समाचार

    Showing ९९१-१,००० of १२,३२३ items.
  • ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण गर्नुभएको छ । बुधबार अर्थात मे २० का दिन बिहान १२ बजेको समयमा शेर्पा कञ्चनजङ्घाको चुचुरोमा पुग्नुभएको हो । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार शेर्पाले आठ हजार ५८६ मिटर उचाइ रहेको विश्वको तेस्रो तथा दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । शेर्पाले कञ्चनजङ्घाको सफल आरोहणसँगै कञ्चनजङ्घा चुचुरोमा गाउँपालिकाको झण्डा र लोगो (प्रतीक चिन्ह) फहराउनुभएको छ । शेर्पाले चौथो पटक कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १४९ पटक पढिएको
  • ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा

    इटहरी ।  ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय रहेको जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भए सँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १६४ पटक पढिएको
  • प्रदेश सहयोग कार्यक्रम (पि एस पि) विषयमा स्विस एम्बेसी टोलीसँग मन्त्री पराजुलीको छलफल

    इटहरी । इन्द्रमणि पराजुली ले स्विस एम्बेसीका प्रतिनिधिहरूसँग भेटघाट गर्दै कोशी प्रदेशमा सञ्चालन भइरहेको प्रदेश सहयोग कार्यक्रम (पि एस पि) दुई वर्षका लागि थपिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सञ्चालन भइरहेको उक्त परियोजनाबारे भएको छलफलमा आगामी दुई वर्षको अवधिमा आपत्कालीन सेवा, सडक सुरक्षा, सुशासन तथा आर्थिक विकासका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम अगाडि बढाउने विषयमा विशेष छलफल भएको थियो । मन्त्री पराजुलीले प्रदेश सरकार विकास साझेदारीका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँनुभयो । उहाँका अनुसार आपत्कालीन सेवालाई अगाडि बढाउन प्रदेश सरकार लागत साझ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ४३८ पटक पढिएको
  • राजारानीमा सम्पन्न रारा गोल्ड कपको नाफा ५ लाखभन्दा बढी

    इटहरी ।  चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपियाँ नाफा गरेको जनाएको छ ।  रारा फुटबल क्लब राजारानीले बुधबार सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार प्रतियोगितामा कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपियाँ आम्दानी भएको थियो भने ३३ लाख ७३ हजार १ सय ८९ रुपियाँ खर्च भएको आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । त्यस्तै गेट टिकट बिक्रीबाट ११ लाख ४ हजार रुपियाँ तथा बिभिन्न संघ सस्थाबाट संकलन भएका रारा फुटबल क्लबका अध्यक्ष मणिकु

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २८२ पटक पढिएको
  • केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित

    इटहरी ।  सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ । इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग हुनुभएको छ । मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले ख

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २२२ पटक पढिएको
  • ‘गणतान्त्रिक मूल्य अनुरूप काम गरौँ’ः राष्ट्रपति रामचन्द्र पौडेल

    इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनापछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटीहल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यता र आदर्श अनुरूपका काम साकार बनाउन स्थानीय तहले सदैव क्रियाशील हुनुपर्ने बताउनुभएको हो । उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकास कार्य तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले शान्ति, विकास र सुशासनको माध्यमबाटै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुने प्रस्ट पार्नुभयो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४५ पटक पढिएको
  • टर्‍यो चिया निकासीको समस्या

    इटहरी । चिया निकासीका लागि सरकारले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गत मे १ देखि नेपाली चिया निर्यातमा भारतले कडाइ गरेपछि निकासी ठप्प भएको चियाका लागि तत्काल निकासी खुलेको जानकारी भारतीय पक्षबाट आए पनि त्यो दीर्घकालीन नहुने बुझाइ उनीहरूको छ । भारतको कडाइले १९ दिनसम्म चिया निकासी भएको थिएन । आज भने भारतले त्यसलाई खुकुलो गरेकाले तत्कालीन समाधान पाएको हो । यसको असर यस वर्षभरि नै उत्पादन हुने चियामा पर्ने पनि उत्पादकको बुझाइ छ । भारतको कडाइ नयाँ नभई करिब नौ वर्षयताको रहेको किसान प्रतिनिधि तथा केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । यसअघि भारतले सन्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४५ पटक पढिएको
  • दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगिता

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १७९ पटक पढिएको
  • झापाको चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    इटहरी।  झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् । केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो च

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १०८ पटक पढिएको
  • कोशी प्रदेशको नीति तथा कार्यक्रम, प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्दै

    इटहरी। कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेशसभाको नवौँ अधिवेशन बुधबारदेखि सुरु भएको हो । अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]