका महिलालाई ढाका कपडा बुनाई तालिम प्रदान

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ । व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुर, झापाको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको समन्वय र साझेदारीमा सो तालिम सम्पन्न भएको हो । गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख पुष्पकला वाग्लेका अनुसार पालिकाका विभिन्न वडाका १५ जना महिलालाई ६५ दिने आधारभूत ढाका बुनाई सम्बन्धी सीप सिकाइएको छ । तालिमका लागि आवेदन दिएका इच्छुक महिलाहरूलाई छनोट गरी प्रशिक्षणमा सहभागी गराइएको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो । गत शुक्रबार सम्पन्न सो तालिममा सहभागीहरूलाई व्यावसायिक सीप विकास तालिम केन्द्

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १८७ पटक पढिएको
  • विराटनगरबाट धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक पक्राउ

    इटहरी ।  धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले सिंगापुरका नागरिकहरुलाई केही बेरअघि नियन्त्रणमा लिएको हो । शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]