समाचार

    Showing १,२७१-१,२८० of १२,३७१ items.
  • अधिक भारले कोशी राजमार्ग जोखिममा

    इटहरी । अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो । खास गरी औद्योगिक कच्चा पदार्थ र मेसिनरी ल्याउँदा सडकलाई धेरै भार पर्छ । त्यही भएर सडक विभागले भारवहन मापदण्डलाई कडाइ गरेको छ । त्यसै अनुसार विराटनगर भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेको भारतीय नम्बर प्लेट भएको मालवाहक सवारीलाई आइतबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चेकजाँच टोलीले रोक्यो । भारतीय नम्बर प्लेट भएको सवारीको भारवहन क्षमता (रजिस्टर क्यापासिटी–आरसी) गाडीसहित ५५ ट

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १३१ पटक पढिएको
  • सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    इटहरी । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो । प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । सम्झौता गरेको १८ महिनाभित्र भवन निर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १११ पटक पढिएको
  • नगरपालिकाद्घारा वराहक्षेत्रको कालाबञ्जर र नडाह बजारमा अनुगम

    इटहरी । वराहक्षेत्र नगरपालिकाले कालाबञ्जर र नडाह बजार क्षेत्रमा बजार अनुगमन गरेको छ ।मङ्गलबार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलीले उक्त क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार नियमित कार्यक्रम अन्तर्गत अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढी लिने, मूल्यमा एकरूपता नहुने तथा म्याद नाघेका वस्तु बिक्रीका लागि राखिएको भन्ने उपभोक्ताहरूबाट गुनासो आएपछि अनुगमन टोली सक्रिय भएको हो । अनुगमनका क्रममा वडा तथा नगरपालिकामा गर्नुपर्ने दर्ता प्रक्रिया,

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १३५ पटक पढिएको
  • चुवार पुल तत्काल निर्माण सुरु गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

    इटहरी । भोजपुर जिल्लाको दीर्घकालीन विकाससँग प्रत्यक्ष सरोकार राख्ने चुवार पुल निर्माणको विषय पुनः तीव्र रूपमा उठाइएको छ ।राज्यको नेतृत्व तहमा भोजपुरको महत्वपूर्ण भूमिका रहँदै आए पनि, स्थानीय जनताले वर्षौंदेखि अपेक्षा गरेको उक्त पुल निर्माण अझै सुरु हुन नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ । सरोकारवालाहरूले अब पनि ढिलाइ भए जनआक्रोश बढ्ने चेतावनी दिएका छन् । विकासको ढोका खोल्ने आधारका रूपमा हेरिएको यस पुलले भोजपुरे जनताको संघर्ष, सपना र भविष्यलाई प्रतिविम्बित गर्ने विश्वास गरिएको छ । सोही सन्दर्भमा, हसनपुर सुनसरी सम्पर्क मञ्च को अगुवाइमा सोमबार कोशी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र पेश गरिएको ह

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १५५ पटक पढिएको
  • इलाम नगरपालिका द्धारा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

    इटहरी । इलाम नगरपालिका–८ को वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिन थालेपछि यहाँका ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । इलाम बजारनजिक भए पनि स्वास्थ्य जाँच गर्न जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ र अशक्त नागरिकका लागि वडा कार्यालयले मधुुमेह, उच्च रक्तचाप, कान लगायतको अत्यावश्यक स्वास्थ्य जाँचको अभियान सञ्चालन गरेको छ । सात दिनसम्म चलेको स्वास्थ्य जाँचका क्रममा वृद्धवृद्धाको उच्च रक्तचाप र कानमा बढी समस्या, दम देखिएको स्वास्थ्य जाँचमा संलग्न स्वास्थ्यकर्मी वसन्त सुवेदीले जानकारी दिनुुभयो । सुवेदीले केहीलाई थप उपचारका लागि इलाम अस्पताल पठाइएको जानकारी दिनुुभयो । स्वास्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ११९ पटक पढिएको
  • बुढीगंगामा सुशासन प्रवद्र्धनका लागि ‘ई–हाजिरी’ व्यवस्था लागू

    इटहरी । बुढीगंगा गाउँपालिकाले सुशासन, पारदर्शिता र कर्मचारी उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन सम्पूर्ण वडा कार्यालय तथा पालिकास्तरका कार्यालयहरूमा ‘ई–हाजिरी’ (इलेक्ट्रोनिक एटेन्डेन्स सिस्टम)  व्यवस्था लागू गरेको छ । संघीय सरकारको योजना अनुरूप नेपाल सरकारका कर्मचारीहरूका लागि अनिवार्य गरिएको ई–हाजिरी प्रणालीलाई पालिकाले व्यवस्थापन गर्दै कार्यान्वयनमा ल्याएको हो । पालिकाले लागू गरेको यो प्रविधिमैत्री प्रणालीमार्फत कर्मचारीहरूको नियमित उपस्थिति, समयपालना, कार्यअनुशासन तथा अभिलेखीकरणलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । प्रत्येक १५ दिनमा अभिलेखीकरण तथा अद्यावधिक गर्नुपर्ने व्यवस्थासहित ई–

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १७३ पटक पढिएको
  • प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा ,९३ लाखभन्दा बढी बिगो दाबी

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माण तथा विभिन्न शीर्षकको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको नमुना भवन निर्माणका क्रममा वास्तविक मूल्याङ्कनभन्दा बढीको झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको पाइएको छ । नगरपालिका र परामर्शदाताको प्राविधिक मूल्याङ्कनअनुसार भवनको कुल लागत १ करोड

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ८४ पटक पढिएको
  • अध्यक्ष रञ्जना शर्माको मानवीय नेतृत्वः५ लाख ८९ हजार लागतमा विपन्न परिवारलाई घर हस्तान्तरण

    इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ। लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १।५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो। परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु। २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १४५ पटक पढिएको
  • अनलाइन जुवा खेल्ने १० जना धरानबाट पक्राउ

    इटहरी ।  धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी चोकमा रहेको मण्डला क्याफेबाट अनलाइन जुवा तास खेल्दै र खेलाउँदै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति करिब १०ः३० बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक राधाकृष्ण दाहालको कमाण्ड तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको पीआईटीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख भिषणबाबु राईले जानकारी दिए । प्रहरीले उक्त क्याफेबाट अबैध वान एक्स बेट अनलाइन जुवा खेलिरहेको अवस्थामा धरान उपमहानगरपालिका –१७ का ३१ वर्षीय प्रज्वल राई, धरान उपमहानगरपालिका –१३ का ४६ वर्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १९२ पटक पढिएको
  • इटहरीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

    इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गएराति दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५, कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराउ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]