समाचार

    Showing १,३५१-१,३६० of १३,३४७ items.
  • धनकुटाको तल्लो टुँडिखेल सरसफाइ र मर्मतपछि पुनः सञ्चालनको तयारीमा

    इटहरी ।  करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाएको हो।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८२ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक प्रकाश अधिकारी पक्राउ

    इटहरी । मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो।झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई आइतबार ९साउन ९० इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना साउन ६ गते बिहान करिब १०ः१५ बजे भएको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २५६ पटक पढिएको
  • झापाको शरणामतिमा फोन विवादपछि खुकुरी–छुरी बोकेर आक्रमण गर्न पुगेका चार युवक पक्राउ

    इटहरी ।  सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।   शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामति निवासी २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  प्रहरीका अनुसार उनीहरू धारिलो हतियार बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका बेला स्थानीयले प्रहरीलाई

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १७७ पटक पढिएको
  • लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको पीभीएसटीएम ट्रेनिङ सम्पन्न

    इटहरी । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी नेपालको आयोजनामा तथा रिजन–२ को आतिथ्यतामा पीभीएसटीएम ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । २५ जुलाई २०२६ मा प्रिमियर ग्लोबल स्कुलमा आयोजित प्रशिक्षण कार्यक्रम लियो सदस्यहरूमा नेतृत्व क्षमता तथा जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रिजन–२ चेयरपर्सन अमरदीप पौडेलले गर्नुभएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर विकास अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट प्रवेश बास्ताकोटी, लियो क्लब चेयरपर्सन निराकर पोखरेल तथा डिस्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लोकेन्द्रप्रस

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १७८ पटक पढिएको
  • बर्जुतालको विकास र संरक्षण सङ्घीय सरकारको प्राथमिकतामा,मन्त्री खडकराज पौडेल

    इटहरी। सुनसरीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र बर्जुतालको संरक्षण र विकासका लागि सङ्घीय सरकारले काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा रहेको बर्जुताल भ्रमण अवलोकनका क्रममा  मन्त्री पौडेलले तालको संरक्षण, विकास तथा पर्यटकीय प्रवर्धन सरकारको प्राथमिकतामा रहने बताउनुभयो । उहाँले तालको विकासमा स्थानीय र प्रदेश सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यहाँको वन, संरचना र अन्य पर्यटन विकासका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो व्रmममा सुनसरी निर्वाचन क्षेत्र नं। ३ का सांसद अशोक चौधरीले ताल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १४७ पटक पढिएको
  • इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु भेटियो

    इटहरी । इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।माइजोगमाई गाउँपालिका वडा नं।६ र वडा नं।२ को सीमावर्ती क्षेत्र थुम्के रानी क्षेको समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु फेला परेको हो । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल हुनु भएको हो । आइतबार बिहानै चरा तथा वन्यजन्तुको खोजी गर्ने क्रममा उक्त भालु भेटिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १४३ पटक पढिएको
  • धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित भेडेटार–मान्दावा सडकखण्डबाट गाँजासहित दुई जना पक्राउ

    इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित भेडेटार–मान्दावा सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।शुक्रबार राति ११स्५५ बजे प्रहरी चौकी भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमान्डमा खटिएको टोलीले शंकास्पद रूपमा जाँच गर्दा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र साँगुरीगढी–३ मादेनका ३२ वर्षीय मदन याखा रहेका छन्। लिम्बूले चलाएको को २ ह १२९ नम्बरको टेम्पो जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी बिक्रीका लागि लैजाँदै गरेको ७२ किलो ३५ ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहर

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १८९ पटक पढिएको
  • पूर्वमा बत्ती जाने समस्या समाधान गर्न प्राधिकरण सक्रिय, मोरङ र सुनसरीमा स्थलगत अनुगमन सुरु

    इटहरी । पूर्वी नेपालमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति बढ्दो जनगुनासोपछि नेपाल विद्युत् प्राधिकरण सक्रिय बनेको छ।विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित बनाउन प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको हो। विराटनगरलगायत पूर्वी क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्यालाई तत्काल समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आवश्यक पहल गर्न निर्देशन दिएका थिए।  सोही निर्देशनपछि प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा न

    • प्रकाशित मितिः साउन ९, २०८३
    • २१६ पटक पढिएको
  • सुनसरीमा ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद, तीन मोटरसाइकल पनि नियन्त्रणमा

    इटहरी  । सुनसरी प्रहरीले रु। ७ लाख ९५ हजार बराबरका भन्सार छलीका लत्ताकपडा तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी पुगेपछि को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ सामान र मोटरसाइकल छाडेर फरार भएका थिए।प्रहरीले घटनास्थलबाट अनुमानित रु। ७ लाख ९५ हजार बराबरका ५४२ थान कुर्ता–सुरुवाल तथा तीन वटा मोटरसाइकल बरामद गरेको जनाएक

    • प्रकाशित मितिः साउन ९, २०८३
    • २२१ पटक पढिएको
  • बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ

    इटहरी ।  बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।  राति करिब ११ बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्माको साथबाट २ ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।  पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अ

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]