समाचार

    Showing १,०३१-१,०४० of १२,३४६ items.
  • आर्थिक सुशासनमा अब्बल बन्दै शून्य बेरुजुमा सोलुदुधकुण्ड

    इटहरी ।  दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१(८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल्लो वर्ष बेरुजु कम गर्दै कोशी प्रदेशमा पहिलो र नेपालकै दोस्रो कम बेरुजु भएको नगरपालिकाले यस वर्ष बेरुजु प्रतिशत शून्यमा झारेको हो । नगरपालिकाको कुल एक अर्ब ६९ करोड ६३ लाख २६ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा शुन्य प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ। सोलुदुधकुण्ड नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखि स्थानीय शासनको अभ्यास गर्दै सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १७७ पटक पढिएको
  • कोशी लोकमार्गमा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको मृत्यु

    इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ । हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उहाँकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको न्यौपानेले जनाउनुभयो । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पु¥याइए

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १२३ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहको बेरुजु १६ करोड

    इटहरी। ताप्लेजुङका स्थानीय तहको आर्थिक वर्ष २०८१ र ८२ को बेरुजु रकम करिव स्रोह करोड रुपियाँ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहको उक्त रकम बराबर बेरुजु रहेको पाइएको हो । एक नगरपालिका र आठ वटा गाउँपालिकासमेत जिल्लाका नौ  स्थानीय तहको कुल बेरुजु १५ करोड ९९ लाख ५६ हजार रुपियाँ रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मैवाखोला गाउँपालिकाको ५.२५ प्रतिशत अर्थात चार करोड ३६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा न्युन फक्ताङ्लुङ गाउँपालिकाको बेरुजु ०.९ प्रतिशत अर्थात ८४ लाख ४१ हजार रुपियाँ

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ७७ पटक पढिएको
  • पाँचथरका आठ पालिकामा सात करोडभन्दा बढी बेरुजु

    इटहरी । पाँचथरका आठ स्थानीय तहमा सात करोड ४२ लाख ६२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले जिल्लाका आठवटै पालिकामा खर्च तथा लेखा व्यवस्थापनमा कमजोरी औँल्याएको हो । आर्थिक वर्ष २०८१ र ८२को प्रतिवेदन अनुसार याङवरक गाउँपालिकामा प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु देखिएको छ । गाउँपालिकाको ८६ करोड ५० लाख ९० हजार रुपियाँ को लेखा परीक्षण गर्दा १ करोड ७४ लाख ५१ हजार रुपियाँ बेरुजु फेला परेको छ । यो कुल परीक्षण रकमको २।०२ प्रतिशत हो । रकमका हिसाबले भने फिदिम नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ९५ करोड ६० लाख ४२ हजार रुैियाँको लेखा परीक्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १४० पटक पढिएको
  • रामप्रसादराई गाउँपालिका खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    इटहरी ।  जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उहाँको भनाइ छ । विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालब

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ११० पटक पढिएको
  • इलामका विद्यालयको जमिन झापामा अतिक्रमण

    इटहरी । इलाम जिल्लामा सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयको नाममा झापामा रहेको जमिन कब्जामा परेको पाइएको छ । इलामको आदर्श माध्यमिक विद्यालयको नाममा जग्गा धनीपुर्जा कायम रहेको ११ बिघा र शान्तिपुर माध्यमिक विद्यालयको दुई बिघा जमिन झापाको अर्जुनधारा नगरपालिकामा बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको हो । आदर्श माविको अर्जुनधारा नगरपालिका–६ मा रहेको ११ बिघा, १० धुर जमिन बर्सौंदेखि बिचौलिया र स्थानीयको कब्जामा रहेको पाइएपछि विद्यालयले जमिन फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालय इलाम र इलाम नगरपालिकामा निवेदन दिएको छ । विद्यालयको जमिनमा बर्सौंदेखि कब्जा गरेर बसेका स्थानीयले विद्यालय प्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १२४ पटक पढिएको
  • घरायसी विवादमा श्रीमतीको विभत्स हत्या, श्रीमान पक्राउ

    इटहरी । झापाको हल्दीबारी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गोकर्ण भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार खड्काले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा भण्डारीले धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या ग

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • २९३ पटक पढिएको
  • ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित विशेष सम्मान

    इटहरी । मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ४ जीपीए हासिल गर्न सफल छात्रा स्वीकृति निरौलालाई विशेष सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनलाई फूलमाला, खादा र अविर सहित ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले स्वीकृतिसहित विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै नयाँ योजना घोषणा गर्नुभयो। जसअन्तर्गत ३.६ जीपीए भन्दा माथि ल्याउने ८ जना विद्यार्थीलाई विद्यालयमै सञ्चालित कक्षा ११ र १२ का विभिन्न संकायमा अध्ययनका लागि करिब ७५ हजार रुपैयाँ बराबरको पूर्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २१८ पटक पढिएको
  • मदन–आश्रित स्मृति दिवस्रः कतारमा विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

    इटहरी । प्रवासी नेपाली मञ्च कतारले ३३औं मदन–आश्रित स्मृति दिवस विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी मनाएको छ । दोहास्थित सम्सरा थकाली रेस्टुरेन्टको सभा हलमा आइतबार साँझ आयोजित कार्यक्रममा कतारमा रहेका आस्थावानहरुको उल्लेख्य सहभागिता रहेको थियो । वि।सं। २०५० सालमा भएको जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । सोही दुःखद् घटनाको स्मरणमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्कीले गरेका

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २४१ पटक पढिएको
  • मोरङको पथरी शनिश्चरेमा बजार अनुगमन तीव्र

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । नगर उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको नेतृत्वमा विभिन्न वडामा रहेका औषधि पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलहरूमा बिक्री वितरण भइरहेका सामग्रीको म्याद, मूल्यसूची, दर्ता तथा सञ्चालनको अवस्थाबारे निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी औषधि पसलहरूमा औषधिको गुणस्तर, म्याद सकिएका औषधि तथा आवश्यक मापदण्ड पालना भए–नभएको विषयमा ध्यान दिइएको थियो । नगर उप–प्रमुख काफ्लेले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]