समाचार

    Showing १२१-१३० of १२,२०० items.
  • लायन्स क्लब अफ बाँसबारी, बलिया र लियो क्लब अफ बाँसबारीको पदस्थापना सम्पन्न

    इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत लायन्स क्लब अफ बाँसबारी, लायन्स क्लब अफ बलिया तथा लियो क्लब अफ बाँसबारीको लायन्स वर्ष २०२६÷२७ को इन्डक्सन एण्ड इन्स्टलेसन समारोह शनिबार सम्पन्न भएको छ । शनिबार सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा आयोजित समारोहमा लायन्स वर्ष २०२५÷२६ का लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पुष्पा ढुङ्गेल र लायन्स क्लब अफ बलियाकी अध्यक्ष मञ्जु बस्नेतको कार्यकाल सम्पन्न भएसँगै नयाँ नेतृत्वलाई पदस्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया  रहनुभएको थियो । उहाँले लायन्स क्लब अफ बाँसबारीको वर्ष २०२६÷२७

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १५० पटक पढिएको
  • सहयोगी मनहरू सुन्दरहरैंचाको दोस्रो वृहत् भेला सम्पन्न

    इटहरी । सहयोगी मनहरू सुन्दरहरैंचाले सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो वृहत् भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा करिब १५० जना सामाजिक व्यक्तित्व तथा सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो । संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ५९ पटक पढिएको
  • इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

    इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजेतिर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामालाई पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।  बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ३९ पटक पढिएको
  • उर्लाबारीमा बेपत्ता पुरुष मृत फेला

    विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा बेपत्ता भएका एक पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।  मोरङ प्रहरीका अनुसार उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको शव खोलाभित्र घोप्टो परेर डुबिरहेको अवस्थामा फेला परेको हो। बिहान करिब ६ः४५ बजे स्थानीयबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएको जनाएको छ। परिवारका

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ८९ पटक पढिएको
  • निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

    इटहरी  : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।  कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो ।  आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।सूचना अधिकार

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १८८ पटक पढिएको
  • मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

    विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशी रहेका छन्। प्रहरीका अनुसार राजवंशी साइकलमा घर फर्कने क्रममा निर्माणाधीन सडकको खाल्डोमा अचानक लडेर गम्भीर घाइते भएका थिए।उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराट शिक्षण अस्पताल रेफर गरिएकोमा शुक्रबार दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाबारे राति ९ः४५ बजे मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।  प्रहरीको प्रारम

    • प्रकाशित मितिः साउन १६, २०८३
    • २४४ पटक पढिएको
  • अर्गानिक प्रमाणीकरणमै किसानको लाखौँ खर्च

    इटहरी। नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणका लागि किसान र उद्योगले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्दै आएका छन् ।  देशभित्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएको प्रयोगशालाले पनि मान्यता नपाउँदा बर्सेनि लाखौँ रुपियाँ खर्च गनुपर्ने बाध्यतामा चिया उत्पादक र चिया उद्योग छन् ।  अन्तर्राष्ट्रिय– स्तरका नासा, आइओएम, सेरेसलगायतका संस्थाले नेपाली चियाको बोटसम्मै आएर अर्गानिक भए नभएको प्रमाणित गरेपछि मात्र नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा जाने अवसर पाउँछ । यसका लागि ती संस्थामा निवेदन दिनु पर्छ ।एक वर्षमा तीन/चार पटकसम्म अनुगमन र अध्ययन गरेपछि मात्र उनीहरूले अर्गानिक भएको

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १२६ पटक पढिएको
  • गोली गोली चलेको ठाउँमा अन्त्येष्टि, शोकमा डुब्यो सुनसरीको कप्तानगन्ज

    विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ। स्थानीयवासी र मृतकका परिवारको आग्रहपछि परम्परागत घाटमा नभई घटनास्थललाई नै अन्तिम बिदाइको स्थल बनाइएको हो।  सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको घटनाकै दिन मृत्यु भएको ‘सामान्यतया नदी वा खोलाको किनारमा अन्त्येष्टि गर्ने चलन भए पनि यसपटक स्थानीयको भावनालाई सम्मान गर्दै घटनास्थलमै दाहसंस्कार गरि

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ६७ पटक पढिएको
  • ताप्लेजुङमा धान रोपाइ १३ प्रतिशतले बढ्यो

    इटहरी। ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३ प्रतिशत बढी धान रोपाइ भएको हो ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यस वर्ष करिब ७८ प्रतिशत बढी रोपाइ सम्पन्न भएको छ । उहाँका अनुसार गत वर्षको यही अवधिसम्ममा करिब ६५ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको थियो ।  जिल्लाका ४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार कुल ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ हजार ४ सय बढी हेक्टर क्षेत्रमा रो

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०३ पटक पढिएको
  • विराटनगरमा शान्ति तथा सद्भाव -याली

    इटहरी। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले शुव्रmबार विराटनगरमा सद्भाव -याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयकै अगुवाइमा निकालिएको सद्भाव -यालीमा विभिन्न धर्म सम्प्रदायमा आबद्ध सङ्घ संस्था र सामाजिक संस्थाको सहभागिता रहेको थियो । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गत आइतबार राति दुई समूहबिच असमझदारी हुँदा दुई जनाको ज्यान जाने गरी भएको घटनापछि साम्प्रदायिक शान्ति बिथोलिएको थियो । त्यसपछि सुनसरीका विभिन्न पालिका हुँदै मधेशभर प्रदर्शन उग्र बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति कायम गर्ने उद्देश्यले सद्भाव -याली निकालेको हो । कप्तानगन्जमा भएको घटनामा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]